Grahadasa Ko Paanch Awastha | Hamro Patro
Make Kundali | Buy Tickets | Live Video Call

ब्लग - साहित्य / अध्यात्म

ग्रहदशाका पाँच अवस्था




   ज्योतिषाचार्य पुरुषोत्तम घिमिरे - Mar 05 2020

ज्योतिष शास्त्र भन्नाले ग्रहहरूको सुक्ष्म अध्ययन गर्ने विज्ञान सम्मत शास्त्र हो । जुन शास्त्रलाई गणित विज्ञान पनि भन्न सकिन्छ । ज्योतिष शास्त्रको गहीरो अध्ययन गर्न जातकको जन्म कुण्डलीको अध्ययन गर्नु पूर्व ग्रह एवं ग्रहदशाको अवस्थाको सुक्ष्म रुपमा अध्ययन गर्नु आवस्यक पर्दछ ।  ग्रह आफ्नो उच्च गृहमा अवस्थित रहेको अवस्था, ग्रह आफ्नो स्वगृहमा अवस्थित रहेको अवस्था, आफ्नो मुल त्रिकोणमा अवस्थित रहेको अवस्था, आफ्नो निच राशिमा अवस्थित रहेको अवस्था, आफ्नोशत्रु राशिमा अवस्थित रहेको अवस्था मध्ये कुन स्थान मा रहेको छ त्यस्को आधारमा दशा कुन अवस्थामा रहेको छ र जन्म कुण्डलिमा रहेका १२ वटा भाव मध्ये कुन भावमा कुन ग्रहले बढी प्रभावित बनाउने र कुन पक्षमा लाभ वा क्षती पुर्याउँदछ भन्ने जान्कारी प्राप्त गर्न सकिन्छ ।

ग्रहको सुक्ष्म अध्ययनबाट गरिने भविष्यवाणी सहि एवं ब्यवाहारिक रहन पुग्दछ । ग्रह दशाका ५ अवस्था जन्म कुण्डली अवलोकन समय बिचार पुर्याउन आवश्यक छ ।

स्वमित्रक्षेत्रसम्स्थानां ग्रहाणां बालसज्ञिका ।
स्वत्रीकोणगतानां च कुमारी नाम सम्ज्ञिका ।।
ग्रहाणां स्वोच्चसम्स्थानां युवराजाभिधा भवेत् ।
शत्रुक्षेत्रगतानां च वृध्दा नाम तथेरिता ।।
निचगानाम् ग्रहाणां च दशा मरण सम्ज्ञिता ।
तत्तत्फलसमायुक्ता ग्रहाणां तु दशा भवेत् ।।

स्वराशी वा मित्र राशीमा रहेका ग्रहको दशा बाला दशा हुन्छ । आफ्नो मुल त्रिकोणमा रहेका ग्रहको दशा कुमारी दशा हुन्छ । आफ्नो उच्चराशी मा रहेका ग्रहको दशा युवतीदशा हुन्छ । आफ्नो शत्रु राशीमारहेका ग्रहको दशा वृद्धादशा हुन्छ । आफ्नो निच राशिमा रहेका ग्रहको दशा मरण दशा हुन्छ । यसरी हेर्दा ग्रहका दशाका ५ अवस्था बिद्यमान रहन्छन् । ग्रहका अवस्था एवं दशाका अवस्थाको सुक्ष्म अध्ययनबाट गरिने भविष्यवाणी सटीक र ब्यवारिक मानिन्छ । ग्रहकोअवस्था अनुसार दशा निर्क्योल गर्नु आवस्यक छ, कुनैपनि ग्रह शुभ या पापका आधारमा मात्र शुभ र अशुभ मानी गरिने भविश्यवाणी मेल नखान पनि सक्छ, त्यसैले ग्रहका सम्पूर्ण पक्षलाई विचार गर्न आवस्यक हुन्छ ।

बालैस् सुखी सुशिलश्च यौवनैरवनिश्वरस् ।
वृद्धैर्व्याधीऋणे वृद्धिर्मरणे मरणम् व्ययम् ।।

वालदशा सुख र श्रीस् ऐश्वर्य प्रदान गर्ने वाला रहन्छ । कुमारी दशा सुशिल स्वभाव प्रदान गर्ने वाला रहन्छ । युवती दशा राजा अर्थात् धन सम्पती भूमी प्रदान गर्न सक्षम रहन्छ । वृद्ध दशा रोगभय र ऋण को वृद्धी गराउने मन मा भ्रान्ती पैदा गराउने रहन्छ । मरण दशा मरणतुल्य कष्ट, व्यर्थ व्यय बढाउने, दुस्ख कष्ट प्रदान गर्ने रहन्छ ।

जस्तै कुनै ब्यक्तिको जन्म कुण्डलीमा शुभ ग्रह बृहस्पतिका दशा चलिरहेको भएपनि बृहस्पति जन्म कुण्डलिमा शत्रु राशिको घरमा भबसेको या निच राशी भएर रहेको अवस्थामा त्यो ग्रहले सकारात्मक भन्दा पनि नकारात्मक प्रभाव बढी पर्ने हुन्छ भने कसैको अशुभ ग्रह चलेतापनी ग्राह कमजोर भएको कारणले नकारात्मक पहल दिनपनि सक्दैन अतस् त्यस्तो समयमापनि राम्रै भएकोपनि हुन सक्छ । कतै आफ्नो ग्रह गोचरमा शुभ ग्रह चल्दा वा धान्या, शिद्धा, दशा आदी चल्दा पनि शुभ फल पाईएको छैनौँ भने अवस्यपनी ग्राहको अवस्था कमजोर हुनसक्छ । त्यसैले आफ्नो जन्मकुण्डलीमा रहेका ग्रहहरुको अवस्था के कस्तो रहेको छ भनेर निश्चिन्त रहन आवस्यक छ ।।
ज्यो. प. पुरुषोत्तम घिमिरे



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.