यहि २०७६ भाद्र ६ गते कागेश्वरी मनोहरा नगरपालिका गोठाटार वा.नं. ०८ मा अवस्थित श्रीकृष्ण प्रणामी मन्दिर श्री नवतनधाममा सदा बर्ष झैं यस बर्ष पनि श्रीकृष्ण प्राकट्य महामहोत्सव भव्य रुपमा मनाईने भएको छ । पूर्णब्रह्म परमात्मा श्रीकृष्ण यस धराधाममा प्राकट्य हुनुभएको शुभदिनको उपलक्ष्यमा दिनभर धार्मिक प्रवचन, विभिन्न झा“की सहित साँस्कृतिक कार्यक्रम (भजन, कीर्तन, ड“डीया नृत्य, हिण्डोला, झुलन, प्रसाद वितरण आदि)को आयोजन गरिएको छ । विहान ४ बजे देखि रात्रिको १२ बजे सम्म श्रीकृष्ण भगवानको दर्शन गर्न सकिने छ । हजारौं दर्शनार्थीहरुलाई व्यवस्थित रुपमा दर्शन गर्ने व्यवस्था मिलाईएको यस कृष्ण मन्दिरमा राष्ट्रका विशिष्ट व्यक्तित्वहरुको सहभागी रहने छ । यस विशेष कार्यक्रममा सहभागी भई आध्यात्मीक लाभ लिनुहुन सादर आमन्त्रण गर्दछौं । प्रणाम ।
श्याम के.सी.
संयोजक
श्रीकृष्ण प्राकट्य मुल समारोह समिति
९८५१०४७८८०
Liked by: