तपाइहरुको ज्योतिष तथा वास्तु शास्त्र सम्बन्धि सबै जिज्ञासाहरु मेट्न हाम्रो पात्रो प्रस्तुत गर्दछ कार्यक्रम "हाम्रो ज्योतिष" । हरेक शनिबार बिहान ८ बजे"हाम्रो पात्रो" एपमा प्रसारण हुने यस कार्यक्रममा हामि साप्ताहिक राशिफल, वास्तुका टिप्सको जानकारी दिनुका साथसाथै तपाइहरुको वास्तु, चिना एवं कुण्डली सम्बन्धि जिज्ञाशाहरु मेट्ने प्रयास गर्नेछौ। यदि यहाँहरुसँग आफ्नो घर वा कार्यस्थलको वास्तु, चिना एवं कुण्डली सम्बन्धि केहि जिज्ञाशाहरु भए तल रहेको हाम्रो कमेन्ट बक्समा आफ्नो जिज्ञाशा उल्लेख गर्न सक्नुहुनेछ। थप जानकारीका लागि तल भएका बुदाहरु अवश्य पढ्नुहोला।
जिज्ञाशा कमेन्ट गर्दा अनिवार्य रुपमा दिनुपर्ने जानकारी :
१. नाम थर र हालको ठेगाना :
२. जन्म मिति :
३. जन्म समय :
४. जन्म स्थान :
५. तपाइको जिज्ञाशा :
थप जानकारी:
१. माथि उल्लेखित सबै बुदाहरुको जानकारी नछुटाई र प्रष्ट हुनेगरी तल भएको कमेन्ट बक्समा पठाउनुहोला।
२. यदि तपाइ आफ्नो समस्या कार्यक्रममा प्रसारण नगरी गोप्य रुपमा जानकारी लिन चाहानुहुन्छ भने आफ्नो जिज्ञासा [email protected] मा पठाउनुहोला।
३.यहाँ कमेन्टमा राखिएको जिज्ञाशाहरु कार्यक्रममा प्रसारण गरिनेछ।
४. तपाइहरुले दिएको जानकारी गलत भएमा फलादेश पनि गलत साबित हुनसक्नेछ, त्यसैले आफुले दिएको जानकारी सहि र प्रष्ट छ भनि निश्चित रहनुहोला।
५. कार्यक्रमको अवधिमा प्रशारण गर्न सक्ने र मिल्ने जिज्ञाशाहरु मात्र प्रशारण गरिनेछ, तर तपाइको जिज्ञाशा प्रासरण हुन नसकेपनि कुनै न कुनै माध्यमबाट हामि तपाइको जिज्ञाशा मेट्न प्रयासरत रहनेछौ।
६. यदि तपाइको जिज्ञासा वास्तुसँग मात्र सम्बन्धित रहेमा प्रष्ट हुनेगरी तल भएको कमेन्ट बक्समा आफ्नो नाम, थर, ठेगाना सहित जिज्ञाशा उल्लेख गर्नुहोला।
हामिलाई आफ्नो जिज्ञाशाहरु पठाउनुहोस्।
*भाग १ को लागि तपाइको प्रशनहरु बिहिवार बिहान १० बजेसम्म मात्र लिइनेछ। तपाइको प्रशनका उत्तरहरु शनिबार बिहान ८ बजे "हाम्रो पात्रो" एपमा प्रशारण गरिनेछ।
Liked by: