ज्यो.पण्डित नारायण प्रसाद दुलाल · Dec २७, २०१९
ढिलो विवाह हुनाले परिणामस्वरूप हामीले उपयुक्क्त जीवन साथी भेटाउन गाह्रो हुन्छ । विवाहमा ढिलाई भएको तब महसुस हुन्छ, जब विवाहको कुरा चलेतापानी विवाहमा कुनैन कुनै कारणले वाधा आउँछ । पुरानो समयमा जब बाल विवाह हुन्थ्यो त्यस बेला बीस वर्षको उमेर धेरै मानिन्थ्यो, तर अहिले त्यस्तो परिस्थिति छैन । हाम्रो जन्म कुण्डलीको सातौं घरले भन्दछ कि तपाईंको विवाह कुन समयमा हुन्छ, प्रेम विवाह या मागी विवाह हुन्छ र विवाहको लागि कुन दिशा उपयुक्त हुन्छ र जहाँ कम प्रयास गर्नाले मात्र चाँडै विवाह हुन सक्छ ।