हाम्रो नेपाली समाजमा नयाँ जोड़ीहरु बाधिने दिन भनेको शुभ विवाहको दिन हो, तर यो वर्ष त्यो विवाहको शुभ साईतहरु भने निक्कै काम रहेको छ । विशेषगरी विवाहको लग्न निकाल्दा तिथि बार नक्षत्र योग र करण आदी मिलाएर मात्र विवाहको साईत निस्कने हुन्छ । यसका अतीरिक्त देवगुरु वृहस्पति र दैत्य गुरु शुक्र ग्रहलाई विशेष ख्याल गरी उदय भएको बेलामा मात्र विवाहको साईत निस्कने हुन्छ । जून की यो वर्ष जेठ महिनामा र वर्षको उतरार्ध माघ र फाल्गुनमा अस्त भएको कारणले यो वर्ष विवाहका साईतहरु निक्कै कम हुन गएको हो ।
यस वर्षका शुभ विवाहका साईतहरु निम्न प्रकारले रहेका छन् :
वैसाख
१३ गते शनिवार
१४ गते आइतवार
१९ गते शुक्रवार
२० गते शनिवार
२२ गते सोमवार
२३ गते मंगलवार
२५ गते विहीवार
जेठ
४ गते आइतवार
५ गते सोमवार
१० गते शनिवार
३१ गते शनिवार
असार
११ गते विहीवार
१३ गते शनिवार
१४ गते आइतवार
मंसिर
१६ गते मंगलवार
२१ गते आइतवार
२२ गते सोमवार
२६ गते शुक्रवार
यसबाहेक यो वर्ष असोज महिनामा पर्न गएको अधिकमासले विवाहमा कुनै पनि प्रभाव परेको छैन । यसका अतिरिक्त कुनै विशेष दिन या पर्व जस्तै नवरात्र, श्रीपञ्चमी आदी दिनहरुमा शुभ विवाह गर्ने प्रचलन हाम्रो नेपाली समाजमा रहीआएको छ । यदि विवाह नगरी नहुने अवस्था छ भने विज्ञहरुको सल्लाह एवं सुझाव अनुसार यो शुभ कार्य गर्न सकिन्छ ।
- ज्यो.प. नारायणप्रसाद दुलाल
[email protected]
Liked by: