सच्चिदानंद रूपाय विश्वोत्पत्यादिहेतवे ।
तापत्रय विनाशाय श्री कृष्णाय वयं नम: ॥
सच्चिदानन्द स्वरूप भगवान् श्री कृष्णलाई हामी नमस्कार गर्दछौं, जो यस जगतको उत्पत्ति, स्थिति र विनाशको कारण तथा आध्यात्मिक, आधिदैविक र आधिभौतिक- यी तिनै प्रकारका तापलाई नाश गर्ने वाला हुनुहुन्छ, यस्ता भगवानको जन्मोत्सव अर्थात् जन्माष्टमीको दिन अत्यन्तै शुभ पर्व विशेष दिन हो । यस दिन भगवान् श्री कृष्णलाई प्रिय सामग्री अर्पण गर्नाले बालमुकुन्दक कृष्णकालेको विशेष आशीर्वाद मिल्ने शास्त्रीय कथन रहेको छ ।
शंख : जन्माष्टमीको दिन भगवान् कृष्णको मूर्तिमा शंखमा दूध राखेर अभिषेक गर्नाले धेरै राम्रो हुन्छ ।
पारिजात : पारिजातको फूल श्रीकृष्णलाई अधिक प्रिय छ, अत: जन्माष्टमीको पूजामा प्रयोग गर्नु राम्रो हुन्छ ।
राखी : जन्माष्टमीको दिन कृष्णकाले र बलरामजीलाई रक्षाबन्धन या राखी बाँध्नु राम्रो हुन्छ ।
तुलसी : भगवान् श्रीकृष्ण या विष्णु भगवानको पूजामा तुलसीको प्रयोग जरूरी हुन्छ ।
अन्न या फलफूल : कृष्ण जन्माष्टमीको दिन असहाय या भोकालाई अन्न या फलफूल दिनाले राम्रो हुन्छ ।
गाई-बाछा : यस पवित्र दिन गाई-बाछाको प्रतिमा घरमा भित्र्याउनाले धन र पारिवारिक सुख मिल्दछ ।
मयूरको प्वाँख: यस दिन मयूरको प्वाँख श्रीकृष्णलाई अत्यन्त प्रिय छ, अत: जन्माष्टमीको पूजनमा मयूरको प्वाँख चडाउँडदा राम्रो हुन्छ ।
बाँसुरी : यस दिन बाँसुरी कान्हालाई चढाउनु राम्रो मानिन्छ ।
मखन-मिश्री : जन्माष्टमीको दिन मखन र मिश्रीको भोग लगाएर १ वर्ष भन्दा काम उमेरका स-साना बच्चालाई आफ्नै हातले चटाउनु राम्रो हुन्छ ।
झूला : यस दिन लड्डूगोपाललाई सुन्दर र सुसज्जित झूला (झोलुङ्गो) मा बसाएर हल्लाउनाले सन्तान सुख मिल्दछ ।
पाठ : यस पवित्र दिन गोपाल शहस्रनाम र सन्तान गोपालको पाठ गर्नु वा गराउँडदा अत्यन्तै फलदाई र राम्रो हुन्छ ।
उपरोक्त वस्तु भगवान् श्रीकृष्णलाई प्रिय भएपनि श्रद्धा एवं भक्तिले अर्पण गरिएको जुनसुकै सामग्रीपनि ग्राह्य छ । अस्तु ॥
पत्रं पुष्पं फलं तोयं यो मे भक्त्या प्रयच्छति ।
तदहं भक्त्युपहृतमश्नामि प्रयतात्मनः ॥
Liked by: