तिहार बिशेष
फेस्टीवल अफ लाईटस् अर्थात उज्यालोको चाड तिहार बिश्वभरिनै हरेक समुदाय र सम्प्रदायका मान्छेले मनाउने चलन छ । बिश्वमा झिलीमीली को कमी त कहाँ होला र ? तथापी दिपावली को झिलीमीली अनि रौनकमा भएको त्यो उज्यालो मा बर्षभरिका अध्याँराहरु बगेर जाने गर्दछन् ।
दशैं सकिएको अनि अब केही चिसा हावाहरु चल्न थालेको मौसम छ । बैशाख देखि खप्दै आएका गर्मीहरु अनि पसिनाका धाराहरुले अब बिश्राम पाउनेछन्, सेलरोटी अनि मरमसलाका पाकेटसंग देँउसीभैलोको संगीत पक्कै पनि गज्जब रहनेछ ।
सनातन हिन्दु दर्शनका यी चाडपर्व हरुको एतिहासिक अनि बिश्वव्यापी महत्वहरु पनि कम छैन् । आउनुहोस् आज कुरा गरौं १० वटा यस्ता सास्कृतीक अनि पौराणीक कारणहरु जसले गर्दा दीपावली मनाइन्छ । स्म्रण रहोस् दीपावली हिन्दुको मात्र नभई अन्य धेरै बिश्वव्यापी तवरमा रहेका समुदायले पनि उत्तिकै चाखका साथ मनाँउदछन् ।
१ भगवान लक्ष्मीको जन्मदिन
समुन्द्र मन्थनका समयमा कार्तिक अमावस्य अर्थात औंसी का दिन माता लक्ष्मीको जन्म भएको मानिन्छ । जन्म नै भनेंर किटेर नभनिएपनि लक्ष्मीको अवतार उत्पन्न भएको भनेंर बुझ्न सकिने आधारहरु छन्, धनधान्य र ऐश्वर्य की देवी लक्ष्मीको जन्म अवसर पनि दीपावली हो ।
२ पाण्डवहरु बनवास बाट फर्किएको दिन
१२ बर्षको् बनवास पछि कार्तिक अमावस्य कै दिन पाण्डवहरु घर फर्किएको बिश्वास छ । यस दिन पाण्डवहरुको स्वागतार्थ हस्तीनापुरका राज्यवासीहरुले बत्ति बालेर हर्ष मनाएका हुन् । क्रमशः दीपावली मनाउने चलन बढेर आएको तथ्य छ ।
३ बिष्णुले लक्ष्मीलाई उद्धार गरेको अवसर
लक्ष्मीपूजाकै दिन भगवान बिष्णुको पाँचौं अवतार वामन अवतारले राजा बलीको कारागारबाट लक्ष्मीलाई उद्धार गरेको मानिन्छ । देँउसी मा पनि हामी त्यसै आएका हैनौं, वली राजाको हुकुमले गर्दा भनेर भट्याउने चलन पनि त छ ।
४ कृष्णले असुर नारकासुरको बध गरेको
यमपञ्चकको प्रथम दिन नै नारकासुरको बध गरेर कृष्णले १६००० स्त्रीलाई उसको कैदबाट छुटाएको मान्यता छ ।
५ भगवान राम, लक्ष्मण अनि सीताको अयोध्या फिर्ता
दशैंमा भगवान रामको बिजय मनाइयो हैन त त्यस्तै राम दशैं अर्थात दशमीको तिथीमा बिजय हासिल गरि कार्तिक अमावस्यमा सपरिवार लकांबाट पत्नी अनि भाईक साथ अयोध्या फर्केको मान्यता छ ।
६ राजा बिक्रमादीत्यको राज्याबिशेक
बिक्रम संवतका शुरुवात कर्ता महान राजा बिक्रमादीत्य कार्तिक अमावस्यकै दिन राज्य गद्धीमा बसेका हुन् ।
७ महाभीर जैनले सिद्धी प्राप्त गरेको दिन
जैन धर्मका भगवान महाभीर जैनले कार्तिक अमावस्यकै दिन सिद्धी प्राप्त गरेको तथ्य छ ।
८ आर्य समाजका लागि बिशेष दिन
गुरु तथा हिन्दु दर्शनका पूर्नव्याख्याकार महर्षि दयानन्दले कार्तिक् अमावस्यकै दिन निर्भाना प्राप्त गरेका हुन् ।
९ शिख धर्मावम्वी लागि पनि बिशेष दिन
तेश्रो शिख गुरु अमर दासले कार्तिक अमावस्यका दिनलाई रातो पत्र दिन का रुपमा व्याख्या गर्दै सम्पूर्ण
भक्त अनि अनुयायीहरुले गुरुसंग आशिष लिने दिनका रुपमा स्थापित गराएका हुन् । सन् १५७७ मा अमृतसर शहरको गोल्डेन मन्दिरको शिलान्यास कार्तिक अमावस्यको दिन नै भएको हो ।
१० पपजोनको दिपावली सन्देश
ईसाई धर्मका महान गुरु पप दोश्राले कार्तिक अमावस्य कै दिन सन् १९९९ मा अल्टार शहरको भारतीय बाहुल्य चर्चमा तिलक लगाएर दीपावली बिशेष सन्देश दिएका हुन् ।
आज दीपावली कुनै धर्म या सम्प्रदाय मात्र नभई बिश्वकै चाड भएको छ । हैन र रु भारत, नेपाल, बगंलादेश, म्यानमार, थाइल्याण्ड, ईण्डोनेशीया, मरिसस लगायत एसिया प्रशान्तीय क्षेत्र मात्र नभई यूरोप अमेरिका अनि अष्ट्रेलीयामा पनि दीपावलीका बत्ति र उत्साह सञ्चार हुन्छ । यो बर्षको तिहार शुभ रहोस् !
हाम्रो पात्रोका लागि सुयोग ढकाल
Liked by: