मांगलिकको अर्थ हुन्छ श्रेष्ठता वा शुभ, तर हाम्रो जन्मकुण्डलीमा मांगलिक योग छ भने वित्तिकै वैवाहिक सम्बन्ध बिग्रिन्छ नै भन्ने भ्रम भएको देखिन्छ । ज्योतिष शास्त्र अनुसार मांगलिक योग अशुभ योग होइन । सामान्य बुझाइ भनेको बहुबिबाह हो भन्ने बुझ्छौ तर सबै मांगलिक योगको नकारात्मक प्रभाव भने हुन्न मांगलिक योग छ भन्ने सुन्ने बित्तिकै हामी आत्तिनु र झस्किनु आवश्यक छैन । तर जन्म कुण्डलीमा मांगलिक दोष छ भने चैं विचार गर्नु नितान्त आवस्यक हुन्छ अतस् योग र दोष नितात्न्त भिन्न कुरा हो ।
वंशाणु गुणबाट पनि हुने मांगलिक योग ज्योतिष शास्त्र अनुसार व्यक्तिको जन्म समयममा सौरमण्डलमा मंगल ग्रहको अवस्थाका आधारमा विश्लेषण गरी मांगालिक योग हो वा दोष हो भन्ने कुरा पत्ता लगाउन सकिन्छ । जातकको जन्मकुण्डलीको १, ४, ७, ८ र १२ औँ भावमा मंगल ग्रह गएर बसेमा मांगलिक योग बन्दछ । यसका अतिरिक्त मत मतान्तरमा दोश्रो भावको मंगललाई पनि मांगलिक मान्दछन् ।
लग्ने व्यये च पाताले जामित्रे चाष्टमे कुजे ।
पत्नी हन्ति स्वभर्तारं भर्ता भार्यां विनाशयेत् ।।
यदि मांगलिक दोष ठहर भए वा यदि केटा वा केटी कुनै जनाको मात्र मांगलिक योग छ र अर्को को मांगलिक योग छैन र दुई जनाको विवाह भयो भने पति पत्नी विचको सम्बन्धमा समस्या आउने कुरा शास्त्रोक्त रहेको छ । मांगलिक योगमध्ये पनि सातौं र आठौंको मांगलिक योगलाई अझै कडा योग मानिन्छ सतमंगली र अष्टमंगली भनिन्छ ।
परिहार :
यामित्रे च यदा सौरिर्लग्ने वा हिबुके तथा ।
नवमे द्वादशे चैव भौम दोषो न विद्यते ।।
यदि जन्मकुण्डलीमा १, ४, ७, ९ र १२ औँ भावमा शनिश्चर बसेको भए मंगल दोष लाग्दैन, अतस् वैवाहिक सम्बन्धमा सामान्य मंगल योग बन्दछ यसका अतिरिक्त–
भौम तुल्यो यदा भौमस् पापो वा तादृशो भवेत् ।
उव्दाहस् शुभदस् प्रोक्तश्चिरायुस् पुत्र पौत्रदस् ।।
यदि मंगलको तुल्य अरु पाप ग्रह जस्तै ( राहु, शनि र सूर्य मध्ये कुनै ग्रह मंगल संग गएर बसेको भए विवाह शुभ हुने, दीर्घायु र पुत्र–पौत्र सुख प्रदान गर्ने मंगल योग बन्दछ ।
यामित्रे च यदा सौरिर्लग्ने वा हिबुके तथा ।
नवमे द्वादशे चैव भौम दोषो न विद्यते ।।
जसको जन्मकुण्डलीमा यदि १,४,७,९ र १२ औँ भावमा शनिश्चर बसेको भए मंगल दोष लाग्दैन यसका अतिरिक्त मंगल बृहस्पतिले युक्त्त या बृहस्पति र चन्द्रमाले युक्त्त अथवा केन्द्र अर्थात् १, ४, ७, १० औँ भावमा चन्द्रमा भएपनि मंगल दोष नभएर मंगल योग बन्दछ ।
कुजजीव समायुक्त्तो युक्त्तोवाजीव चन्द्रमा ।
चन्द्रे केन्द्रे गतोवापि नदोषो मंगलीभवेत् ।।
यसका अतिरिक्त्त द्वितीय भावमा चन्द्रमा र शुक्रको युति होस् वा मंगल र गुरुको दृष्टि होस् या केंद्रमा मंगल र राहुको युति होस् अथवा केंद्र(त्रिकोणमा शुभ ग्रहहोस् र ३,६,११ औँ स्थानमा पाप ग्रहभए तथा सप्तमेश स्वगृही भए पनि मंगल दोष लाग्दैन । यसका अतिरिक्त कस्तो प्रकारको मांगलिक योग हो भनेर अन्य धेरै प्रकारले विश्लेषण गर्न सकिन्छ ।
राशि मैत्रं यदा याति गणक्यं वा यदा भवेत् ।
अथवा गुणबाहुल्ये भौम दोषो न विद्यते ।।
अतस् यदि जन्मकुण्डलीमा मांगलिक दोष छ भने त्यस्ता व्यक्तिहरूको त्यस्तै मांगलिक दोष नै भएका वर या बधु खोजेर विवाह गर्नुपर्दछ, यदि दोष न भएर योग मात्र हो भने तपाईंको लागि वार्दान हो । मांगलिक योग भन्नु नै एक भन्दा धेरै हुनु हो वैवाहिक सम्बन्ध मात्र धेरै नभएर त्यो घर, जग्गाजमिन, गाडी, व्यापार, व्यवसाय तथा अन्य भौतिक सुख आदि धेरै हुनुपनि मांगलिक योग कै कारण हुन सक्दछ । अझ मांगलिक योग भएको मान्छे व्यक्त्ति त साहसी, स्वाभिमानी, प्रष्टवक्ता, सेवाभावयुक्त र स्वावलम्बी हुन्छन् । त्यसैले मांगलिक योग र दोषको वारेमा निश्चिन्त हुन आवस्यक छ न कि त्रसित भएर ।
२८ वर्ष पछि अधिकांश दोष निष्कृय हुने भएकाले मांगलिक दोष भएका व्यक्तिलाईपनि २८ वर्ष पछि विवाह गर्ने सल्लाह दिने गरिन्छ । यदि मांगलिक दोष छ भने पनि यसको समाधानको लागि पुरुषहरूको अर्क विवाह र महिलाहरूको कुम्भ विवाह, प्रतिमा विवाह त्यसैगरी मंगल चण्डी, शत चण्डी, मंगल शान्ति, मंगल अनुष्ठान, मंगलको रत्न धारण, रुद्राक्ष धारण, मंगल चौथीको व्रत आदि अन्य ज्योतिषीय उपाय अपनाउन सकिन्छ भन्ने ज्योतिष शास्त्रको मान्यता छ । यसका साथै विज्ञजनको परामर्श द्वारा वैवाहिक जीवन सफल र उज्ज्वल बनाउन सकिन्छ ।
ज्यो. प. नारायणप्रसाद दुलाल
[email protected]
Liked by: