ज्यो.पण्डित नारायण प्रसाद दुलाल · Feb २०, २०२०
मांगलिकको अर्थ हुन्छ श्रेष्ठता वा शुभ, तर हाम्रो जन्मकुण्डलीमा मांगलिक योग छ भने वित्तिकै वैवाहिक सम्बन्ध बिग्रिन्छ नै भन्ने भ्रम भएको देखिन्छ । ज्योतिष शास्त्र अनुसार मांगलिक योग अशुभ योग होइन । सामान्य बुझाइ भनेको बहुबिबाह हो भन्ने बुझ्छौ तर सबै मांगलिक योगको नकारात्मक प्रभाव भने हुन्न मांगलिक योग छ भन्ने सुन्ने बित्तिकै हामी आत्तिनु र झस्किनु आवश्यक छैन । तर जन्म कुण्डलीमा मांगलिक दोष छ भने चैं विचार गर्नु नितान्त आवस्यक हुन्छ अतस् योग र दोष नितात्न्त भिन्न कुरा हो ।