Mohini Ekadashi Wrata Kaile Liney | Hamro Patro

ब्लग - साहित्य / अध्यात्म

मोहिनी एकादशी व्रत कहिले लिने ?





यदि एकादशीको अघिल्लो दिन दशमी तिथि ५५ घडी भन्दा अधिक छ भने त्यस्तो दशमी तिथिको भोलिपल्ट पर्ने एकादशीव्रत लिन अयोग्य मानिन्छ । उक्त भनाई अनुसार यसपालिको ७ गते गते दशमी तिथि ५८ घडी २६ पला छ, त्यसैले त्यसको भोलिपल्ट ८ गते पर्ने एकादशीव्रत लिन योग्य भएन, यदि एकपला मात्र पनि दशमीले छोएको छ भने त्यो दिन एकादशीव्रत लिन उपयुक्त हुँदैन, द्वादशी छोएको दिन व्रत लिनु पर्दछ, त्यसैले ९ गते मोहिनी एकादशीव्रत लिन योग्य भयो । जसरी गंगाजल भरिएको भाडामा एक थोपामात्रै पनि मदिरा पर्यो भने त्यो भाडाको गंगाजल पूर्ण रूपले त्यागिन्छ ।

दशमी पञ्चपञ्चाशत् घटिका चेत् प्रदृश्यते ।
तर्हि चैकादशी त्यज्या द्वादशीं समुपोषयेत् ॥
दशमी पलमात्रेण त्याज्या चैकादशी तिथि: ।
मदिराविन्दुपातेन त्याज्यो गङ्गाघटो यथा ॥
एकदशी यदा वृद्धिं द्वादशी च यदा गता ।
तदा परा ह्यूपोष्या स्यात् पूर्वा वै द्वादशीव्रते ॥ (गर्ग संहिता मा.ख.८)


यस्तो अवस्थामा यदि सन्देह हुन्छ भने द्वादशीका दिन एकादशीको व्रत गर्नु र त्यसको भोलिपल्ट अर्थात् त्रयोदशीका दिन व्रत पारायण गर्नु ।

द्वादशी तु तदा ग्राह्या त्रयोदश्यान्तु पारणम् ।।
एकादशी कलापि स्यादुपोष्या द्वादशी तथा । गरुड पुराण/ आचार खण्ड (१२५)

बहुवाक्यबिरोधेन ब्रह्मणेषु विवादिषु ।
एकादशीं परित्यक्त्वा द्वादशीं समुपोषयेत् ।। (धर्मसिन्धु)


माथि उल्लेख गरिएका गर्ग संहिता गरुड पुराण र धर्मसिन्धु लगायतका शास्त्रीय वचन अनुसार यसपालिको एकादशीव्रत ९ गते आइतबारका दिन नै लिन उपयुक्त हुन्छ, अर्थात् कुनै पनि एकादशीका दुई दिन पर्न गएमा निश्चिन्त भएर दोस्रो दिन पर्ने एकादशीको दिन व्रत गर्नु पर्छ भन्ने आशय बुझियो, त्यसैले अहिलेको हकमा यसपालिको मोहिनी एकादशीव्रत ९ गते नै लिनु शास्त्र सम्मत रहन्छ रहेको छ । अस्तु ॥

-ज्यो.प. नारायणप्रसाद दुलाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.