शास्त्रहरुमा नै ऋषितर्पणी पूर्णीमाका दिन गरिने विशेष कार्यहरु कुनै कारणवस उक्त दिन गर्न नमिलेमा नजिकैको शुक्ल पञ्चमीका दिन गर्नु पर्छ भन्ने कुरा स्पष्ट उल्लेख छ । यसै कारण शास्त्रोक्त विधान अनुसार यस पटकको ऋषितर्पणी पूर्णीमाका दिन गरिने रक्षावन्धन तथा यज्ञोपवितधारण जस्ता विशेष कार्यहरु यस पूर्णीमा भन्दा केहिदिन अगाडि पर्ने पवित्र श्रावण शुक्ल पञ्चमी अर्थात नागपञ्चमीका दिन गर्न उपयुक्त हुने भएकाले नागपञ्चमीकै दिन ऋषितर्पण, रक्षावन्धन तथा यज्ञोपवितधारण जस्ता कार्यहरु गर्नु पर्छ भनि सर्वत्र उल्लेख भएको हो ।
हामीहरुले गर्दै आएका प्रत्येक संस्कारहरु हाम्रा शास्त्रहरुद्वारा निर्देशित छन् । हामीहरुलाई संस्कार सिकाउने मुख्य शास्त्रहरुमा धर्मसिन्धु , निर्णयसिन्धु, कालमाधव आदि पर्दछन् ।
श्रावण शुक्ल पञ्चमी अर्थात नागपञ्चमीका दिन नाग टाँस्ने तथा श्रावण शुक्ल पूर्णीमा अर्थात ऋषितर्पणी पूर्णीमाका दिन रक्षावन्धन तथा यज्ञोपवितधारण (जनै-पूर्णिमा) गर्ने कार्यहरु पनि यिनै शास्त्रहरुद्वारा निर्देशित हुन् ।
तर, यस पटकको रक्षावन्धन तथा यज्ञोपवितधारण ऋषितर्पणी पूर्णीमाका दिन नगरी नागपञ्चमीका दिन गर्ने भन्ने कुराले आम जनमानसमा यो कसरी हुनगयो भनी जिज्ञासा उत्पन्न हुनु स्वभाविक हो ।
कतिले त पूर्णीमा र पञ्चमी विलकुलै फरक फरक तिथिहरु एकै दिन कसरी पर्न सक्छन् ? यो असम्भव कुरा हो भन्ने तर्क समेत राख्नु भएको छ ।
यस सम्वन्धमा हाम्रो पात्रोले सधैं जस्तै आम जनमानसको जिज्ञासाको कदर गर्दै निम्न अनुसार जिज्ञासा शान्त गर्ने प्रयास गरेको छ । यो अन्याैल चिर्नकालागि हामीले वनकाली, गाैशालास्थित 'नेपाल वेद विद्याश्रम'मा संस्कृत तथा गणित अध्यापन गराउँदै अाउनुभएका शिक्षक श्री रघुनाथ ढुङ्गेल तथा संस्कृत तथा ज्योतिषविद् पण्डित श्री शालीग्राम ढकालको सहयोग लिंयाैं ।
पहिलो कुरा त हामी के स्पष्ट पार्न चाहान्छौं भने ”पूर्णीमा” तथा ”पञ्चमी” विलकुलै फरक फरक तिथिहरु हुन र यी दुवै तिथिहरु एकै दिन पर्नै सक्दैनन् र यो वर्ष पनि एकै दिन परेकै होइनन् ।
माथि उल्लेखित गरिएका शास्त्रहरुमा भनिएको छ कि हाम्रो संस्कार अनुसार विशेष दिनमा गरिने विशेष कार्यहरु गर्ने दिन यदि ग्रहण लागेमा, जुठो–सुतक परेमा वा अन्य व्यावधान आएमा उक्त कार्यहरु सो दिनको सट्टा यथासक्य नजिकैको अरुनै कुनै पवित्र तथा उपयुक्त दिन छानेर गर्नुपर्ने हुन्छ ।
यस पटकको ऋषितर्पणी पूर्णीमाका दिन पनि ग्रहण लाग्ने भएकाले उक्त दिन गरिने रक्षावन्धन तथा यज्ञोपवितधारण जस्ता कार्यहरु यसै दिन गर्न मिलेन ।
माथि उल्लेखित गरिएका शास्त्रहरुमा नै ऋषितर्पणी पूर्णीमाका दिन गरिने विशेष कार्यहरु कुनै कारणवस उक्त दिन गर्न नमिलेमा नजिकैको शुक्ल पञ्चमीका दिन गर्नु पर्छ भन्ने कुरा स्पष्ट उल्लेख छ ।
यसै कारण शास्त्रोक्त विधान अनुसार यस पटकको ऋषितर्पणी पूर्णीमाका दिन गरिने रक्षावन्धन तथा यज्ञोपवितधारण जस्ता विशेष कार्यहरु यस पूर्णीमा भन्दा केहिदिन अगाडि पर्ने पवित्र श्रावण शुक्ल पञ्चमी अर्थात नागपञ्चमीका दिन गर्न उपयुक्त हुने भएकाले नागपञ्चमीकै दिन ऋषितर्पण, रक्षावन्धन तथा यज्ञोपवितधारण जस्ता कार्यहरु गर्नु पर्छ भनि सर्वत्र उल्लेख भएको हो ।
त्यसैले हामी सवैले के स्पष्ट हुन जरुरी छ भने: यस पटक ”पञ्चमी” तथा ”पूर्णीमा” फरक फरक तिथिहरु एकै दिन परेका होइनन् तर, ऋषितर्पणी पूर्णीमाका दिन ग्रहण लाग्ने भएकाले उक्त दिन गरिने रक्षावन्धन तथा यज्ञोपवितधारण जस्ता धार्मिक कार्यहरु श्रावण शुक्ल पञ्चमी अर्थात नागपञ्चमीका दिन गरिन लागिएको हो ।
-----
लेखनः रघुनाथ ढुङ्गेल तथा ज्योतिषविद् पण्डित श्री शालीग्राम ढकालको सहयोगमा
Liked by: