Naya Barsha Wishuwat Sankranti | Hamro Patro

ब्लग - साहित्य / अध्यात्म

नयाँ वर्षको विषुवत् संक्रान्ति कस्को लागि कस्तो छ ?




   ज्यो. प. मुकुन्द शर्मा - Apr 11 2020

ज्योतिष शास्त्र अनुसार कुनै पनि ग्रह एक राशिबाट अर्को राशिमा जाने क्रमलाई नै संक्रान्ति भनिन्छ । तर यहाँ अन्य ग्रह बिम्ब सानो हुने भएकाले संक्रान्ति काल वा समय अत्यन्त थोरै रहन्छ । त्यसैले अन्य ग्रहहरूको संक्रान्तिको प्रचलन नरहेर सूर्य संक्रान्ति मात्र महत्वपूर्ण र प्रसिद्ध छ । सूर्यको बाह्र संक्रान्ति मध्य मेष संक्रान्ति (बैशाख संक्रान्ति) बाट नै नेपालीहरुको नयाँ बर्ष आरम्भ हुने र सूर्य ग्रह मीन राशिबाट मेष राशिमा जाने भएकाले यसलाई मेष विषुवत् संक्रान्ति भनिन्छ ।

मेषसंक्रान्तितो यावत्षण्मासं विषुवत्फलम् ।
तुलासंक्रान्तितश्चैवं ज्ञातव्यम् विबुधैस् स्फुटम् ।।

मेष विषुवत् संक्रान्तिको पहिलो छ महिना (वैशाख देखि आश्विन) सम्मको राशि नामको पहिलो अक्षरको आधारमा ब्यत्तिहरूलाई के कस्तो शुभ र अशुभ फल प्रदान गर्दछन् ती निम्नानुसार रहेका छन्ः
–    हस्ता (पू,ष,ण,थ), चित्रा (पे,पो,रा,री), स्वाति (रु,रे,रो,ता) विशाखा (ति,तू,ते,तो), अनूराधा (ना,नि,नू,ने), जेष्ठा (नो,या,यी,यू), मूल (य,यो,भा,भी): शीर्षेस भूलाभस शीरमा परेकाले शुभ ।
–    मघा (मा,मी,मू,मे), पूर्वफाल्गुनी (मो,टा,टी,टू), उत्तरफाल्गुनी (टे,टो,पा,पी): मुखे पाण्डित्यम्स मुखमा परेकाले शुभ ।
–    मृगशिरा (वे,वो,का,की), आद्र्रा (कू,ध,ङ,छ) पुनर्वसु (के,को,हा,ही), तिष्य (हु,हे,हो,डा), अश्लेषा (डी,डू,डे,डो): हृदी, हृदयमा धनागमं , शुभ ।
–    भरणी (ली,लू,ले,लो), कृतिका (अ,ई,ऊ,ए), रोहिणी (ओ,बा,वी,बू) : दक्षकरे स्त्री लाभ, शुभ ।
–    उत्तरभाद्रपदा (दू,थ,झ,ञ), रेवती (दे,दो,चा,ची), अश्विनी (चू,चे,चो,ला) : वामकरे भैक्षम्, अशुभ ।
–    शतभिषा (गो,सा,सी,सू), पूर्वभाद्रपदा (से,सो,दा,दी) : दक्ष पादे भ्रमणम्, दाहिने खुट्टामा भ्रमण हुने, शुभ ।
–    पूर्वषाढा (भू,ध,फा,ढा), उत्तरषाढा (भे,जो,जा,जी), श्रवण (खी,खू,खे,खो) : वामपदे कष्टम्, अशुभ ।

समग्रमा हस्ता, चित्रा, स्वाति, विशाखा, अनुराधा, जेष्ठा, मूल, मघा, पूर्वफाल्गुनी, उत्तरफाल्गुनी, मृगशिरा, आद्र्रा, पुनर्वसु, तिष्य, अश्लेषा, भरणी, कृतिका, रोहिणी, धनिष्ठा, शतभिषा र पूर्वभाद्रपदा नक्षत्र हुनेलाई राम्रो छ । संक्रान्तिले शुभ फल दिन्छ ।

उत्तरभाद्रपदा, रेवती र अश्विनी नक्षत्रमा जन्मिएको ब्यक्तिहरुलाई अशुभ रहेको छ भने पूर्वषाढा, उत्तरषाढा र श्रवण नक्षत्रमा जन्मिएको ब्यक्तिहरुलाई कष्ट रहेकाले गंङ्गा स्नान गरेर रुद्री, सत्यनारायण, चण्डी आदि पाठ गराएमा शुभ हुन्छ । साथै संक्रान्ति शुभ रहेकाहरुलाई पनि गंङ्गा स्नान आदि गरेमा फललाई अझै शुभ बनाउन सकिन्छ ।

–ज्यो. पं. मुकुन्द शर्मा



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.