ॐ नमो सिद्धिविनायकाय सर्वाकार्याणि सर्वविघ्नप्रशमनाय सर्वराज्यवशीकरणाय श्री ॐ स्वाहा ।।
नयाँ वर्षले हाम्रा गहन इच्छाहरुलाई जीवन्त बनाउन मौका प्रदान गर्दछ । तर, यसका लागि यी इच्छा पूरा गर्नका लागि आइपर्ने बाधा तथा अप्ठ्याराहरुको पहिचान पनि गर्नुपर्ने हुन्छ । यस्ता बाधाहरु विभिन्न कारणले आइपरेको हामी सोच्दछौँ । जस्तैः नयाँ वर्षबाट ध्यानतर्पm लाग्छु भन्ने सोच्नुभएको छ भने, हामी समय नभएको सोच्छौँ र समय नहुनु हाम्रो लागि बाधा बनिदिन्छ । साँचै विचार गर्ने हो भने यसमा मुख्य कारण समय नहुनुभन्दा पनि हाम्रो भावना र सोच्ने तरिकाले हामीलाई रोकिरहेको हुन्छ । कुनै कुरा हामी वास्तवमा मनैदेखि चाहन्छौँ भने, ती इच्छापूर्तिको लागि दृढ पनि हुने गर्दछौँ वा जो दृढ हुन्छौँ उसैले आफ्ना इच्छा तथा आकांक्षा पूरा गर्दछौँ ।
बाधाअड्चनबाट मुक्ति प्राप्त गर्न र दृढ बन्नका लागि भिन्न उपायहरु हुन सक्छन् । यस्तै उपायमध्ये श्री गणेशको मन्त्रोच्चारण पनि एक हो । हिन्दू धर्मअनुसार, श्री गणेशलाई द्वारपाल पनि मानिन्छ । नयाँ वर्षको संघारबाट भित्र प्रवेश गर्दै गर्दा, श्री गणेशको मन्त्र उच्चारणले हामीलाई दिशानिर्देश तथा आवश्यक सहयोग प्रदान गर्ने विश्वास छ । श्री गणेशलाई बाधाअवरोधका मुक्तिदाता भनेर पनि चिनिन्छ । श्री गणेशको मन्त्रोच्चारणले नव वर्षमा प्रवेश गर्दा हामी हाम्रो लक्ष्यतर्पm उन्मुख हुन्छौँ भने बाधाहरुबाट मुक्ति पाउँछौँ । नव वर्षमा श्री गणेशको मूल मन्त्र ॐ गं गंपतये नमः को मन्त्रोच्चारण गरी नव वर्षतर्पm लम्किदाँ बाधाअड्चनबाट मुक्ति प्राप्त गर्न सक्छौँ । यसका साथै, श्री गणेशको भक्तिमा लिन हुन रुचाउने वा अरु थुप्रै अप्ठेरो अवस्थामा पनि भिन्न मन्त्रबाट श्री गणेशलाई सम्झिन सक्छौँ ।
गणेश विज मन्त्र
ॐ श्रीं ह्रीं क्लीं ग्लौं गम् गणपतये नमः ।
हाम्रा सबै समस्याबाट मुक्तिका लागि गणेश मन्त्र
ॐ नमो सिद्धिविनायकाय सर्वाकार्याणि सर्वविघ्नप्रशमनाय सर्वराज्यवशीकरणाय श्री ॐ स्वाहा ।।
विजय प्राप्तिका लागि गणेश मन्त्र
ॐ गणंजयाय नमः ।
ज्ञान प्राप्तिका लागि गणेश मन्त्र
ॐ विध्यागणेशाया नमः ।
रोगबाट मुक्तिका लागि गणेश मन्त्र
ॐ गं रोग मुक्तये फट् ।
आध्यात्मिक ज्ञान तथा निर्देशनका लागि गणेश मन्त्र
ॐ वक्रतुण्डके द्रष्टाय क्लीं हीं श्रीं गं गणपतये वर वरद सर्वजनं मं दशमानय स्वाहा ।
आलस्य र निराशाबाट मुक्ति प्राप्तिका लागि गणेश मन्त्र
ॐ हस्ति पिशाचि लिखे स्वाहा ।
मन्त्रोच्चारणलाई हामी धार्मिक आस्थासँग मात्र जोडेर हेर्ने गर्दछौँ, आवाज निकालेर मन्त्रको उच्चारण गर्दा हाम्रो मनोभावहरुलाई हामी निर्देश गरिरहेका हुन्छौँ । मनमा रहेका भावहरुलाई स्वतः प्रवाह गरिरहेका हुन्छौँ । साथीसँग मनको कुरा बाँडेको जति सन्तुष्टि त यसले नदेला तर मनका भावनाहरुलाई बिना डर वा संकोच भन्न सक्ने प्रेरणा प्रदान गर्न सक्छ । अलौकिक शक्तिको प्रशंसाका रुपमा उच्चारण गरिने यस्ता मन्त्रहरुले आनन्दको तरंग पैदा गरी हाम्रा मनमस्तिष्कबाटै यस्तो अनुभूतिको विकास गर्दै लैजान्छ । ध्यान, मात्र आँखा चिम्लेर आफ्ना भाव वा विचारलाई मनन गर्ने र फल प्राप्ति गर्ने विधि मात्र होइन । मन्त्रको उच्चारण र पुनः उच्चारणले हाम्रो मनमस्तिष्कलाई शान्त, केन्द्रित र लिन हुन मद्दत गर्दछ ।
Liked by: