हाम्रो वैदिक ज्योतिषमा नवग्रहहरूको गणना गरिन्छ- सूर्य, चन्द्रमा, मङ्गल, बुध, गुरु, शुक्र, शनि, राहु र केतु हो, जसमध्ये राहुले आफ्नो दुष्ट र राक्षसी स्वरूपको प्रभावको कारणले सूर्य या चन्द्रमालाई निलेर ग्रहण लागेको कथा शस्त्रमा उल्लेखै छ । यस्तो राहु जो आठवटा कालो घोडाले युक्त रथमा सवार हुन्छ, यस्तो राहुको समयलाई नै राहु काल भनिन्छ ।
राहु अर्थात् नकारात्मकको प्रतीक र काल अर्थात् समय (नराम्रो समय) जुन ज्योतिष शस्त्रमा यस्तो राहु काललाई अशुभ मानिएको हुनाले राहु काल (समय) चलेको बेलामा शुभ कार्य गरिदैन । यहाँ सबैको जानकारिको लागि सातै दिनको राहुकालको समय प्रस्तुत गरिएको छ, जसलाई हेरेर आफ्नो दैनिक कार्य गर्न सकिन्छ । ज्योतिष शास्त्र अनुसार राहुग्रहलाई छायाँग्रहको रूपमा मानिएको छ, त्यसैले राहुको आधिपत्यको समय जुन राहु काल हुन्छ, उक्त समयमा यात्रा, शुभ कार्य या महत्त्वपूर्ण कार्यको थालनी गर्नु हुँदैन ।
राहु काल स्थान र वार अनुसार भिन्न भिन्न समयमा समयमा आउने गर्दछ र यस्तो समय विहान सूर्योदय देखि सूर्यास्त सम्म आउने गर्दछ । राहु कालको अवधि सूर्योदयबाट सूर्यास्तसम्मको समयलाई ८ भाग लगाउँदा आउने एक भग जुन बार र स्थानको आधारमा भिन्न भिन्न समयमा दिनको एकपटक लगभग ९० मिनेट (१ घ. ३०मि.)को हुन आउँछ ।
आइतवार- दिनको आठौ भाग,
सोमबार- दोश्रो भाग,
मंगलबार- सतौ भाग,
बुधबार- पाँचौं भाग,
बिहीबार- छैटौ भाग,
शुक्रबार- चौथो भाग र
शनिबार- तेस्रो भागमा राहुकाल आउने गर्दछ ।
वार
राहु कालको समय
आइतवार
साँझ ४:३० बाट ६:०० बजे सम्म ।
सोमवार
विहान ७:३० बाट ९:०० बजे सम्म ।
मंगलवार
दिउँसो ३ बाट ४:३० बजे सम्म ।
बुधवार
मध्यान्ह १२ बाट १:३० बजे सम्म।
बिहीवार
दिउँसो १:३० बाट ३:३० बजे सम्म ।
शुक्रवार
विहान १०:३० बाट मध्यान्ह १२:०० बजे सम्म ।
शनिवार
विहान ९ बाट १०:३० बजे सम्म ।
उपरोक्त समय सारणी उदाहरणको लागि हो- जुन स्थानमा विहान ६ बजे सूर्योदय र साँझ ६ बजे सूर्यास्त हुने अवस्थामा आउने राहुकालको सात दिनको समय हो, जुन स्थानमा सूर्योदय र सूर्यास्तको समय तल माथि पर्न गाएमा सोही अनुसार मिनेट घट बढ हुन्छ र सोही अनुसार बुझ्न आवस्यक रहन्छ ।
उपाय : यदि राहु कालको समयमा यात्रा गर्न आवस्यक नै भए पान, दही, तिल या केही मीठो खाएर मात्र घरबाट निसक्नु राम्रो हुन्छ र घरबाट निस्कानु पूर्व १० पाईला उल्टो हिडेर फेरि यात्रागर्नु, यदि राहु कलमा मंगलकार्य या शुभकार्य गर्नु परेमा हनुमान चालीसा पढेर, गहूँत या पञ्चामृत खाएर गर्न सकिन्छ । अस्तु ॥
-नारायण प्रसाद दुलाल
Liked by: