ज्यो.पण्डित नारायण प्रसाद दुलाल · Dec २५, २०२०
हाम्रो वैदिक ज्योतिषमा नवग्रहहरूको गणना गरिन्छ- सूर्य, चन्द्रमा, मङ्गल, बुध, गुरु, शुक्र, शनि, राहु र केतु हो, जसमध्ये राहुले आफ्नो दुष्ट र राक्षसी स्वरूपको प्रभावको कारणले सूर्य या चन्द्रमालाई निलेर ग्रहण लागेको कथा शस्त्रमा उल्लेखै छ । यस्तो राहु जो आठवटा कालो घोडाले युक्त रथमा सवार हुन्छ, यस्तो राहुको समयलाई नै राहु काल भनिन्छ ।