रमादानको महिना चलिरहेको छ, श्रद्धाकासाथ ब्रत बस्नेहरु संसारभरि रमादानको महिमाको लाभ उठाइरहेका छन् । हाम्रो पात्रो मार्फत आउनुहोस केही पवित्र कुरानका कुराहरु रमादान विशेष यस महिनामा उक्काउन चाह्यौ, यि कुरा अनि वाणीहरुले सबै मुसलमान दाजुभाई दिदीबहिनीहरुमा सकारात्मक कुराहरुको सञ्चार गरोस् र शान्ति कायम होस्, सबैको जीवनमा । सन् २०१७ को मे महिनाको २६ तारिखबाट जुन महिनाको २४ तारिखसम्म पवित्र रमादानको महिना रहनेछ भने ईदको दिन भने ठाँउ अनुसार फरक पर्न सक्दछ ।
यो पनि हेर्नुहोस् :पवित्र 'रमादान'को महिना
स्मरण रहोस् कि ईस्लाम धर्मका हरेक पवित्र ग्रन्थहरु रमादानकै महिनामा लेखिएको र सबैसामु ल्याईएको विश्वाश छ । यसै विश्वाशका साथ यस महिना कुरान धेरै पढ्न र ज्ञानहरु आत्मसाथ गर्न प्रेरित गरिन्छ, आउनुहोस यसै प्रेरणामा हाम्रो पात्रोको थोरै कसरत । कुरानका केहि पवित्र भनाईहरु
कुनैपनि निर्णय लिँदाको बखत अल्लाहलाई सझंना गरौ अनि अल्लाहमाथि विश्वाश गरौ, पक्कै पनि अल्लाहले आफ्ना विश्वाशी लाई माया गर्नुहुनेछ ।
अल कुरान अली ईमरान १५९
स्वर्ग (जन्नत) र पृथ्वीमा भएका सकल कुराहरुका मालिक उनै हुन्, भगवानको प्रतिकार गम्भिर हुनेछ तसर्थ अल्लाह वाहेक अरुकसैको डर हुन जरुरी छ र रु कुरान १६ः ५२
अल्लाह तपाई नजिक मेरालागि पनि जन्नतमा एउटा घर बनाईदिनुहोस् । कुरान ६६ः११
र उनै हुन जसले दिन, रात अनि यि सुर्य र चन्द्रहरु बनाउनुभयो । कुरान २१ः३३
पक्कै पनि अल्लाह सबैजना सँग हुनुहुन्छ । ति जो अल्लाहसँग डराउदछन र ति जो राम्रा काम गर्दछन, सबैसँग अल्लाह हुनुहुन्छ । कुरान १६ः १२८
रमादानको महिमा कायम रहोस्, विश्वबन्धुत्व र शान्ति यस बर्षको रमादानमा अल्लाहले संसारभरि छरिदिनुहोस् ।
सबैलाई सबैको दुआ लागोस्
सुयोग ढकाल
Liked by: