जसरी गरिबलाई धनको महत्त्व हुन्छ त्यसैगरी निःसन्तान दम्पतीलाई सन्तानको महत्त्व हुन्छ । मानवसभ्यतालाई अगाडी वढाउन सन्तानबिनाको जीवन परिकल्पना पनि गर्न सकिँदैन । सबैले ब्रह्मचर्य धर्मको धारण गरे संसार कसरी अगाडी बढ्न सक्छ रु त्यसैले गृहस्थ धर्म नै उच्च मानिएको छ । सन्तान त भगवानको आशिर्वाद हो र यो महाप्रसाद मानिएको छ । हाम्रो समाजमा हरिवंश पुराण, गोपालसहस्त्रनाम, गणेश पुराण, सत्यनारायण पूजा, शतचण्डीआदि अनेक वैदिक तथा तान्त्रिक बिधिबाट सन्तान प्राप्तिको लागि प्रयास गरिन्छ । शास्त्रमा भनिएको छ ूअपुत्रस्य गति नास्ति शास्त्रेषु श्रुयते मुनेू अर्थात् सन्तानहिन मानिसको सदगति पनि मिल्दैन आफ्नो पुर्खाको ऋण तिर्न र घरलाई सुख, समृद्धि र वैभव प्राप्त गर्न लक्ष्मी अथवा छोरी र संसारको रथ अगाडी लान छोराको आवश्यकता पर्दछ ।
जन्मकुण्डलीमा पंचम भावलाई सन्तानभाव मानिन्छ । सामान्यतया ज्योतिषशास्त्रमा पंचमभाव बलवान भएर बसेको छ भने सन्तानप्राप्ति योग बन्दछ । महिलावर्गमा शुक्र बलवान् भएर बसेको छ भने गर्भ हुने प्रवल सम्भावना हुन्छ । बृहस्पतिग्रहले गर्भलाई स्वस्थ फल दिन्छ । यदि लग्नमा अथवा पाँचौं घरमा शुभग्रहको दृष्टि परेको छ अथवा पंचमेश र लग्नेशको युति परेको छ भने सन्तान हुने सम्भावना रहन्छ । जन्मकुण्डलीमा शुक्र अथवा बृहस्पतिको महादशा प्रत्यान्तरदशा चलेको छ भने पनि सन्तान हुने सम्भावना रहन्छ । यदि पाँचौं घरमा अशुभ ग्रहको दृष्टि परेको छ राहु अथवा पाप ग्रहको दृष्टी रहेको छ भने सन्तान नहुने समस्या देखापर्दछ । गर्भमा आएपनि सन्तान जन्मिन सक्दैन । शनि, केतु ग्रहको दृष्टि परेमा पनि राम्रो मानिँदैन । गर्भ रहेको समय लग्नेश पंचमेश अथवा पहिलो भाव, पाँचौं भाव र नवं भावको त्रिकोणात्मक सम्बन्धले शिशुकोबारेमा फलादेश गर्न सकिन्छ । पंचमभाव बुद्धि, सन्तान र निर्णयको घर मानिन्छ ।
रवीन्दुशुक्रावनिजैः स्वभागगैगुरौ त्रिकोणोदयसंस्थितेऽपि वा ।
भवत्यपत्यं हि विवी जिनामिमे करा हिमांशोर्विदृशामिवाफलाः॥
सूर्य, चन्द्रमा, मंगल तथा शुक्रग्रह आफ्नो नवमांशमा छ अथवा बृहस्पति त्रिकोण अथवा लग्नमा छ भने निश्चय नै सन्तान सम्भव छ ।
छागे सिंहे वृष लग्ने तत्स्थे सौरेऽथवा कुजे ।
राश्यंशसदृशे गात्रे जायते नालवेष्टितः॥
मेष, सिंह अथवा वृषको लग्न छ त्यसमा शनि या मंगल लग्नमा छ र जुन राशिको नवमांश छ र उसैको राशिको अङ्गलाई नालले बेरिएको शिशुको जन्म हुन्छ ।
चतुष्पादगते भानौ शेषैर्वीर्यसमन्वितैः ।
द्वितनुस्थैश्च यमलौ भवतः कोशवेष्टितौ ॥
यदि सूर्य चतुष्पद राशिमा छ, अरू ग्रहहरू बलवान भएर बसेको छ र द्विस्वाभाव राशिमा छ भने जुम्ल्याहाको योग हुन्छ ।
शशाङ्कलगोपगतैः शुभग्रहैत्रिकोणजायाऽर्थमुखास्पदस्थितैः ।
तृतीयलाभक्षुगतैश्च पापकैः सुखी तु गो रविणा निरीक्षितः॥
चन्द्रमा या लग्नको साथ शुभग्रह छ अथवा लग्न या चन्द्रमाबाट ५, ९। ७, २, ४, १० स्थानमा शुभ ग्रह अथवा ३, ११ स्थानमा पापग्रह छ र लग्नमा या चन्द्रमामाथि सूर्यको दृष्टि परेको छ भने गर्भ स्वस्थ हुन्छ ।
इच्छाइएको पुत्र अथवा पुत्री प्राप्तिको लागिपनि सही समयमा गर्भाधान गर्यो भने पूर्वानुमान गर्न सकिन्छ । वैज्ञानिकपद्धति अनुसार जस्तै जन्मकुण्डलीको अनेक विश्लेषणबाट पुत्र अथवा पुत्रीको योग फलादेश गर्न सकिन्छ । आधुनिक समयमा जीवविज्ञान अथवा अन्य आधुनिक चिकित्सा शास्त्रबाट शिशुकोजन्म निसन्तान दम्पतीलाई दिएजस्तै जन्मकुण्डलीबाट पनि सही दिशानिर्देश गर्न सकिन्छ । महिलाहरूको ऋतुधर्म अनुसार मंगलग्रह र चन्द्रमाग्रहको ग्रहगोचरबाट र महिलाको जन्मराशिबाट उपयुक्त समयमा मंगलको दृष्टि पर्यो भने गर्भ रहन सक्दछ । यदि पुरुषको जन्मकुण्डलीमा चन्द्रमा, शुक्र अथवा सूर्य विषम राशिमा बलवान् भएर बसेको छ भने र सन्तानघरको मालिक र लग्नेशको युति भएर बसेको छ भने पुरुषलाई गर्भाधानको लागि उपयुक्त समय बनाइदिन्छ । सामान्यतया सन्तानको लागि महिलालाई मात्र दोषी मान्नु सरासर गलत हो । सन्तान प्राप्तिको लागि दुवै जनाको भूमिका रहन्छ । आधुनिकविज्ञान र चिकित्साशास्त्रले प्रमाणीकरण गरे जस्तै ज्योतिषशास्त्रले पनि महिला पुरुष दुवैको जन्मकुण्डलीको आधारमामात्र सन्तानप्राप्तीको विश्लेषण गर्न सक्दछ ।
ज्य. पं. घनश्याम पोख्रेल
Liked by: