काँची पीठका शंकराचार्य जयेन्द्र सरस्वतीको निधन भएको छ । वहाँलाई श्वासप्रश्वास समबन्धी समस्याका कारणले अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा ८३ बर्षका शंकराचार्य सरस्वतीको देशान्त भएको हो ।
काँची पीठका शंकराचार्य जयेन्द्र सरस्वतीको निधन भएको छ । वहाँलाई श्वासप्रश्वास समबन्धी समस्याका कारणले अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा ८३ बर्षका शंकराचार्य सरस्वतीको देहान्त भएको हो । काँची कामकोटि पीठका ६९औं शकंराचार्य जयेन्द्र सरस्वती सन् १९५४ मा शंकराचार्य बन्नुभएको हो । यस अघिका पीठका शंकराचार्य चंद्रशेखेंद्ररा सरस्वती स्वामीगल ले वहाँलाई शंकराचार्य चयन गर्नुभएको थियो । त्यससमयमा शंकराचार्य सरस्वती केवल १९ बर्षका हुनुहुन्थ्यो ।
सन् १९३५ को जुलाई १८ मा तामिलनाडुको काँचीपुरममा वहाँको जन्म भएको थियो । वहाँको शंकराचार्य हुनुपुर्वको नाम भने सुब्रमण्डयम थियो । जयेन्द्र सरस्वतीले सन् १९८३ मा नै बिजयन्द्र सरस्वतीलाई आफ्नो उत्तराधिकारी घोषीत गर्नुभएको थियो । जयेन्द्र सरस्वतीलाई भारतका पूर्व प्रधानमन्त्री अटल बिहारी बाजपेईले आफ्नो भाषणमा अयोध्याको समस्या समाधानार्थ अभूतपूर्व कदम चालेको कारणले मुक्त कण्ठले प्रशंसा पनि गरेका थिए । कांची मठ कांचीपुरमा स्थापीत एउटा पवित्र हिन्दु मठ हो जसलाई सनातन धर्मावलम्बीहरुले ५ मध्य एक पत्तचभूतस्थलका रुपमा लिने गर्दछन् । यसै मठका मठाधीशलाई शंकराचार्य भनिन्छ र यसै मठ मार्फत कैयन स्कूल, अस्पताल र सेवाआश्रमहरु चलाउने गरिन्छ । जयेन्द्र सरस्वतीलाई कांचीपुरमको शंकरमन हत्याकाण्डमा प्रहरीले गरिफ्तार पनि गरेको थियो तर पछि उन्लाई निर्दोष करार दिएर छाडिएको हो । त्यस हत्याकाण्डमा शंकराचार्य र उन्का सहयोगी उपर आरोप थियो जुन झुठो ठहर भयो । शंकरमनको हत्या सन् २००४ मा मठ परिसरमा भएको थियो । यसका अलावा जयेन्द्र सरस्वतीको सहभागिता स्वतन्त्र तेलांगना राज्यको आन्दोलनमा पनि थियो भनेर अड्कल काटिएको हो ।
तर यसै फेब्रुअरी महिनाको २८ तारिखमा शंकराचार्यको मृत्यू सगै सम्पूर्ण अड्कल अनि आरोपहरु किनारा लागेका छन् । वहाँलाई रुढिवादीको बिरोध गर्दै आधुनिकतामा हिन्दुत्वलाई लैजाने एक महान ब्यक्तिका रुपमा पनि लिइन्छ । प्रधानमन्त्री मोदीले आफ्नो ट्वीटमा समवेदना र सराहना प्रस्तुत गरेका छन् । भारतका प्रसिद्ध पत्रकार गुरुमुर्तीले पनि स्वामीले मठलाई केवल अध्यात्ममा मात्र नराखि समाजसेवा र समाज परिवर्तनको धारमा पनि लगेको बताएका छन् । अन्य धर्मका नेताहरु संग पनि जयेन्द्र सरस्वतीको राम्रो समबन्ध रहेको बताइन्छ ।
बैकुण्ठमा बास होस् जयेन्द्र सरस्वती
हाम्रो पात्रो
Liked by: