पशुपति अर्थात हामी सबैका मालिक, पालनहार अनि पिता । हामी तिनैवाट उत्पन्न भएका शक्तिका पुञ्ज हौं, शिव शक्ति हुन अनि शिव करुणा पनि हुन् । शिव शुरु हुन र अन्त्य पनि शिव हुन् । हर हर महादेव
शिवरात्री आसपासका पावन अनि दैविक दिनहरुमा स्वागत छ । नेपालमा अब हिँउदको अन्तिम चिसाहरु चलिरहेका छन्, घरिघरि पतझरको याद दिलाउने गरि बतासहरु बहेर कसिंगर लिएर दैलोमा आइपुग्दछन् । बिश्वभरिका हिन्दुजनको आँखा अहिले नेपालको आराध्यदेव पुशपतिको दर्शनका लागि लालाहित छन् । इतिहास भन्दा पुरानो अनि अध्यात्मिक शक्तिको पावन तपोभूमि, श्लेषमान्तक वनको कन्दरा अनि बिरुपाक्षको रक्षाथलो पुशपतिको चारैतर्फ जयजयकार छ । शिवको यस स्वरुपलाई पशुपति किन भनिन्छ भन्ने बिषयमा आज व्याख्या गर्न चाह्यौं ।
शिवका अनेकन नामहरु मध्य अत्यन्त लोकप्रिय अनि सुन्दर नाम हो पशुपति । यसको अर्थ हुन्छ समग्र पशुका मालिक, यस पशुपति नाम आँफैमा एउटा अध्याय हो जसमा बिश्वका सम्पूर्ण प्राणीहरुका मालिक, प्राणका धारणकर्ता अनि पालनहार पशुपति अर्थात भगवान शिवको स्वरुपमा सम्बोधन गरिएको छ । थोरै बेदलाई जोड्न चाहन्छौं, बेदमा पुश भन्नाले त्यस प्राणी जसले आफ्नो बाहिरको कुराहरुलाई जोड दिएर हेर्दछ भन्ने बुझिन्छ । आफूभित्र भन्दा धेरै बाहिरका कुराहरुमा केन्द्रित अनि त्यसै अनुरुप धारणा निर्धारण गर्ने प्राणी नै पशु हो । यस अर्थमा आफू भित्र पनि हेरेर आफ्नो भित्रका ज्ञान, समर्पण, भक्ति अनि सत्यतासंग साक्षातकार गर्ने प्राणी आँफैमा पशुपति हो, अर्थात सम्पूर्ण पशुको स्वामी र यस स्थान भगवान शिवलाई दिइएको छ ।
स्म्रण रहोस्, भगवान शिव नियन्त्रण र सन्तुलनका शक्ति हुन् । उनीसंग सर्वाधिक शक्ति छ तथापि उनी सरल अनि सहज छन् , उनी सबैका पालनहार हुन् तथापि शिव सधैं तपस्यामा लीन रहन्छन् । उनी हरेक कुराका दाता हुन तथापि उनी कठिन कार्यमा लागेका हुन्छन् । आफूमा नियन्त्रण अनि सन्तुलनको सर्वश्रृष्ठ दृष्टान्त नै भगवान शिव हुन् । शिव तसर्थ ति मात्र हैनन् जो केवल नशामा लीन भनेर बुझिन्छ, शिव त ति हुन् जसले बिष पिएर निलकण्ठ बनेर गोसाँईकुण्डमा पीडा सहन गरेर बसिदिए । शिवको यो नियन्त्रण र सन्तुलनको एउटा मात्र पक्षलाई अवलम्बन गरेर शिवमार्ग लाई नशासंग जोडिनु चाँही लज्जास्पद हो । शिव प्रकृतीका ति अवयवहरु हुन् जसको कुनै निश्चित समिकरण हुँदैन् । झरेको पानीका थोपाहरु आकाशवाट जमिनमा खस्दा थोपाथोपाका आवाजहरुको कुनै निश्चय गरिएको समिकरण हुँदैन् ?
दुई वा बढि थोपाहरु बिचमा समयको र आवाजको अन्तराल फरक फरक र बिशेष हुन्छ । प्रकृतीको यो बिशिष्टतामा शिवको उपस्थिती छ । शिवले एउटा कुशल नेतृत्वकर्ताका रुपमा हरेक पाठ अनि ज्ञानहरु मौखिक नभई आफ्नो कार्यले दिएका हुन्छन् । पशुपति अर्थात हामी सबैका मालिक, पालनहार अनि पिता । हामी तिनैवाट उत्पन्न भएका शक्तिका पुञ्ज हौं, शिव शक्ति हुन अनि शिव करुणा पनि हुन् । शिव शुरु हुन र अन्त्य पनि शिव हुन् ।
हर हर महादेव
हाम्रो पात्रो
Liked by: