आफ्नो स्वरुपमा आउन अघि हरेक कुराको गर्भ नै शिव हुन् भने अन्त्यपछिको शुन्यता पनि शिव नै हुन् । शिव स्वरुप हैनन र शिव प्रकाश नभई अन्धकार हुन् । दुबै स्वरुप तत्व अनि शून्यतामा शिव बिधमान रहन्छन् । सम्पूर्ण ब्रह्माण्डको मानवीय स्वरुप नै शिव हुन्, शक्तिका श्रोत शिव स्वयम शक्ति पूर्ण अनि आशिंक रुपमा हुन् । शिव शुरु अनि अन्त्य हुन् ।
शिव को हुन?
आफ्नो स्वरुपमा आउन अघि हरेक कुराको गर्भ नै शिव हुन् भने अन्त्यपछिको शुन्यता पनि शिव नै हुन् । शिव स्वरुप हैनन र शिव प्रकाश नभई अन्धकार हुन् । दुबै स्वरुप तत्व अनि शून्यतामा शिव बिधमान रहन्छन् । सम्पूर्ण ब्रह्माण्डको मानवीय स्वरुप नै शिव हुन्, शक्तिका श्रोत शिव स्वयम शक्ति पूर्ण अनि आशिंक रुपमा हुन् । शिव शुरु अनि अन्त्य हुन् ।
शिवले बिभिन्न अवसरहरुमा पार्वतीलाई धेरै ज्ञान दिएको पाइन्छ । शिवका ती ज्ञानहरु सामान्य मानव जिवनमा अत्यन्त उपयोगी पाइन्छ । बैवाहीक जिवन अनि मानवीय समबन्धको संरचनाका बिषयमा ती ज्ञानहरु झनै उपयोगी छन् । शिवले केही अचुक ज्ञानहरु पालना अनि अनुसरण गरेमा जिवन सार्थक हुने भनिएको छ, आउनुहास् शिवरात्रि अघिका यि पावन दिनहरुमा नेपालीहरुको प्रिय मोबाइल एप्स हाम्रो पात्रोमा ति बिषयमा बात मारौैं ।
एकफर पावर्तीले शिवलाई संसारको सबैभन्दा ठूला पाप र धर्म के हो भनि प्रश्न गर्नुभएका थियो । शिवले यस प्रश्नको उत्तर एउटा सस्कृतका श्लोकले दिएका थिए, नास्ति सत्यात् परो नानृतात् पातकं परम्। जसको अर्थ हुन्छ सदैव सत्यका पक्षमा रहनु अनि निष्ठा गर्नुनैै मानव जिवनको मुख्य धर्म हो । तर यसरी सत्यको साथ नदिनु अनि सत्य तर्फ नरहनु नै सबैभन्दा ठूला पाप हो । सत्यको पक्षमा रहनु र अरुलाई हानी नगर्नु र असत्यको पक्षमा नरहनुलाई शिवले जोड दिएका छन् । सत्य मार्गलाई शिवले धेरै प्रार्थमिक्ता दिँदै भक्ति भन्दा पनि कर्मलाई धेरै जोड दिएको पाइन्छ ।
शिवले हरेक मानवलाई आआफ्नै कर्मको साक्षी हुँदै समिक्षा गर्न पनि आव्हान गरेका छन् । आफ्नो कर्मको समिक्षा आँफैले गरेमा अनि आआफ्नो कर्मको साक्षी आआफूनै भएमा मान्छेले आफ्नो सही र गलत मार्ग र कर्मको स्वयम पहिचान गर्न सक्दछ । आफूलाई यि ३ कार्यहरुमा कदापी संलग्न नगर्न शिव ले आव्हान गर्नुभएको छ । शव्द, व्यबहार अनि सोचबाट कुनै पनि गलत कुरा, आशय अनि पापउन्मुख व्यबहारको परिकल्पना समेत नगर्न शिवले आव्हान गर्नुभएको छ । मान्छेले पाउने फल उसले आफूले बनाएको प्रार्थमिक्ताका आधारमा हुने तसर्थ जिवनका प्रार्थमिक्ता बनाँउदा धेरै चनाखो हुनपर्ने शिवको ज्ञानमा उल्लेख छ ।
सफलताको केवल एउटा सुत्र छ, र त्यो हो कुनैपनि प्रकारको आशक्ति र लोभबाट मुक्त हुनु । यसरी आशक्ति अनि लोभबाट मुक्त मानवलाई सफलताका लागि कसैले रोक्न सक्दैन् । मनलाई एकाघ्र पारेर, चित्त शुद्ध पारेर मानव जिवनको अस्थाहीरुपलाई बुझ्न शिवज्ञानमा उल्लेख गरिएको छ । आशक्ति अनि मृगतृष्णालाई मानव जिवनको पीडाको प्रमुख कारक शिवले मानेका छन् । शरीरलाई क्षणिक मानेर ज्ञान प्राप्तीका लागि ध्यानको मार्ग रोज्न शिवले आग्रह गरेका छन् ।
यस आलेख स्पीकीगं ट्री डट इन बाट परिपेक्ष्यकरण अनि अनुवाद गरिएको हो । जसलाई शिव अनि सनातन परम्पराका बिषयमा गहिरो शोध गर्नुभएकी राधीका मल्होत्रा ज्यू ले लेख्नु भएको हो ।
Liked by: