कुनैपनी ब्यक्ति पृथ्वीमा अवतरित हुँदा सौर्यमण्डलमा रहेका ग्रहको अवस्थाका आधारमा नै ब्यक्तीको सम्पूर्ण परिस्थिति र ग्रहको अवस्था निर्क्योल गर्ने, र जातकको परिस्थितिहरूको सटिक र वैज्ञानिक दृष्टिले योग तथा अन्य अवस्थाको विश्लेषण गर्ने शास्त्रलाई ज्योतिषशास्त्र भनिन्छ ।
कुनैपनि ब्यक्तीको जन्म कुण्डलीमा रहेका १२ भाव मध्ये ६, ८ र १२औं भावलाई दुसभाव भनी ज्योतिष शास्त्रमा उल्लेख गरिएको पाइन्छ । कुनैपनि भावको स्वामी दुस भावमा रहन पुग्नु र दुस भावको मालिक जहा बस्छ त्यससंग रहन गएका ग्रहपनि सकारात्मक फल प्रदान गर्न समर्थ हुदैन भनी ज्योतिष शास्त्रमा उल्लेख गरिएको छ ।
विपरित राजयोग राजयोगले प्रदान गर्ने फल धेरै राम्रो प्रतिफल दिने खालको हुन्छ । दुसभाववाट नै धन गृह साधन ऐस्वर्य प्रदान गर्ने खालको राजयोगको पनि सृजना हुने गर्दछ । दुस भाववाट पर्ने राजयोगलाई विपरित राजयोगको नामवाट पाउन सकिन्छ यस्तो योग हर्ष, सरल र बिमल नाम गरेका ३ किसिमका विपरित राजयोगको अवस्था पाउन सकिन्छ । षष्ठम भावको मालिक अर्थात् स्वामी ६, ८, १२ भावमा रहेको अवस्थामा हर्ष नामक विपरीत राजयोगको सृजना हुन गएको हुन्छ । यो योग जुन व्यक्तिको जन्म कुण्डलीमा रहन्छ ति व्यक्ति का शत्रु परास्त्र र निरोगी स्वभावको हुन्छ, साथै मावली मामा पक्षपनि सकारात्मक रहेको हुन्छ ।
अष्ट भावको मालिक अर्थात् स्वामी ६, ८, १२ भावमा रहेको अवस्थामा सरल नामक विपरित राजयोगको सृजना हुन गएको हुन्छ । यो योग जुन व्यक्ति को जन्म कुण्डलीमा रहन्छ ति व्यक्तिको आयु राम्रो रहन्छ र परिश्रमी बनाउछ । द्वादश भावको मालिक अर्थात स्वामी ६, ८,१२ भावमा रहेको अवस्थामा विमल नामक विपरित राजयोगको सृजना हुन गएको हुन्छ । यो योग जुन व्यक्तिको जन्मकुण्डलीमा रहन्छ ति व्यक्तिको स्वखिन स्वभाव र वैदेशिक यात्रामा रुची राख्ने वाला हुन्छ ।
कुनै ब्याक्तीको जन्मकुण्डलीमा दुस भावमा ग्रह हुदा फलदायक पनि हुन सक्दछ । के कस्तो अवस्थामा रहेको छ भन्ने कुरा विज्ञवाट जानकारी प्राप्त गरि आफ्नो कुण्डली विषेश फल प्राप्त गर्न सकिन्छ । यो भावलाई सामान्य परिस्थितिमा राम्रो भाव एवं यस स्थानमा रहेका ग्रह एबम यस स्थानका मालिक लाई राम्रो मान्न सकिन्न । दुस भावका मालिक एवं दुस भावमा अवस्थित ग्रहले सकारात्मक भन्दा नकारात्मक फल प्रदान गर्ने खालका हुन्छन् । दुस स्थानमा सृजित राज योग धन दौलत प्रतिष्ठा प्रदान गर्ने मान सम्मान नेतृत्वदाइ भुमिका खेल्ने खालका रहन्छ ।
के यस्तो योग हजुरको कुण्डलीमा त कतै सृजना भएको छैन रु के छ रु कस्तो अवस्थामा छ रु र के प्रतिफल दिने वाला छ रु भन्ने जानकारी प्राप्त गर्न दक्ष ज्योतिष संग परामर्श लिनु आवस्यक छ ।
ज्यो. प. पुरुषोत्तम घिमिरे
Liked by: