Code for Change ले शुरु गर्यो Virtual Tech Conclave | Hamro Patro

ब्लग - साहित्य / प्रविधि

Code for Change ले शुरु गर्यो Virtual Tech Conclave





Code for Change ले 'Tech Conclave 2020' शुरु गरेको छ। Lockdown ले प्रभावीत बनेको विश्वको अवस्थालाई मध्यनजर गर्दै नेपालमा भने Technology को क्षेत्रमा केहि सहुलियत पुगोस भन्ने उदेश्यका साथ् नेपालमै पहिलोपटक virtual tech event शुरु गरेको हो।

Code for Change विगत केहि वर्ष देखिनै प्रविधि संग जोडिएर आफ्नो अध्ययन अध्यापन लाई अगाडि बढाइरहेका विधार्थीहरुका लागि विभिन्न व्यक्तिगत तथा व्यावसायिक ज्ञान प्रदान गर्दै आइरहेको छ र यसै क्रममा Lockdown ले धरासाही भएको नेपालको शैक्षिक क्षेत्रलाई केहि टेवा पुगोस र प्रविधिमा मान्छेहरुको ध्यान

Covid -19 बाट अस्तव्यस्त भई lockdown को अवस्थामा रहेको नेपालमा भौतिक उपस्थितिमा यस्ता कार्यक्रम गर्न सम्भव नभएपछी Code for Change ले नेपालमै पहिलोपटक यस virtual कार्यक्रम गर्न थालेको छ भने, निष्क्रिय भई बसिरहेका बिधार्थिहरुलाई सक्रिय बनाउनु, विभिन्न व्यवसायका उपाएहरु लिनु दिनु, Online खेलहरु खेलाएर मानिसहरुलाई मानसिक रुपमा स्वच्छ राख्न मद्दत गर्नु र विभिन्न बिधार्थीहरुले गर्नुभएका परियोजनाहरुको बढुवा गर्नु यस कार्यक्रमको मुख्य उदेश्य रहेको Code for Change का परियोजना प्रमुख निराजन क्षेत्रीले बताउनु भयो।

कार्यक्रममा आज श्रावण ३० गते बाट शुरु भएको र उक्त कार्यक्रम यहि श्रावण ३२ गते सम्म संचालन हुने समेत उहाले बताउनुभयो।

हिजो बाट संचालित उक्त कार्यक्रममा विभिन्न विशिस्ट व्यक्तिहरुको उपस्थिति तथा प्रस्तुति रहेको थियो भने विभिन्न २०० भन्दा बढी सहभागी हरु रहेका थिए, उक्त कार्यक्रममा बन्दाबंदिमा विधार्थी र विश्वविधालयहरुको अवस्था, वैकल्पिक उपाएहरु र प्रविधिको उच्चतम प्रयोगमा जोड दिनुपर्ने कुरा आएको थियो भने उधमशिलतामा कसरि र कहाँ बाट शुरु गर्ने जस्ता कुराहरु समेत सिकाइएको थियो र त्यति मात्रै नभएर स्थानिय र विकेन्द्रित शिक्षाको बारेमा पनि विश्लेषण गर्दै नेपालमा रोजगारका अवसरहरु र त्यसमा प्रविधि को सम्बन्ध समेत स्पस्ट पारिएको थियो। यस संगै विभिन्न Quiz, PUBG जस्ता खेलहरु समेत खेलाईएको थियो।

उक्त कार्यक्रम थप दुई (२) दिन सम्म चल्ने र ति दुई दिनमा अझै उधमशिलता मा अगाडी बढ्न प्रोत्साहन गर्ने , शिक्षा प्राणालिको विश्लेषण तथा वैकल्पिक उपाएहरुको खोजि गरिनेछ भने विधार्थीहरुले गर्नुभएको परियोजनाहरुको बढुवा गर्ने हेतुले विभिन्न परियोजनाहरु समेत प्रस्तुत गरिनेछ र रमाइलो को लागि PUBG र Quiz को अन्तिम भाग समेत खेलाइने भएकोले सबै इच्छुक हरुलाई उक्त कार्यक्रमा उपस्थित हुन समेत आव्ह्वान गरिएको छ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.