चेम्बर अफ कमर्समा आज डिजिटल मिडिया एण्ड इट्स फ्यूचर विषयमा छलफल भएको छ । यहाँको लोकप्रिय संचार माध्यमबाट प्रचार प्रसार गरी सहयोग गरिदिनु हुन विनम्र अनुरोध गर्दछु ।
नेपाल चेम्बर अफ कमर्समा आज डिजिटल मिडिया मार्केटिङ विषयमा छलफल भएको छ । हाम्रो पात्रोका प्रमुख व्यवस्थाक सन्तोष कुमार देवकोटाले सूचना प्रविधिको क्षेत्रमा देखिएको प्रगती र व्यवशायीक जगतले पावर डिजिटल मार्केटिङ (पिडिएम) को माध्यमबाट आफ्नो वस्तु र सेवाको विज्ञापन विशिष्टीकृत ढङ्गले प्रस्तुत गर्न सकिने बताउनुभयो । उहाँले यसको भरपूर प्रयोगमा जोड दिए सहजै फाइदा लिन सकिने उल्लेख गर्नुभयो ।
सो अवसरमा चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले ७० वर्षको ईतिहास बोकेको चेम्बरको सूचना प्रविधिलाई १० वर्ष पुगेको हाम्रो पात्रोले एकीकृत ढंगले प्रस्तुत गर्न सदस्य उद्योगी-व्यवशायी र जिल्ला, नगर र प्रदेश चेम्बरसँग समेत सहकार्य गर्न सकिने बताउँदै यसमा थप गृहकार्य गरी अगाडी बढ्न सकिने संभावना रहेको बताउनुभयो । सो अवसरमा उद्यमी, व्यवशायी, वस्तुगत, महिला, युवा आबद्ध संघ संस्थाहरुको उपस्थिती रहेको थियो ।
Liked by: