Viber Starts Lens | Hamro Patro

ब्लग - साहित्य / प्रविधि

भाइबरद्वारा आधिकारिक रुपमा भाइबर लेन्सहरुको सुरुवात





भाइबर र स्न्यापबिचको सहकार्यबाट भाइबर भिडियो मेसेजिंग र फोटोहरुमा एआर लेन्सहरु सुचारु हुँदैछन् ।

कोकाकोला र स्वप्न सुमन भाइबरमा लेन्स सुचारु गर्नेहरुमध्ये प्रथम !

निःशुल्क र सहज संचार आदान प्रदानको लागि विश्वकै अग्रणी एपहरु मध्येको एक भाइबरले भाद्र २४ गते सम्पन्न एक भव्य भर्चुअल समारोहसँगै नेपालमा रहेका आफ्ना सबै प्रयोगकर्ताहरुका निम्ति बहुप्रतिक्षित भाइबर लेन्स फिचर आफ्नो मेसेजिंग प्लेटफर्ममा सुरुवात गरेको छ । यो फिचर नेपाल, भिएतनाम र फिलिपिन्स सहित ब्एब्ऋ क्षेत्रमा पहिलो पटक सुरुवात गरिएको हो । भाइबर लेन्स फिचर स्न्याप आइएनसी. को सहकार्य तथा स्न्यापको क्यामरा किट, क्रियटिभ किट र अनुकुलन–योग्य बिटमोजीलाई भाइबर एपमा एकीकरण गरि तयार गरिएको छ । यस फिचरबाट प्रयोगकर्ताहरुले एआरद्वारा पावर गरिएको फोटो र भिडियो मेसेजहरु मार्फत रमाइलो र अन्तक्रियात्मक संवादहरु गर्न सक्नु हुनेछ ।

प्रवर्तन समारोहमा भाइबरका २० विभिन्न लेन्सहरु समावेश छन् जसमा गायक तथा गीतकार स्वप्न सुमन र कोकाकोलाका लेन्सहरु समावेश गरिएका छन् । कम्पनीले कम्तिमा पनि २० ओटा लेन्सहरु हरेक महिना थप गर्दै लैजाने योजना रहेको घोषणा गरेको छ र व्यापारिक संस्थानहरुले भाइबरमा आफ्ना मौलिक लेन्सहरु समेत सिर्जना गर्ने अवसर प्राप्त गर्ने छन् । नेपालमा भाइबर लेन्सहरु iOS (Viber version 15.5=5 देखि माथिका) मा र Android (Viber version 15.8.0.15 देखि माथिका) मा उपलब्ध छन् । लोकल लेन्सहरु Viber version 16.0 बाट शुरु भएर माथि सबैमा उपलब्ध छन् ।

स्वप्न सुमन, जो भाइबरसँग पहिले पनि काम गरिसकेका छन्, वहाँ अब आफ्नो नयाँ म्यूजिकल लेन्स नेपाली बजारको लागी विशेष रूपमा शुरू गर्नको लागि पनि निकै उत्साहित छन् । “भाइबरसँग मेरो यो तेस्रो ठूलो सहकार्य हो र मेरा फ्यानहरुको लागि यो फिचर भाइबरमा ल्याउन पाउँदा म अत्यन्त उत्साहित छु । वहाँहरुले मेरो भाइबर लेन्सलाई पनि हालै ल्याइएको मेरो अडियो स्टिकर प्याकलाई झैं मन पराइदिनु हुनेछ भन्नेमा निश्चिन्त छु ।”

नयाँ भाइबर फिचरमा इन्सटेन्ट अग्मेन्टेद रियालिटी (एआर) समावेश गरिएको छ जसले वास्तविक वातावरणको अझ बढी अन्तरक्रियात्मक अनुभव आफ्नै औलामा प्रदान गर्दछ । सँगसँगै ध्यान आकृष्ट गर्ने फिल्टरहरु, रमाइला मास्कहरु, सौन्दर्ययुक्त फिचरहरु र अनुकुलन–योग्य बिटमोजी क्यारेक्टरहरु हुनेछन् । भाइबर प्रयोगकर्ताहरुले क्यामरा आइकन ट्याप गरि सहजै आफ्ना फोटो तथा भिडियोहरुमा भएका लेन्सहरु प्रयोग गरि यी फिचरहरु प्रयोग गर्न सक्नु हुनेछ ।

भाइबरमा आफ्नै लोकल लेन्स सुरुवात गर्न गइरहेको नेपाल र भुटानका लागि कोकाकोलाकाको देश निर्देशक, आदर्श अवस्थीले भनेका छन्, “कोकाकोला र भाइबरले हात मिलाएर अद्वितीय, रमाईलो र प्रासंगिक लेन्सहरु ल्याउँदै छन् जसले कोकाकोलाले झैं भाइबर प्रयोगकर्ताहरुको लागि उत्साह ल्याउने छ र सबैको कुराकानी ताजा गर्नेछ।”

“भाइबरका लागि नेपाल एक महत्वपूर्ण बजार हो”, ब्एब्ऋ का लागि भाइबरका वरिष्ठ निर्देशक डेविड त्सेले भन्नु भयो, “हामीले नेपालमा धेरै सहकार्यहरु गरेका छौँ र अरु धेरै नविन फिचरहरु ल्याएर भाइबरलाई अझ धेरै रमाइलो र नेपाली प्रयोगकर्ताहरुका लागि उपयोगी बनाउन हामी उत्सुक छौँ । यो फिचर हाम्रा नेपाली प्रयोगकर्ताहरुका हरेक दिनको च्याट र सम्पर्कलाई विशेष बनाउनका लागि थप गरिएको हो ।”

राकुटेन भाइबरको बारेमा
राकुटेन भाइबरले मानिसहरु बिचको भौगोलिक तथा भावनात्मक दुरी हटाउन मद्दत गर्छ । हाम्रो विश्वव्यापी प्रयोगकर्ताले यी विशेषताहरु जस्तैः वान अन वान च्याट गर्ने, भिडियो कल गर्ने, ग्रुप म्यासेज गर्ने, तथा आफ्नो प्रिय ब्राण्डहरु र सेलिब्रेटीहरुका साथमा छलफल र तिनको जानकारी राख्ने लगायतमा आफ्नो पहुँच राख्दछन् । हामी हाम्रा प्रयोगकर्ताहरुलाई यो सुनिश्चित् गर्दछौं कि उनीहरुले आफ्नो भावना सुरक्षित एवं स्वतन्त्र वातावरणबीच साटासाट गर्न सक्दछन्।

राकुटेन भाइबर राकुटेन इन्कर्पोरेटको एक हिस्सा हो, जुन विश्वव्यापी रुपमा इ–कमर्स तथा वित्तीय सेवाहरुमा अग्रणी रहेको छ । भाइबर एफसि बार्सिलोनाको आधिकारिक सञ्चार माध्यम हो भनें गोल्डेन स्टेट वारियर्सको आधिकारिक तत्काल मैसेजिङ्ग र कलिङ्ग एप पनि हो । आजै भाइबरमा जोडिनुहोस् र विश्वकै उत्कृष्ट सञ्चार माध्यमको अनुभव संगाल्नुहोस् । थप सोधपुछका लागि हामीलाई सम्पर्क गर्नुहोस्ः mभमष्ब२खष्दभच।अयm।

स्न्यापका बारेमा
स्न्याप आइएनसी. एक क्यामरा कम्पनी हो । हामी क्यामराको पुनर्निर्माणले मानिसको जीवनशैली र संचारको स्तरोन्नति गर्ने महान अवसरलाई प्रतिनिधित्व गर्छ भन्ने कुरामा विश्वास गर्दछौं । हामी मानिसहरुलाई अभिव्यक्त गर्न, क्षणहरुमा जिउन, संसारका बारेमा जान्न र एक आपसमा खुशीयाली बाँड्न सशक्तिकरण गर्दै उनीहरुको सम्वृद्धिमा योगदान गर्दछौं ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.