इन्टरनेट संगको गुनासो "वी किल्ड इन्टरनेट" | Hamro Patro

ब्लग - साहित्य / प्रविधि

इन्टरनेट संगको गुनासो "वी किल्ड इन्टरनेट"




आजभोली जोकोही पनि यूट्यूबर भएका छन् अनि प्रदुशित दिमागका साथ भाइरल बन्ने भिडियोको शिकार गरिरहेका हुन्छन् । केही बिश्वप्रसिद्ध भ्लगरले भि ब्लगरले महँगा गाडी छेउमा राखेर बाटामा हिँडेका केटीहरुलाई डेट जान प्रस्ताव गरेका भिडियोहरु लगायत अझै केही अश्लिल प्रस्ताव राखेका भिडियोहरु सर्वाधिक रुचाइएका हुन् ।



प्रयाकं भिडियोहरु को बिगबिगी भएको संसार छ । यहाँ कतिबेला कहाँ कुन यूट्यूबरले हातको क्यामरा भएको फोनले के कुरा खिचेर अनि के भाइरल भइदिन्छ हामीलाई थाहै हुन्न ? भिडियोले रातारात हिट अनि रातारात फ्लप, कसैको जिवन बन्दछ अनि कत्तिको जिवन पग्लन्छ, इन्टरनेटको तापक्रम अचम्मको छ । बिश्वका कुनाहरु जोड्ने अनि घटाउने क्रममा इन्टरनेटले कत्ति नियम तोडेको छ अनि गोपनियता हनन गरेको छ, कुनै देश अनि सिस्टमसंग लेखाजोखा छैन् । हिट हुन अनि भिडियो क्लीकको अनुसारका पैसा पाउने भएर झुक्कयाउने टाइटल, अफवाह अनि भड्कीला सामाग्रीहरु व्याप्त हुन्छन् । टीकाथलीको भुत देखि थापाथलीको दुर्घटनासम्म इन्टरनेटको सागरमा आआफ्नै हिसाब अनि कथनमा प्रवाह भइरहेका छन् । इन्टरनेट एउटा यस्तो खेलमैदान भएको छ जहाँ करोडौं बालबालीकाहरु आआफ्ना अधिकांश समय व्यतित गर्दछन् । बालबालीकाको बाल्यकालका अनुभव अनि बाहीरी क्रियाकलापदेखि मान्छेहरुको चियागफसम्म इन्टरनेटको महासागरमा बिलाँउदै गएको छ । पानीपर्दा भिजिन्छ, लडिन्छ लगायत अन्य बिभिन्न अनुभवहरु इन्टरनेट मार्फत हाम्रा केटाकेटीले थियोरिकल हिसाबमा सिकीसकेका हुन्छन् । अब त प्रयोगात्मक अनि जिवनका दिनहरुमा खेलेर, अभ्यास गरेर नै सिक्ने चलन पनि हरायो । गाई पनि भिडियोमा हेरेर सिकेका पुस्ताले भोली लक्ष्मीपुजा गरे भनें स्क्रीननै पुज्ने त होलान् ? इन्टरनेटले सभ्यता अनि सस्कारलाई पनि मारिरहेको त छैन ? 


स्वतन्त्रतासंग इन्टरनेट पहुँचको वकालत भइरहँदा सबैभन्दा धेरै बिकाउ अनि शारीरिक आशक्तिका सामाग्री इन्टरनेट मै छ । महिलाहरुलाई शारीरिक बनौट अनि कपडाका आधारमा इन्टरनेटले शोकेस गरेको हुन्छ, नपत्याए हेरौं न सर्वाधिक हेरिएका भिडियोहरु अनि व्लगहरु , भिडियो अनि चित्रहरुका अन्तरकुन्तर नै शारीरिक प्रदर्शनको लम्पट भएको छ । अनि यस्ता सामाग्रीहरुका अनुशासीत दर्शक छन् आँउदा पुस्ताहरु । हरेक कन्टेन्टमा पुरुष अनि महिलाहरुलाई सेक्सुलाइज गरेर इन्टरनेटले प्रदुशनको पराकाष्टा पार गरेको छ ।

आजभोली जोकोही पनि यूट्यूबर भएका छन् अनि प्रदुशित दिमागका साथ भाइरल बन्ने भिडियोको शिकार गरिरहेका हुन्छन् । केही बिश्वप्रसिद्ध भ्लगरले भि ब्लगरले महँगा गाडी छेउमा राखेर बाटामा हिँडेका केटीहरुलाई डेट जान प्रस्ताव गरेका भिडियोहरु लगायत अझै केही अश्लिल प्रस्ताव राखेका भिडियोहरु सर्वाधिक रुचाइएका हुन् । अब पैसो कमाउन अश्लिलताको सहारा लिएका अगुवाहरुले पछुवाहरु लाई के बाटो देखाँउदै छन् ? करोडौं डलर, करोडौं फलोअर्स अनि केही स्टार भिडियोहरु आज हरेकका सपना भएको छ । सपना नराम्रो हैन तर दायित्व पुरा गर्न पनि पछि नपरौं, तपाईले यूट्यूबका लाइक्स अनि कमेन्टका लागि मात्र भ्रामक अनि उत्तेजनात्मक साम्रगी बनाउन पाउनुहुन्न । हामी केवल लाइक्स, शेयर, कमेन्ट अनि एड सेन्सको पैसोलाई पुरस्कार सम्झन्छौं अनि भुल्दछौं प्रभाव पार्ने सकल तत्वहरु अनि समाजप्रतिको हाम्रो दायित्व । सबै इन्टरनेटका सामाग्री नराम्रा कहाँ छन र ? धेरै प्रेरक अनि एकतामुलक सामाग्रीहरु पनि छ, यस्ता कुराहरु ती क्लीक अनि एड सेन्सका दायरा बाहिर छन्, इन्टरनेटलाई फोहोरी सामाग्री हरुले प्रदुशित नगरौं । प्रस्तुत सामाग्री नास डेलि नामक फेसबुक पेजमा राखिएको भिडियो, वी किल्ड इन्टरनेटको नेपाली परिपेक्ष्य अनुरुपको अनुवाद हो । 


दायित्वबोध गर्दै इन्टरनेट सामाग्री निर्माण अनि प्रस्तुत गरौं अनि हामी सामान्य दर्शक या प्रयोगकर्ताको पनि कर्तव्य निर्वाह गरौं ।

हाम्रो पात्रो




Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.