
ओवामा र ह्यारीको यो भेटघाटलाई ह्यारीको बिवाहमा ओवामालाई निमन्त्रणा आउने छ या छैन भन्ने पनि धेरै प्रश्नहरु बीबीसी मार्फत सोधिएका थिए । कुटनैतिक रुपमा बेलायती सरकार र ट्रम्प बीचको समबन्धमा ओवामाको ह्यारी बिवाहमा निमन्त्रणा ले केही खलल पूर्याउन नसक्ला भन्न सकिन्न भन्ने पनि एक धार मतहरु देखिन्छन् । यसै प्रश्नको अफलाइन उत्तरमा भने ह्यारीले यस बिषयमा आफू अहिले केही बोलेर भविष्यको सरप्राइजको पोको अहिले नै नखोल्ने भन्दै पन्छीए ।
राष्ट्रपती पद पश्चात मात्र मैले महसुस गरे कि यत्तिका बर्ष मेरो अनि मिचेलको जिवन धेरै द्रुत गतीमा कुदिरहेको रहेछ भनेंर, अहिले त सबैकुरा स्लो मोसनमा हिँडिरहेको जस्तो लाग्दछ, ओवामाले थपे । महत्वपूर्ण कुराहरु तत्कालै गरिनुपर्नेमा महत्व दिँदै कसैले क्षणभरमै आइपुग्छु भनेपनि केही पलमात्र ढिला भएमा पनि कसैको ज्याननै जाने सम्म हुनसक्दछ