जब राजकुमार ह्यारी र ओवामाको भेट भयो | Hamro Patro

ब्लग - साहित्य / विश्वमाला

जब राजकुमार ह्यारी र ओवामाको भेट भयो




ओवामा र ह्यारीको यो भेटघाटलाई ह्यारीको बिवाहमा ओवामालाई निमन्त्रणा आउने छ या छैन भन्ने पनि धेरै प्रश्नहरु बीबीसी मार्फत सोधिएका थिए । कुटनैतिक रुपमा बेलायती सरकार र ट्रम्प बीचको समबन्धमा ओवामाको ह्यारी बिवाहमा निमन्त्रणा ले केही खलल पूर्याउन नसक्ला भन्न सकिन्न भन्ने पनि एक धार मतहरु देखिन्छन् । यसै प्रश्नको अफलाइन उत्तरमा भने ह्यारीले यस बिषयमा आफू अहिले केही बोलेर भविष्यको सरप्राइजको पोको अहिले नै नखोल्ने भन्दै पन्छीए ।



बाराक ओवामा ह्वाइट हाउस बाट बाहिर निस्केपछि आफ्ना साधारण जिवनशैली बाहेक अन्य कुनै मीडीया या कार्यक्रममा खुलेर प्रस्तुत भएका थिएनन् । बीबीसी रेडियो को रेडियो ४ कार्यक्रममा राजकुमार ह्यारीले बाराक ओवामासंग अन्तरंग कुराकानी गरेका हुन् । यो अन्र्तवार्ता अहिले सार्वजनिक गरिएपनि सेप्टेम्बर महिनामै टोरन्टो क्यानडामा यो रेकर्ड गरिएको थियो । जतीखेर टोरन्टोमा राजकुमार ह्यारीले घाइते, बृद्ध अनि पुराना कर्मचारीहरुको सहयोगार्थ इनभीकट्स गेम आयोजना गरेका थिए । अमेरिकाका पूर्व राष्ट्रपती बाराक ओवामा को अहिलेको फूर्सतीलो जिवनशैली अनि भूतपूर्व दिनका व्यस्ततालाई राजकुमार ह्यारीले अन्र्तवार्तामा चित्ताकर्षक ढगंमा पस्केका छन् । 
हाँसोठट्यौलीकै क्रममा दिलदार ओवामाले मैले पदमा रहँदा कहिले टा्रफिक जाम भोग्न परेन बरु मैले गर्दा अरुहरुलाई जाम हुने गर्दथ्यो भनेर मजाक पनि गरे । ओवामाले आफ्नी पत्नी अनि तत्कालिन फस्र्ट लेडी मिसेल ओवामाको खुलेर प्रशंसा समेत गर्न भ्याए, ह्वाइट हाउसले अहिलेसम्म पाएका फस्र्ट लेडीमध्य मिचेल अतिउत्तमहरुको सूचीमा पर्ने उन्ले बताए । अहिलेका राष्ट्रपती डोनल्ड ट्रम्पलाई नामैले सम्बोधन नगेपनि आफूले ह्वाइट हाउस छाडेपछि भने केही चिन्ता रहेको उनले घुमाउरो ढगंमा व्यक्त गरे । ह्वाइट छाड्ने बेला केही गरिएका काम अनि केही नगरिएका कामको समीश्रणमा देश अब कसरी अघि बढ्छ भन्ने पीर रहेको थियो उन्ले भने । तथापि ह्वाइट हाउस छाड्दा एकप्रकारको कान्ति भने आफूमा रहेको र सन्तुष्टी रहेको ओवामाको भनाई थियो । `राष्ट्रपती पद पश्चात मात्र मैले महसुस गरे कि यत्तिका बर्ष मेरो अनि मिचेलको जिवन धेरै द्रुत गतीमा कुदिरहेको रहेछ भनेंर, अहिले त सबैकुरा स्लो मोसनमा हिँडिरहेको जस्तो लाग्दछ, ओवामाले थपे । महत्वपूर्ण कुराहरु तत्कालै गरिनुपर्नेमा महत्व दिँदै कसैले क्षणभरमै आइपुग्छु भनेपनि केही पलमात्र ढिला भएमा पनि कसैको ज्याननै जाने सम्म हुनसक्दछ उनले थपे । अन्तर्वाता सुन्दा घरिघरि लेखक अनि बिष्लेषक ओवामाले धेरै बिम्ब अनि दृष्टान्तमा उत्तर दिएको हो कि जस्तो पनि लाग्दछ । 
अहिले आफ्नो जिवन स्लो मोसनमा भएको भएतापनि स्लो मोसनमा जिवन बाँच्नुको आनन्दलाई बिहानको ४५ मिनेट धेरै मिचेलसंग कुरा गर्दै ब्रकेफास्ट गर्न मन लागेपनि म भ्याँउदछु अनि म जिवनका हरेक पाटाहरुमा आफूले गहिराईका साथ सोच्न अनि ससाना कुराहरुमा ध्यान दिन सक्ने भएको छु भनेर ओवामाले भनें । उता शिघ्र बेहुला बन्न लागेका हलिवुडकी अभिनेत्री मेगन माक्र्लेका प्रेमी राजकुमार ह्यारीले अर्को प्रश्न ओवामालाई तेरस्याए, सामाजिक सञ्जाल अनि इन्टरनेटमा भइरहेको साइबर बुलिगं, एक्ट्रीमीजम, अराजकता, ट्रोलगंलाई कसरी हटाउन सकिन्छ भनेंर । ओवामाले प्रश्नको गम्भीरतालाई बुझेरै प्रविधीलाई निर्दिष्ट गर्दै समाजमा अधिकतम आवाजहरुको प्रतिनिधि गर्ने धारमा प्रविधीलाई लानुपर्ने बताए । प्रविधीले समाजलाई बाल्कनाइजेशन तर्फ लग्ने धारको असहमतीमा नेतृत्वले इन्टरनेट मार्फत समाजकालागि समान धरातल बनाउन पर्नेमा ओवामाले जोड दिए । तर फेरि आआफ्नो धरातलको एकधारमा मात्र सिमीत नगराउनमा पनि इन्टरनेटको भूमिका धेरै रहेको बताउदै आफ्नो चुनावी प्रचारप्रसारको क्रममा अनलाइन समुदायलाई अफलाइन ल्याँउदा धेरै कुरा अनि मानवीय तथ्यहरु अन्वेषण गरेको ठम्याई नि ओवामाको थियो । अनलाइनलाई अफलाइनको बुझाईमा भर्चुअल संसारका आवाजहरुलाई भौतिक रुपमै भेला पारेको अनुभव साराशंका रुपमा बुझ्न सकिन्छ । 
साझा धारणा र उदेश्य भएका मान्छेहरुका लागि सामाजिक सञ्जाल एककृत गर्ने एउटा दह्रो माध्यम रहेको ओवामाको ठम्याई थियो । तर भर्चुअल संसारको भेटघाटलाई कुनै पब या भेटघाट या भेलामा पनि भेट्न अनि बातचित गर्न जरुरी उनको अनुभव थियो । उनका अनुसार सामाजिक सञ्जाल र इन्टरनेटमा मान्छे अनि उनका धारणाहरु जति सहज हुन्छन् बास्तवमा भेट्दा सरलता अनि सहजता त्यस्तो नहुन सक्दछन् । ओवामा र ह्यारीको यो भेटघाटलाई ह्यारीको बिवाहमा ओवामालाई निमन्त्रणा आउने छ या छैन भन्ने पनि धेरै प्रश्नहरु बीबीसी मार्फत सोधिएका थिए । कुटनैतिक रुपमा बेलायती सरकार र ट्रम्प बीचको समबन्धमा ओवामाको ह्यारी बिवाहमा निमन्त्रणा ले केही खलल पूर्याउन नसक्ला भन्न सकिन्न भन्ने पनि एक धार मतहरु देखिन्छन् । यसै प्रश्नको अफलाइन उत्तरमा भने ह्यारीले यस बिषयमा आफू अहिले केही बोलेर भविष्यको सरप्राइजको पोको अहिले नै नखोल्ने भन्दै पन्छीए । 
यस अन्र्तवार्ता बीबीसी रेडियो ४ टुडेको डिसेम्बर २६ को संस्करणको अनुवाद हो । 
हाम्रो पात्रो 



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.