कतैं शान्त छ कतै द्धन्द छ, एउटी म छु दुबैतिर छु
अहिले सर्वत्र चर्चामा छिन यि कवियत्री, नाम हो नईरा वाहिद । बिशेषत जिवन, आशा अनि आत्मबिश्वासका बारेमा यिनका कविताहरुले बिश्वमा धेरैजनालाई आशा जगाउन अनि छरिएक आत्मबिश्वास एकत्रित गर्न मद्धत गरेका छन् । ईन्स्टाग्राम अनि फेसबुकमा त यिनका कविताहरुले जादु नै गरिदिएको छ । बिश्वमा अरबपति अनि टेक्नोक्रयाट हरुका मात्रै रैलाबैला मचाउने बिश्वमा कविताहरु ले फेरि टाउको उठाउन थालेको छ, यस्ता बिश्वप्रसिद्ध शब्दका खाका कोर्नेहरु मध्य एक हुन् नईरा वाहिद। आज यिनका बिश्वप्रसिद्ध कविताका सरल नेपाली अनुवाद यहाँ प्रस्तुत गर्दैछौं । यिनका कवितामा स्वाद हुन्छन्, बास्तवमै जिब्रोले थाहा पाउने स्वाद । यिनले सल्ट नाम दिएर लेखेकी कविता संग्रहका केही कविताको सरल नेपाली अनुवाद सर्वप्रथम यहाँ छ ।
कविता: आत्म स्वाभिमान कमीका रंगहरु
मैले मेरि आमासंग सिक्न नसकेको एउटा मात्र कुरा
के थियो भने ?
जसले तिम्रो चाहना गर्दछ
तिनले तिम्रो महत्व नराख्न पनि सक्दछ
चाहना एउटा यस्तो कुरा हो
जसले तिमीलाई खाइदिन्छ
तर त्यसपछि पनि भोकै राखिदिन्छ
कविता : आईएसएम
म आफूलाई माया गर्दछु
एउटा शान्त, सरल अनि अहिलेसम्मकै सबैभन्दा शक्तिशाली बिद्रोह पनि यहि हो ।
कविता: तिमी
तिमीले मलाई माया नगर्नु
तिमीले मलाई माया नगर्नु नै
शुरुवात भयो
मैले आफूले आफूलाई माया गर्न थालेको बिन्दुको
कविता: दुख्खको अपेक्षा
दुख्खको अपेक्षा गर
बर्षाको आश गरेझैं
चाहे बर्षा होस् या दुख्ख
दुबैले तिमीलाई सफा गरेर जानेछन्
अमेरिका वासी यि कविले केवल ११ बर्षकै उमेर वाट लेख्न थालेकी हुन् ।
कविता: संसारको अन्त्य
म संसारको अन्त्य भएको तर्फ खासै वास्ता गर्दिन
मेरो लागि यस संसार धेरै पटक अन्त्य भइसकेको छ
र हरेक बिहान नयाँ संसार शुरु हुने गर्दछ ।
कविता: महासागरको शान्ती
यदि महासागरले आफूलाई शान्त राख्न सक्दछ भने
म पनि आफूलाई शान्त राख्न किन नसक्ने ?
आखिरमा मान्छे र महासागर उस्तै त हो
थोरै हावामा मिसिएका नून हरु झैं
कविता: कविता र पानी
कहिलेकाँही एउटा कवितामा
समुन्द्रमा भन्दा धेरै पानी हुन्छ ।
केही उन्का सर्वाधिक रुचाइएका भनाईहरु
म कसैको हुनुभन्दा पहिले
म केवल आफ्नी मात्र हुँ
मैले तिमीलाई माया गरे
किनभने मैले आफूलाई माया गर्नु भन्दा
तिमीलाई माया गर्नु सजिलो लाग्यो
म आफ्नो आत्मा भन्दा ३ वटा सागर पर आएकी छु
यो तिमीलाई अफ्ठेरो पार्ने कुरा हैन
म त आफूलाई सजिलो पार्ने तर्फ सोचिरहेकी छु
कतैं शान्त छ
कतै द्धन्द छ
एउटी म छु
दुबैतिर छु
नईरा वाहिद
Liked by: