
जेरुसलेममा रहेका द गार्जियन पत्रिकाका रिपोर्टर लेख्छन कि ट्रम्पको यो भाषणको अरबी अनुवाद सुनेपछि जेरुसलेमको मध्य भाग शुहाफातको एउटा सामाजिक क्लबमा बसेका यूवा शरणार्थिले अबु अतया भनेर चिच्याए । उनका अनुसार यस भाषणले ठूलो समस्या ल्याउनेछ र उनी लगायत धेरै जेरुसलेमका बासिन्दाहरु अमेरिकी निर्णय प्रति रुष्ठ छन् ।
यूरोपको यो उदासिनता अनि समग्र अरब राष्ट्रहरुको भावना बिपरित इज्रायलको अन्धो समर्थनमा अमेरिकी राष्ट्रपतीको यो कदमले कहँ पूर्याउने हो, हेर्न बाँकी छ । उता इज्रायलको सरकारले अमेरिकाको यस कदमको स्वागत गर्दै शान्तिको द्धार खुलेको बताएका छन् । इज्रेली प्रधानमन्त्री नेतेनीयाहुले सहृदय अमेरिकाको यस कदमलाई महत्वपूर्ण कदम करार दिदै स्वागत गरेका छन् ।