ट्रम्पको इज्रायललाई जेरुसलेम उपहार , जोखिम कि शान्ति ? | Hamro Patro

ब्लग - साहित्य / विश्वमाला

ट्रम्पको इज्रायललाई जेरुसलेम उपहार , जोखिम कि शान्ति ?




जेरुसलेममा रहेका द गार्जियन पत्रिकाका रिपोर्टर लेख्छन कि ट्रम्पको यो भाषणको अरबी अनुवाद सुनेपछि जेरुसलेमको मध्य भाग शुहाफातको एउटा सामाजिक क्लबमा बसेका यूवा शरणार्थिले अबु अतया भनेर चिच्याए । उनका अनुसार यस भाषणले ठूलो समस्या ल्याउनेछ र उनी लगायत धेरै जेरुसलेमका बासिन्दाहरु अमेरिकी निर्णय प्रति रुष्ठ छन् ।



अमेरिकाका रोष्ट्रपती ट्रम्पले जेरुसलेमलाई इज्रायलको राजधानी निर्धारण गरेपछि बिश्वभरि एकप्रकारको लहर चलेको छ । बिशेषत ट्रम्पले बिश्वभरिवाटै नरुचाएको प्रतिक्रिया अनि यसको बिरोध पाइरहेका छन् । शदियौं देखि चलिरहेको इज्रायल प्यालेस्टाइनको बिवादमा यस निर्णयले पानी थप्छ या घ्यू त्यो हेर्न बाँकी छ । अर्कोतर्फ अरब देशहरुको टुटदै गएको समबन्ध र समन्वयमा अमेरिकाको यो कदम र घोषणाले के असर गर्दछ, त्यो त झनै हेर्न बाँकी छ । ह्वाईट हाउसमा दिएका छोटो भाषणमा ट्रम्पले इज्रायलको तेल अबिबबाट अमेरिकी दुतावास जेरुसलेममा सार्न समेत आदेश दिएका छन् । यति मात्र नभई यसकालागि आवश्यक आर्किटेक्ट अनि जनशक्तिको चाँजो पनि द्रुत गतीमा मिलाउन उनको आदेश थियो । यो अपरझट आदेश पालना गर्न अमेरिकी अधिकारीहरुलाई कम्तीमा पनि ३ बर्ष लाग्ने अनुमान छ । उनले गरेको भाषणमा अब आफूले अन्नत जेरुसलेमलाई इज्रायलको राजधानीका रुपमा निर्धारण गरेको र यसअघिका राष्ट्रपतीले यस मुद्धालाई चुनावको मुख्य मुद्धा बनाएपनि हस्तान्तरण गर्न नसकेको कुरा आफूले हस्तान्तरण गरेको बताए । उनका अनुसार उनको यस कदमले इज्रायल र प्यालेसटाइनबीचको द्धन्दलाई नयाँ आयाम र पहुँच दिएर शान्ति स्थापनार्थ भूमिका खेल्नेछ भन्ने बिश्वास पनि प्रकट गरे । 
उनको यस कदमले अरब अनि अन्य मुसलमान देशहरु अमेरिकी गठबन्धनवाट बाहिरिन सक्ने संभावना पनि बढेको कुटनितिज्ञहरुको अड्कल छ । अमेरिका भित्र पनि यस कदमको चर्को बिरोध भइरहेको छ । राष्ट्रपतीको यो भाषण लगत्तै मुसलमान देशमा भएको अमेरिकी दुतावासहरु जस्तै टर्की, जोर्डन, जर्मनमा सुरक्षा संवेदनशीलता अझ कडारुपमा अपनाइएको थियो । डिसेम्बर ८ तारिखमा संयूक्त राष्ट्रसंघ सुरक्षा परिषधको १५ सदस्यीय टोलीको यसै बिषयमा छलफल गर्न भेला हुँदैछन् । यस टोलीमा बेलायत, इटाली र फ्रान्सका अधिकारीहरुको उपस्थिती पनि रहनेछ । ट्रम्पले आफ्नो भाषणमा कति जेरुसलेमको भाग इज्रायलको हुने र कति नहुने भन्ने बिषयमा आफू नबोल्ने र यस कार्य दुबै पक्ष अर्थात इज्रायल र प्यालेस्टाइनको आपसी सम्झौतामा तय हुन दिने पनि बताए । 
उता अर्को शक्तिकेन्द्र बेलायतकी प्रधानमन्त्री थरेसियाले भने मध्यपूर्वी क्षेत्रको शान्तिकालागि ट्रम्पको यो निर्णय सहयोगी नहुने बताउदै यस निर्णय आफूलाई लगायत बेलायती जनतालाई मान्य नहुने बताइन् । फ्रान्स अनि जर्मनका राष्ट्रप्रमुखले पनि यो कदमको सर्मथन गरेका छ्रैनन् । यूरोपको यो उदासिनता अनि समग्र अरब राष्ट्रहरुको भावना बिपरित इज्रायलको अन्धो समर्थनमा अमेरिकी राष्ट्रपतीको यो कदमले कहँ पूर्याउने हो, हेर्न बाँकी छ । उता इज्रायलको सरकारले अमेरिकाको यस कदमको स्वागत गर्दै शान्तिको द्धार खुलेको बताएका छन् । इज्रेली प्रधानमन्त्री नेतेनीयाहुले सहृदय अमेरिकाको यस कदमलाई महत्वपूर्ण कदम करार दिदै स्वागत गरेका छन् ।
प्यालेसटाइनका राष्ट्रपती महमुद अव्बासले भने अमेरिकाले आफ्नो मध्यस्तकर्ताको भूमिकाको गलत फाइदा उठाएको बताएका छन् । उता साउदी अरब, टर्की, जोर्डन, इजिप्ट अनि लेवननले पनि अमेरिकाको खुलेरै बिरोध गरेका छन् । जेरुसलेममा रहेका द गार्जियन पत्रिकाका रिपोर्टर लेख्छन कि ट्रम्पको यो भाषणको अरबी अनुवाद सुनेपछि जेरुसलेमको मध्य भाग शुहाफातको एउटा सामाजिक क्लबमा बसेका यूवा शरणार्थिले अबु अतया भनेर चिच्याए । उनका अनुसार यस भाषणले ठूलो समस्या ल्याउनेछ र उनी लगायत धेरै जेरुसलेमका बासिन्दाहरु अमेरिकी निर्णय प्रति रुष्ठ छन् । उता ट्रम्पभने आफ्नो भाषणमा जेरुसलेमलाई इज्रायली सरकारको केन्द्रबिन्दु र इज्रायली सर्वोच्च अदालतको आधार रहेको बताइरहेका थिए । उनले जेरुसलेम इज्रायली प्रधानमन्त्री र राष्ट्रपतीको कार्यालय भूमि रहेको बताँउदै सम्पूर्ण इज्रायलको शासन मन्त्रालयहरु जेरुसलेममै रहेको बताए । धेरै जना बिचारकहरुका अनुसार ट्रम्पको यो कदम उनको इज्रायलप्रतिको उपहार र इज्रायली प्रधानमन्त्री संगको मित्रताको मुस्कान रहेको बताएका छन् । अमेरिकाको यो उपहार बिश्व अनि मध्यपूर्वका लागि कत्तिको महंगो पर्ने हो < 
इतिहासले बताउनेछ । 


द गार्जियन पत्रिकाको बिशेष पृष्ठ अनुवाद


हाम्रो पात्रो





Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.