सोह्र श्राद्ध समाप्ति | औँसी श्राद्ध र पितृ विसर्जन
पितृ पक्षको समापन
१६ दिनको पितृ पक्षको समापन भएको छ । आजको दिनलाई सर्व पितृ औँसी पनि भनिन्छ । यसरी पूर्णिमाबाट सुरु भएको पितृ पक्ष ठ्याक्कै औँसीमा आएर समापन हुन्छ । १६ दिनको पितृ पक्षमा आफ्नो पितृको मृत्यु तिथिमा पारी हिन्दु धर्मावलम्बीहरूले पितृ कर्म अर्थात् श्राद्ध गरिसकेका छन् ।
श्राद्धको दिन घरमा विशेष चहलपहल हुन्छ । आफन्त अनि पण्डितको आगमनसँगै कर्ताले पितृ कर्म गर्दा कपाल खौरेर अनि नयाँ जनै फेर्नुपर्छ । बिहानैदेखि नैवेद्य अनि अनेक प्रकारका शुद्ध खानेकुरा घरमा पकाइन्छ । अनि र श्राद्ध चलिरहँदा पण्डितकै निर्देशन अनुरूप घिउ, पुष्प, अबिर–केसरी लगायतका पितृ कर्मका आधारभूत श्राद्धका सामाग्री ठाउँमा लगिरहनु पर्छ ।
हिन्दु संस्कारमा श्राद्ध एकदमै महत्त्वपूर्ण कर्म हो । जसलाई सामान्यतया परिवारको ज्येष्ठ पुत्रले गर्छन् । तथापि सर्व पितृ औँसीका दिन पुत्रले आफ्ना पिता पक्ष र माता पक्ष दुवैतर्फका पितृहरूलाई तर्पण दिने गर्छन् ।
पितृ गायत्री मंत्र
देवताभ्यः पितृभ्यश्च महायोगिभ्यः एव च। नमः स्वाहायै स्वधायै नित्यमेव नमोनमः।।
यसको अर्थ देवताहरू, पितृहरू, महान योगीहरू, स्वाहा र स्वधालाई सधैं नमस्कार गर्नु हो।
लैङ्गिक समानता र पितृ कर्म
पुत्रलाई मोक्षको बाटो भनी हिन्द शास्त्रमा उल्लेख भएको आधारमा विभिन्न पक्षबाट यस कुरालाई नारी विरोधी र लैङ्गिक असमानतासित पनि जोडेर हेरिने गरिएको पनि पाइएको छ । तथापि श्राद्ध, तर्पण अनि अन्य शुभ कार्यमा छोरी–बुहारी अनि चेलीबेटीको पनि उत्तिकै महत्त्व छ ।सनातन धर्मको हरेक शुभ कार्य अनि संस्कारमा कर्ताका रूपमा पुत्रको उपस्थितिलाई प्राथमिकता दिएको भए पनि नारीहरूलाई पनि उत्तिकै महत्त्व दिएको छ । भान्जा–भान्जी अनि चेलीबेटीको उपस्थितिविना श्राद्ध कर्म पूर्ण हुन सक्दैन ।
पुत्र अनि पुत्री पितृका लागि समान छन् । आजभोलि पितृ कर्ममा अनि काजक्रियामा छोरीहरूको समान सहभागिता र कर्ताकै रूपमा भूमिका सराहनीय छ । धर्म अनि संस्कारले छोराछोरी दुवैलाई उत्तिकै ठाउँ दिएको छ ।
पिण्ड दिएपछि गौमुत्र अर्थात् गहुत खाएर अनि टिकोटालो गरेर समापन गरिएको श्राद्ध कर्मपश्चात् अब दसैँको औपचारिक उत्साह र उमङ्गको सञ्चार हुनेछ । पितृहरूको सम्झना अनि सम्मानका लागि यी १६ दिनहरू अत्यन्त महत्त्वपूर्ण हुन्छन् । चाडबाड अगावै पितृहरूप्रतिको यो समर्पण र सद्भावले हाम्रो संस्कारलाई वास्तवमै धनी बनाएको छ ।
औँसी श्राद्ध र पितृ विसर्जन
सोह्र श्राद्धको अन्तिम दिन, आश्विन कृष्ण पक्ष औँसीलाई सर्व पितृ मोक्ष औँसी भनिन्छ । यस दिन अगावैका तिथिहरूमा तिथि थाहा भएका पितृहरूको श्राद्ध गरियो भने आजका तिथिमा चाहिँ तिथि मिति थाहा नभएका र अन्य कारणले श्राद्ध रोकिएका सबै मृतकहरूको सम्झनामा श्राद्ध गरिने हुँदा यस दिनलाई सोह्र
विश्व अहिंसा दिवस
पृष्ठभूमि
आज हामी अहिंसा को धारणालाई अगाडि बढाउन मद्दत गर्ने व्यक्तिको जन्मदिन मनाउँछौँ , जुन व्यक्तिले गत शताब्दीमा शान्ति र सद्भावका विषयमा ठुलो प्रभाव पारेको भन्ने बताइन्छ । सन् २००७ मा संयुक्त राष्ट्र सङ्घले सुरु गरेको अन्तर्राष्ट्रिय अहिंसा दिवसमा हामी मोहनदास करम चन्द गान्धी को नाममा जन्मेका तर विश्वभर महात्मा गान्धी भनेर चिनिने भारतीय नेताको जीवनशैलीलाई फर्केर हेर्नेछौँ ।अक्टोबर २, अर्थात् विश्व अहिंसा दिवस, विश्वमै अहिंसाका लागि असाध्यै मानिएका नेता महात्मा गान्धीको आज जन्मदिन पनि हो ।
गान्धीको जीवनमा गहिरिएर हेर्न भन्दा पनि उनका विचारधारा र अहिंसाको आदर्शलाई आत्मसाथ गर्नका लागि आज विश्व भरि पैरवी गरिन्छ ।राष्ट्र सङ्घको हेडक्वार्टर अगाडि को एउटा कृति अमेरिकाको न्यूयोर्कस्थित् संयूक्त राष्ट्र सङ्घको हेडक्वार्टर अगाडि कलाकार कार्ल प्रेडरिक रुटेसवार्डले बनाएको एउटा कृति छ जस मा बन्दुकको नाललाई बटारेर बाँधिएको स्वरूपमा राखिएको छ र यो कला हिंसाविरुद्ध धोतकका रूपमा विश्व प्रसिद्ध छ ।
कस्तो हुन्थ्यो यदि सिरिया र अफगानिस्तानका गल्लीहरूमा फेरि अहिंसा, क्षमा अनि समानताका शान्ति संकेतयुक्त बिगुल सुरुवात हुने हो भने ? संसारबाट रङ्ग, राष्ट्रियता, धर्म, भाषा, लवज अनि अन्य थुप्रै कुराहरूका आधारमा गरिने हिंसा नभइदिने हो भने अमेरिकी स्वतन्त्र सङ्ग्रामका महासेनानी मार्टिन लुथर किँग जुनियरले परिकल्पना गर्दै भनेका छन्, "काला, गोरा, खैरा सबै जना एउटै टेबलमा बसेर खाना खाने दिन, हाँसोको दिन अनि समानताको दिन।"
सन् २०२४ को नारा
यस वर्ष अहिंसा दिवसमा नारा नै Cultivating a culture of peace अर्थात् शान्तिको संस्कार को आत्मसाथ भन्ने अर्थ लाग्दछ ।
आज विश्व अहिंसा दिवस हो, बुद्धको देश नेपाल अनि हामी नेपालीको अहिंसाप्रति विशेष पहिचान छ, हामी धेरै सरल, शान्त अनि स्वतन्त्र प्रकृतिका छौँ। संसारको छाना सगरमाथा हाम्रै माटोमा अटल उभिइरहेको छ, सगरमाथाको टुप्पोदेखि महोत्तरी जिल्लाको मुसहर निया सम्म, मेचीको पुलदेखि महाकालीको छालसम्म अहिंसाका सन्देशहरूको बीजारोपण गर्न जरुरी छ र यही शान्तिको अकुंरणलाई विश्वसामु पुर्याउन पनि जरुरी छ । चाहे गीता होस् या कुरान, चाहे बाइबल होस या त्रिपिटक या अन्य कुनै पनि धार्मिक ग्रन्थ हुन, हिंसाले कसैको भलो गर्दैन भनेर उल्लेख गरिएको छ । अब बेला आएको छ मुस्कानको बाटो हिँड्ने, "अहिंसा परमो धरम" अर्थात् हिंसा नगर्नु नै सबैभन्दा ठुलो धर्म हो । मुस्कुराउन नछोड्नुहोला, हिंसात्मक भावहरूलाई मनबाट हटाउनुहोला । निडर भएर हिंसाका विरुद्ध बोल्न पनि नडराउनुहोला है ।
जय होस सबैको, सबैको मङ्गल होस् ।
-हाम्रो पात्रोका लागि सुयोग ढकाल ।
Liked by: