विद्या ददाति विनयं विनयाद्याति पात्रताम्।
पात्रत्वाद्धनमाप्नोति धनात्धर्मं ततः सुखम्॥
शिक्षाले विनम्रता प्रदान गर्दछ, विनम्रताबाट योग्यताको प्राप्ति हुन्छ, योग्यताबाट धन आर्जन हुन्छ। धनबाट धर्मको पालन गर्न सकिन्छ, र धर्मबाट सुख प्राप्त हुन्छ।
यस श्लोकले शिक्षाको रूपान्तरणकारी शक्ति र यो कसरी जीवनलाई पूर्ण र धर्ममय बनाउन सहयोग गर्दछ भन्ने कुरालाई सुन्दर रूपमा व्याख्या गर्दछ।
अन्तर्राष्ट्रिय शिक्षा दिवस पृष्ठभूमि
शिक्षा एउटा आधारभूत मानव अधिकार मात्र नभई सार्वजनिक हित र सार्वजनिक दायित्व पनि हो। संयुक्त राष्ट्र सङ्घको महासभाले शान्ति र विकासका लागि शिक्षाको भूमिकाको उत्सव मनाउन जनवरी २४ लाई अन्तर्राष्ट्रिय शिक्षा दिवसको रूपमा घोषणा गरेको हो । समावेशी र समतामूलक गुणस्तरीय शिक्षाको पहुँच सबै जना समक्ष नपुगुन्जेल सबैका लागि जीवनभरका अवसरहरू बिना, देशहरू लैङ्गिक समानता हासिल गर्न र लाखौँ बालबालिका, युवा र वयस्कहरूलाई पछाडि छोड्ने गरिबीको चक्रलाई तोड्न सफल हुनेछैनन्।
आज पनि २४४ मिलियन बालबालिका र युवाहरू विद्यालय बाहिर छन्, र ७७१ मिलियन वयस्कहरू निरक्षर छन्। उनीहरूको शिक्षाको अधिकार हनन भइरहेको छ जुन कुरा आजको विकसित विश्वमा लज्जास्पद छ । शिक्षामा रूपान्तरण गर्ने बेला अब आएको छ भन्ने नाराका साथ आज विश्वभरि अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै छ ।
अन्तर्राष्ट्रिय शिक्षा दिवसको नारा २०२५
यस वर्षको अन्तर्राष्ट्रिय शिक्षा दिवसको नारा"AI and education: Preserving human agency in a world of automation" हो जसको अर्थ शिक्षा र आर्टिफिसियल इन्टेलीजेन्स, मानविय क्षमतालाई अटोमेसनको यूगमा जोगाउने भन्ने अर्थ लाग्दछ ।
यो विषय किन चयन गरिएको थियो?
यस नाराले तीव्र प्राविधिक प्रगतिका बीच मानवको स्वतन्त्रता र क्षमतालाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता झल्काएको छ । साथै वर्ष २०२५ मा हिंसा घटाउन र शिक्षा सबैका लागि पहुँचयोग्य बनाउन सुनिश्चित गर्ने उद्देश्य पनि राखिएको छ ।
सन् २०२० को सेप्टेम्बर मा संयुक्त राष्ट्र रूपान्तरण शिक्षा शिखर सम्मेलनले उद्घोष गरेको विश्वव्यापी गतिको निर्माण गर्दै, यस वर्ष शिक्षाको वरिपरि बलियो राजनीतिक परिचालन कायम राख्न र प्रतिबद्धताहरू र विश्वव्यापी पहलहरूलाई कार्यमा रूपान्तरण गर्ने विश्वका सबै राष्ट्रहरूलाई आह्वान गर्नेछ। विश्वव्यापी मन्दी, बढ्दो असमानता र जलवायु सङ्कटको पृष्ठभूमिमा सबै दिगो विकास लक्ष्यहरूमा प्रगतिलाई गति दिन शिक्षालाई प्राथमिकतामा राख्नुपर्छ भन्ने तथ्यलाई आज थप उजागर गरिन्छ ।
युनेस्कोले यस वर्षको अन्तर्राष्ट्रिय शिक्षा दिवसमा अफगानिस्तानमा शिक्षाको अधिकारबाट वञ्चित भएका बालिकाहरू र महिलाहरूलाई समर्पित गर्दैछ। यस वर्षको शिक्षा दिवसले उनीहरूको अफगानिस्तानमा भएको शिक्षामा पहुँच प्रतिबन्धित बन्देज तत्काल हटाउन आह्वान गरिरहेको छ।
विद्या धनं सर्वप्रधानम
-हाम्रो पात्रोका लागि सुयोग ढकाल
Liked by: