अन्तर्राष्ट्रिय भू संरक्षण दिवस | Hamro Patro

ब्लग - साहित्य / चाडपर्व तथा दिन विशेष लेखहरू

अन्तर्राष्ट्रिय भू संरक्षण दिवस





पृष्ठभूमि
नेपालमा हरेक वर्ष श्रावण महिनाको २४ गते राष्ट्रिय भू संरक्षण दिवस मनाउने गरिन्छ ।बाढी, पहिरो, भूक्षय जस्ता प्राकृतिक प्रकोप कम गर्दै पारिस्थितिक सन्तुलन कायम राख्न सहयोग पुरयाउन एवं भूक्षय कम गरी जमिनको उर्वराशक्ति कायम राख्न तथा पूर्वाधार संरक्षण गर्ने उद्देश्यले विसं २०३१ साल श्रावण २४ गते भू तथा जलाधार संरक्षण विभाग स्थापना भएको संझना स्वरुप यस दिवसको सुरुवात भएको हो । विभागको स्थापना सँगै जिल्ला स्तरमा भूसंरक्षण कार्यालय स्थापना गरी सेवा प्रवाह सुरु गरिएको थियो । साल २०३१ पछि विभाग स्थापना भएको दिन श्रावण २४ गतेलाई “भूसंरक्षण दिवस” को रूपमा मनाउने गरिएको पाइन्छ ।

वर्तमान स्थिति
नेपालको भूभाग मध्य कृषि क्षेत्रले २७ प्रतिशत र वन तथा बुट्यान क्षेत्रले ४४ प्रतिशत भूभाग ओगटेको नेपालको राष्ट्रिय भू संरक्षण नीति २०७५ मा उल्लेख छ । हाल आएर भू उपयोगको ढाँचामा तीव्र परिवर्तन आइरहेको छ । अव्यवस्थित प्लटिङ र भौतिक संरचनाहरूको अनर्गल निर्माणले खेतीयोग्य जमिनमा कमी आइरहेको छ । पहिलेदेखि नै गरा बनाएर खेती गर्ने हाम्रा कमजोर भूभागहरू अहिले आएर बाटोघाटो बनाउनका लागि डोजर र टिप्परहरुको चलायमानताले झनै कमजोर भएका छन् । अर्कोतर्फ जल उत्पन्न प्रकोपहरू पनि बढ्दा छन् । एक जमानामा कृषिप्रधान देश अहिले आएर खाद्यान्न आयातमुखी अवस्थामा पुगिरहँदा देशमा भू उपयोगको ढाँचामा व्यापक परिवर्तन गरिनुपर्ने कुरा निश्चित छ ।

नेपालको उच्च संवेदनशीलता
वातावरणीय संवेदनशीलता, प्राकृतिक विपत्ति तथा जलवायु परिवर्तनको प्रभावको दृष्टिकोणले नेपाल उच्च जोखिममा रहेको छ । संवेदनशील भू(धरातलीय र भौगोलिक अवस्थिति तथा कमजोर भौगर्भिक बनावटका कारणले गर्दा मानवजन्य तथा प्राकृतिक प्रकोपका प्रभावहरूबाट भारी मात्रामा धनजनको क्षति र वातावरणीय समस्या बेहोर्नु परेको छ ।हरित विकासको अवधारणा अनुरूप मानवीय क्रियाकलाप र विकास प्रकियालाई वातावरणमैत्री बनाउँदै जलवायु परिवर्तनको प्रतिकूल असरसँग अनुकूलित हुने दायित्व सृजना गरी मुलुकको समष्टिगत दिगो विकासमा जलवायु परिवर्तनले पार्ने प्रभावलाई न्यूनीकरण गर्दै वातावरण र भूमि संरक्षण गर्नुपर्ने देखिन्छ ।

-हाम्रो पात्रोका लागि सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.