हरेक वर्ष भाद्र शुक्ल द्वादशीका दिन कल्की जयन्ती मनाउने गरिन्छ । कलियुगको अन्त गराउने जन्म हुने विष्णुको यस अवतारले अधर्मको नाश गराएर धर्मको पुनर्स्थापना गराउने विश्वास गरिन्छ ।भगवान् विष्णुको दशौँ तथा अन्तिम अवतार कल्की अवतार ले धर्मको पुनर्स्थापना गराउने भएकाले यस अवतारको महत्त्व सत्ययुगको सुरुवातसँग पनि जोडिएको छ । कल्की जयन्तीले भगवान् विष्णुको यो अन्तिम अवतारको जन्म हुन लागेको याद दिलाउँछ। कलियुगमा अधर्म बढ्न थालेपछि कल्की अवतारले जन्म लिएर सबै पापीहरूको विनाश गरेर पुन एक पटक यो मानव जगत् लाई धर्मको मार्गमा पुनर्स्थापित गराउने धार्मिक ग्रन्थहरूमा उल्लेख गरिएको छ।
कल्की अवतार सम्बन्धी भविष्यवाणी
भगवान् विष्णुको यो अवतार ६४ ओटा कलाले युक्त हुन्छ। पुराण अनुसार भगवान् विष्णुको यो अवतारले एक जना तपस्वी ब्राह्मणको घरमा पुत्रको रूपमा जन्म लिनेछन् भने देवदत्त नामक घोडामा सवार भएर संसारमा पापीहरूको विनाश गर्नेछन् । शाम्बला भन्ने ठाउँमा पिता विष्णुयाशा र माता सुमतिको कोखबाट यस अवतारको जन्म हुने पुराणहरूमा उल्लेख गरिएको छ ।
आज के के गरिन्छ ?
सबेरै उठेर स्ना नगरी विष्णु सहस्त्रानाम जाप गर्ने , कल्की अवतारको प्रतिमा स्थापना गरी बीज मन्त्र जाप गर्ने र कल्की अवतारको आसन बनाएर पञ्चामृतले स्नान गराउने गरिन्छ ।
त्यसपश्चात् आज गरिने दान पुण्यको पनि विशेष महत्त्व रहन्छ ।
-हाम्रो पात्रो कालागि सुयोग ढकाल
Liked by: