ब्लग - साहित्यचाडपर्व तथा दिन विशेष लेखहरू


विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
हरेक ८ सेकेन्डमा एक जनाको मृत्यु सुर्ती सेवनका कारणले हुने गर्छ । हरेक १० जनामध्ये १ जना वयस्कको अकालमा मृत्यु संसारभरि चुरोट र अन्य सुर्तीजन्य पदार्थको सेवनकै कारणले हुने गर्छ ।युद्ध, हिंसा, अपराध, आत्महत्या, दुर्घटना आदिजस्ता थुप्रै मृत्युका कारणलाई लगभग दोब्बर पार्दा पनि सुर्तीजन्य पदार्थका कारणले हुने मृत्युको सख्या भन्दा धेरै हुन सक्दैन । स्मरण रहोस्, संसारभरिका धेरै जसो ठुला–ठुला सुर्तीजन्य व्यवसायहरू औँलामा गन्न सकिने केही मात्र उद्योगपतिहरूको नियन्त्रणमा छ ।हरेक वर्ष विश्वभरिमा सुर्तीजन्य पदार्थको खेती गरिएका ३५ लाख हेक्टर खेतहरू विनाश गरिन्छ ।
