विश्व सेप्सिस दिवस हरेक वर्ष सेप्टेम्बर १३ मा मनाइन्छ र यस दिवस सेप्सिस विरुद्धको लडाइँमा विश्वभरका मानिसहरू एकजुट हुने अवसर हो। सेप्सिसले वार्षिक रूपमा विश्वभर कम्तीमा पनि एक करोड भन्दा धेरै जनाको मृत्यु हुने गरेको छ।
विश्व सेप्सिस दिवस सन् २०१२ मा ग्लोबल सेप्सिस गठबन्धन द्वारा सुरु गरिएको थियो। हरेक वर्ष सेप्टेम्बर १३ मा, विश्व भरि गरिने कार्यक्रमहरूले विश्वव्यापी रूपमा सेप्सिसको लागि चेतना जगाउँदछ।
सेप्सिस भनेको के हो ?
सेप्सिस एक गम्भीर अवस्था हो जुन तब हुन्छ जब शरीरको प्रतिरक्षा प्रणालीले सङ्क्रमणको लागि चरम प्रतिक्रिया गर्दछ। यस्तो बेला शरीरको आफ्नै प्रतिक्रियाले आफ्नै तन्तु र अङ्गहरूलाई क्षति पुर्याउँछ। सेप्सिसले कसैलाई पनि असर गर्न सक्छ, तर वृद्ध, गर्भवती वा अन्य स्वास्थ्य समस्या भएका मानिसहरू यसको उच्च जोखिममा हुन्छन्।
सेप्सिस एउटा डरलाग्दो अवस्था हो जुन सङ्क्रमण भएको जो कोहीलाई सेप्सिस हुन सक्छ।
सन् २०२४ को नाराः
Sepsis Prevention: Save Lives, Stop Suffering
सेप्सीस को रोकथाम गर्दै जीवन रक्षा गर्ने भने अर्थ लाग्दछ ।
सेप्सिस बाट कसरी बच्ने र बचाउने ?
सम्भावित रूपमा सेप्सिस निम्त्याउन सक्ने सङ्क्रमणहरू रोक्न सबैले भूमिका खेल्न सक्छन्। यहाँ तपाईँलाई र तपाईँका प्रियजनहरूलाई मद्दत गर्न केही सुझावहरू छन् ।
नियमित रूपमा आफ्नो हात धुने वातावरणको पर्याप्त सरसफाइ बच्चाहरू, गर्भवती महिलाहरू र वृद्धहरू का खोपको समय र तालिका कायम राख्नु कुनै पनि यान्टिबायोटिकहरू प्रयोग गर्दा प्रदान गरिएका निर्देशनहरू पालना गर्नुहोस् र मात्रा र डोज पूरा गर्नु घाउहरू सफा गर्नुहोस् र हेरचाह गर्नु, सेप्सिस शरीरमा भाइरल, ब्याक्टेरिया र फंगल सङ्क्रमणको कारणले हुने गम्भीर स्वास्थ्य अवस्था हो, र जुनसुकै उमेरका मानिसहरूलाई असर गर्न सक्छ। यूटीआई, फोक्सोको सङ्क्रमण, छालाको सङ्क्रमण र जीआईटी सङ्क्रमण जस्ता विभिन्न प्रकारका सङ्क्रमणले सेप्सिस हुने भएकाले हरेक सङ्क्रमण र ओखतीको प्रयोगमा सजग रहन जरुरी हुन्छ ।
-हाम्रो पात्रोका लागि सुयोग ढकाल
Liked by: