अन्तर्राष्ट्रिय परिवार दिवस | Hamro Patro

ब्लग - साहित्य / चाडपर्व तथा दिन विशेष सामग्रीहरू

अन्तर्राष्ट्रिय परिवार दिवस





यस दिवस कहिलेबाट मनाउन थालियो ?
सन् १९९३ वाट मे १५ लाई परिवार दिवसका रूपमा संयुक्त राष्ट्रसङ्घको आव्हान अनुरूप मनाइन थालिएको हो । यस दिनले परिवारसँग सम्बन्धित मुद्दाहरूको जागरूकता बढाउन र परिवारलाई असर गर्ने सामाजिक, आर्थिक र जनसाङ्ख्यिक प्रक्रियाहरूको ज्ञान बढाउने अवसर प्रदान गर्दछ।


यस वर्षको परिवार दिवसको परिवेश
सहरीकरण हाम्रो संसार र विश्वव्यापी परिवारहरूको जीवन र कल्याणलाई आकार दिने सबैभन्दा महत्त्वपूर्ण मेगाट्रेन्डहरू मध्ये एक हो।

दिगो सहरीकरण धेरै दिगो विकास लक्ष्यहरू, जस्तै (गरिबी उन्मूलन) , (राम्रो स्वास्थ्य र कल्याण), (शहर र मानव बस्तीलाई समावेशी, सुरक्षित, लचिलो र दिगो बनाउने) र (देशहरू भित्र र बिच असमानता घटाउने) सँग सम्बन्धित छ।

समावेशी परिवारका लागि पारिवारिक शिक्षा पनि अत्यन्त महत्त्वपूर्ण हुन्छ, आजका दिन संसारभरि विभिन्न रेडियो कार्यक्रम, गोष्ठी, टिभी कार्यक्रम, कार्यशाला, सास्कृतीक कार्यक्रम गर्दै परिवारको महत्त्व झल्काउने काम गरिन्छ ।
विश्व परिवार दिवसको शुभकामना ।

हाम्रो पात्रोका लागि सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.