वृष संक्रान्ति
हरेक महिनाको प्रथम दिन सङ्क्रान्ति हरुको वास्तवमा दान अनि पुण्यका हिसाबले महिमा धेरै रहन्छ र हरेक सङ्क्रान्ति को यसै हिसाबले धेरै महत्त्वपूर्ण रहेको लाकोक्तिहरु छन् । बिहान बिहान राशि चक्रअनुसार टिभी या रेडिया, मोबाइल या पत्रिकामा राशिफल चाल पाउँदा सर्वप्रथम मेष अनि वृष हुँदै मीन राशिसम्म पुगेर १२ वटा राशिका फलहरू अन्त्य हुन्छ र यी राशि चक्र महिनासँग समबन्धीत हुन्छन् ।
के हो वृष सङ्क्रान्ति ?
राशि चक्र महिनासँग समबन्धीत हुन्छन्, यसर्थमा आज सूर्य मेष अर्थात् पहिलो राशिबाट वृष अर्थात् दोस्रो राशिमा प्रवेश गर्दै छ ।सौर्य मान अनुसार सूर्य वृष राशिमा प्रवेश गर्ने हुनाले वृष सङ्क्रान्ति भनिएको हो । यस वर्षको वृष सङ्क्रान्तिमा हामी सबैलाई स्वागत छ । ज्येष्ठ महिनाको गर्मी, टड्कारा घामका किरण, छिनछिनकै पानी अनि बाक्ला काला बादलहरू लगायत पश्चिमी हावाहरू खप्न र रमाउन तैयार हुनुहुन्छ नि ?
जेठ अथवा ज्येष्ठ जे भनेपनि यो महिना भनेँ बडो गज्जबको महिना हो, असारका रोपाँईका लागी धानका बिउहरू छरिने, खेतलाई जोत्ने चाँजोपाँजो मिलाउने र वर्खायामको तैयारी गर्नका लागी जेठ महत्पूर्ण छ। चिचिला लागेका भोगटे, मज्रिदै गरेका आँपमा चिचिलाहरू, बाँसका कलिला मुनाहरू अनि छिपछिपे पानीमा मारिएका ससाना असला माछाहरूको चटनी । रहरलाग्दो यस महिनाको शुभकामना ।संयोग के छ भने आज सङ्क्रान्ति कै दिनमा सप्तमी तिथि पनि पर्न गएको छ ।
गङ्गा नदी’ र गङ्गा सप्तमी
हिन्दुहरूको आस्थाको केन्द्र भनेर ‘गङ्गा नदी’ लाई मानिन्छ । धेरै धर्मग्रन्थहरूमा गङ्गाको महत्त्वको वर्णन गरेको पाइन्छ । शुद्धता र पवित्रता निम्ति गङ्गा माताको सबै हिन्दु धर्मावलम्बीहरू माझ भावनात्मक आस्था रहने गरेको छ । गङ्गाको पानी हिन्दुका निम्ति पवित्र जल मानिन्छ । अनि गङ्गा नदीमा अस्तु बगाउँदा पितृ तर्ने विश्वास राख्छन्, हिन्दु धर्मावलम्बीहरू । हिन्दुहरूले स्वच्छता र पवित्र जलमा रूपमा लिँदै देव–पितृ कार्यमा प्रयोग गर्छन् ।गङ्गाले जीवन र मृत्यु दुवैलाई बगाएकी छिन् । भूमि सिञ्चित गरेकी छिन् । गङ्गामा जीवन छ, अनि जीवनमा गङ्गा छ ।
किन मनाइन्छ गङ्गा सप्तमी ?
गङ्गा सप्तमीलाई धेरै स्थानहरूमा गङ्गा जयन्ती भनेर पनि मनाउने गरिन्छ । यस सप्तमीलाई जनहु सप्तमी भनेर पनि सम्बोधन गरिन्छ । गङ्गा उत्पत्तिको विषयमा वैदिक सनातन संस्कारमा विभिन्न कथनहरू भेटिन्छन् ।आजको दिन अर्थात् वैशाख शुक्ल सप्तमीको दिन गङ्गाको पुनर्जन्म भएको तिथि मानिन्छ । आजको दिन गङ्गामा डुबुल्की लगाउने मनुष्यहरूको सबै पाप हट्ने र ती मनुष्यहरूलाई मोक्ष प्राप्त हुने मान्यता छ ।आज यदि गङ्गा स्नान गर्न असमर्थ भएमा घरमा भएको गङ्गा जललाई आफूले नुहाउने पानीमा हालेर श्रद्धासहित नुहाए पुण्य प्राप्त हुने मान्यता छ । आज विशेषतः गङ्गा मन्दिरहरूमा श्रद्धापूर्वक पूजा आराधना गरिन्छ ।हिमालयलाई मुहान बनाउँदै दक्षिण–पूर्वी कोण हुँदै गङ्गा नदी बहन्छ । गङ्गा नदी बङ्गोप सागरमा मिल्न पुग्छ । जुन नदीले उत्तरी भारतलाई हराभरा बनाएको छ र ठुलो जनसङ्ख्यालाई जीवन दिएको छ ।
आजको दिनको अर्थपूर्ण शुभकामना छ ।
-हाम्रो पात्रोका लागि सुयोग ढकाल
Liked by: