द्वन्द्वमा यौन हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस/विश्व शरणार्थी दिवस | Hamro Patro

ब्लग - साहित्य / चाडपर्व तथा दिन विशेष सामग्रीहरू

द्वन्द्वमा यौन हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस/विश्व शरणार्थी दिवस





" द्वन्द्व सम्बन्धित यौन हिंसा" भनेको के हो ?
 "द्वन्द्व(सम्बन्धित यौन हिंसा" शब्दले बलात्कार, यौन दासत्व, जबरजस्ती वेश्यावृत्ति, जबरजस्ती गर्भावस्था, जबरजस्ती गर्भपतन वा नसबंदी, जबरजस्ती विवाह र महिला, पुरुष, महिला वा बालिकाहरू विरुद्ध हुने तुलनात्मक रूपको हरेक प्रकारको यौन हिंसालाई बुझाउँछ जुन द्वन्द्वसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएको छ। यो शब्दले यौन हिंसा वा शोषणको उद्देश्यका लागि द्वन्द्वको अवस्थामा प्रतिबद्ध हुँदा व्यक्तिहरूको बेचबिखनलाई पनि समेट्छ।
युद्धका समयमा यौन हिंसामा पर्नेहरूका वेदनाको सम्बोधन अनि अधिकारको प्रत्याभूत गर्दै विश्वसमक्ष उनीहरूका आवाज सुनाउन हरेक वर्ष जून १९ तारिखमा संयुक्त राष्ट्र सङ्घले द्वन्द्वमा यौन हिंसाको उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस मनाउने गर्छ । १९ जुन सन् २०१५ मा, संयुक्त राष्ट्र सङ्घको महासभा (A/RES/69/293) ले प्रत्येक वर्षको जुन १९ लाई द्वन्द्वमा हुने यौन हिंसाको उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस घोषणा गर्‍यो । द्धन्दमा हुने यौन हिंसाको अन्त्य गर्न आवश्यक पर्ने चेतना जगाउनको लागि भनेर यस दिवसको खाँका कोरिएको हो । द्वन्द्व(सम्बन्धित यौन हिंसा, विश्वभर यौन हिंसाबाट पीडित भएका र बाँचेकाहरूलाई सम्मान गर्न र यी अपराधहरूको उन्मूलनको लागि खडा हुन साहसपूर्वक आफ्नो जीवन समर्पण गर्ने र आफ्नो जीवन गुमाएका सबैलाई श्रद्धाञ्जली अर्पण गर्न यो दिवसको विशेष भूमिका रहन्छ ।

नेपालको सशस्त्र द्धन्दमा यौन हिंसा
एक दशक लामो सशस्त्र द्वन्द्वको परिणाम स्वरूप देशमा गम्भीर मानव अधिकार हननका घटनाहरू घटेका छन्। तर शान्ति निर्माण प्रक्रिया सुरु भएको १ ७ वर्ष पुग्न लाग्दा पनि सशस्त्र द्वन्द्वको समयमा भएका गम्भीर मानव अधिकार उलङ्घनका सवालहरू विशेषतः महिला माथि भएका यौन अपराध जस्ता सवालहरू सम्बोधन हुन सकेका छैनन्।द्वन्द्व पीडित तथा प्रभावित महिलाको आत्मसम्मानसहितको सत्य, न्याय र परिपूरण कालागि अविलम्ब व्यवस्था गर्न साथै सङ्क्रमणकालीन न्यायलाई कानुनी व्याख्याको परिधिबाट फराकिलो पारी स्वन्याय, पारिवारिक न्याय र सामाजिक न्यायको अनुभूति गर्ने संयन्त्र र वातावरण निर्माण गर्न माग गर्दै आजको दिन सरकारसँग अपिल गरिन्छ ।

विश्व शरणार्थी दिवस



शरणार्थी सम्बन्धी घोषणापत्र १९५१ जारी भएको ५० वर्ष पुगेको सन्दर्भमा ४ डिसेम्बर २००० मा बसेको संयुक्त राष्ट्र सङ्घको साधारण सभाले २००१ जुन २० देखि अन्तर्राष्ट्रिय स्तरमा शरणार्थी दिवस मनाउने निर्णय गरेको थियो । राष्ट्रसङ्घीय उच्च आयोग (युएनएचसीआर) ले द्वन्द्व लगायतका कारणले धेरै मान्छे विस्थापित भएको र यस्ता विषयको निराकरण छिटो हुनुपर्नेमा जोड दिँदै आएको छ । संयुक्त राष्ट्र सङ्घले अरू मानिस झैँ शरणार्थी मानिसहरू रहेको र उनीहरूले आफ्नो बसोबासमा सामान्य रूपमा फर्किन चाहने अधिकारलाई प्रमुखताका साथ उठाउँदै आएको छ । त्यसका लागि विश्वभर मानवीयता, सहअस्तित्व, विविधता र शरणार्थीहरू प्रति खुल्ला हृदयहरूको आवश्यकता छ भन्ने विश्वास राखेको छ ।

विश्व शरणार्थी दिवस २०२३ को नारा
Finding Freedom
चाहे जोसुकै भए पनि , जुनसुकै बेला पनि र जहाँका जस्ता मानिस भए पनि उनीहरूलाई समानता सहित स्वतन्त्रता पाउने अधिकार रहन्छ भन्ने यस वर्षको नाराको अर्थ लाग्दछ ।

Whoever: तिनीहरू जोसुकै भए पनि भाग्न बाध्य मानिसहरूलाई सम्मानपूर्वक व्यवहार गर्नुपर्छ। जो कोहीले सुरक्षा खोज्न सक्छ, चाहे तिनीहरू को हुन् वा तिनीहरूले के धर्ममा विश्वास गर्छन् भन्ने तथ्यभन्दा बाहिर रहेर सुरक्षा खोज्नु मानव अधिकार हो।

Wherever: उनीहरू जहाँबाट आए पनि भाग्न बाध्य मानिसहरूलाई स्वागत गर्नुपर्छ। जोखिमबाट जोगिन विमान, डुङ्गा, वा पैदल यात्रा गरेर नै शरणार्थीहरू विश्वभरबाट आउँछन्। उनीहरूले सुरक्षा खोज्ने अधिकार सार्वभौमिक रहन्छ ।

Whenever: जब मानिसहरू भाग्न बाध्य हुन्छन्, तिनीहरूको सुरक्षाको अधिकार छ। जस्तोसुकै खतरा ( युद्ध, हिंसा, उत्पीडन ( सबै जना सुरक्षाको योग्य छन्। सबैलाई सुरक्षित हुने अधिकार छ।

विश्व शरणार्थी दिवस उनीहरूको लागि सहानुभूति र समझदारी निर्माण गर्ने र उनीहरूको जीवन पुनर्निर्माणमा मान्यता दिने अवसर हो।

सुरक्षा भन्नाले शरणार्थीहरूको निम्न अधिकारलाई मानिन्छ ।

शरण पाउने अधिकार
सुरक्षित पहुँच
बिना कुनै अवरोध
कुनै भेदभाव बिना
र मानवीय व्यवहार

यस विश्वमा हरेक ११३ मान्छे मध्य १ जना शरणार्थी भएर घरबार छाड्न परेको तथ्याकं छ तसर्थ यस विषयलाई हामी सबैले ध्यान दिन जरुरी छ है । विश्वबन्धुत्व र वसुदैव कुटुम्बकम को धारणा विश्वका हरेक देशमा आओस् अनि युद्ध र प्राकृतिक प्रकोप कम होस् जसले गर्दा शरणार्थी समस्या आफै समाधान हुनेछ ।

आज के के गरिन्छ?
प्रत्येक वर्ष, विश्व शरणार्थी दिवस शरणार्थीहरूको समर्थनमा विश्वका धेरै देशहरूमा विभिन्न कार्यक्रमहरू आयोजना गरिन्छ । यी गतिविधिहरूको नेतृत्व शरणार्थीहरू, सरकारी अधिकारीहरू, होस्ट समुदायहरू, कम्पनीहरू, सेलिब्रेटीहरू, स्कुलका बालबालिकाहरू र आम जनता अनि समग्र नागरिक समुदायहरू बिचमा हुन्छन्।

हाम्रो पात्रोका लागि सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.