गङ्गादशहरा व्रत/गोसाइकुण्ड स्नान समाप्ति | Hamro Patro

ब्लग - साहित्य / चाडपर्व तथा दिन विशेष सामग्रीहरू

गङ्गादशहरा व्रत/गोसाइकुण्ड स्नान समाप्ति




गङ्गादशहरा व्रत/गोसाइकुण्ड स्नान समाप्ति 

गङ्गा दशहराको अर्थ
दश योग जोडिएको दिनलाई दशहरा अर्थात् दशमी पर्व मानिन्छ भने आजको दिन गङ्गा नदीमा स्नान गर्दा या गङ्गा जलले अभिषेक गर्दा मात्र पनि दश प्रकारका पाप नाश हुने धार्मिक विश्वास छ । पाप नाश हुने र सँगसँगै आज गङ्गा स्नान गरेर पितृलाई तर्पण दिँदा पितृले मुक्ति पाउने र स्वर्ग जाने र आफ्नो सबै मनको इच्छा पूरा हुने जनविश्वास पनि छ ।

गङ्गा दशहरा व्रतको पौराणिक महत्त्व
पौराणिक कालमा राजा भगीरथले आफ्ना साठी हजार छोराका मुक्तिका लागि तपस्या गरेर गङ्गा नदीलाई पृथ्वीमा ल्याएको दिनलाई गङ्गा दशहरा मानिन्छ । गङ्गा दशहरा पर्व हरेक वर्षको ज्येष्ठ शुक्ल दशमी तिथिमा मनाइन्छ । अनि भनिन्छ, आजकै दिन धर्तीमा गङ्गाको अवतरण भएको विश्वास गरिन्छ । आजको दिन गङ्गा नदीमा स्नान या गङ्गा जलले आफूलाई पवित्र बनाउनु अत्यन्त लाभकारी मानिन्छ ।

आज के के गरिन्छ?
गङ्गा दशहराको अवसर पारेर नेपालको धार्मिक स्थल गोसाईं कुण्डमा हरेक वर्ष भव्य मेला आयोजना हुने गर्छ । उक्त मेलामा हजारौँ स्वदेशी तथा विदेशी तीर्थालु तथा पर्यटकहरू गोसाईंकुण्ड पुग्ने गर्थे ।

यसरी धार्मिक मेलामा जाने भक्तजनले आफूले चिताएको पुग्ने, घरपरिवारमा सुख हुने, सन्तानको चाहना पूरा हुने र रोग नलाग्ने विश्वासका साथ हरेक वर्ष यो मेलामा भक्तजनको भीड लाग्ने गरेको पाइन्छ । गोसाईं कुण्डमा यो किसिमका मेला वर्षको दुई वटा ठूलो पर्व भएको बेला लाग्ने गर्छ । अर्को ठुलो पर्व जनै पूर्णिमाको दिन पर्छ । गङ्गा दशहरा पर्वको अवसरमा यस्तै भव्य मेला सुदूरपश्चिमको खप्तड क्षेत्रमा समेत लाग्ने गर्छ ।

यस वर्षको गङ्गा दशहरा एकाग्रतामा नै समापन भएको छ, भगवान् शिवले आफ्ना भक्तहरूलाई भेट्न जान सक्ने माहौल सिर्जना गरून्, विश्वमाथि नीलकण्ठको कृपा रहोस् ।

गोसाईंकुण्ड स्नान समाप्ति

ॐ अस्य श्री भगवान नीलकंठ सदा-शिव-स्तोत्र मंत्रस्य श्री ब्रह्मा ऋषिः, अनुष्ठुप छन्दः,
 श्री नीलकंठ सदाशिवो देवता, ब्रह्म बीजं, पार्वती शक्तिः, मम समस्त पाप क्षयार्थंक्षे म-स्थै-आर्यु-आरोग्य-अभिवृद्धयर्थं
 मोक्षादि-चतुर्वर्ग-साधनार्थं च श्री नीलकंठ-सदाशिव-प्रसाद-सिद्धयर्थे जपे विनियोगः।


ब्रह्माको श्रोत, पार्वतीको शक्ति, नीलकण्ठ सदाशिव, मेरा पापहरूबाट मलाई पूर्ण मुक्ति मिलोस् । ४ कुरा मेरो जीवनमा कायम रहोस्, धर्म, समृद्धि, चाहना र मुक्ति, सदाशिव नीलकण्ठको जयजयकार होस् ।

गोसाईंकुण्ड सृजना र नीलकण्ठ शिव
समुन्द्र मन्थनका क्रममा समुन्द्र वाट धेरै कुराहरू निस्किए, यिनमा सुन, चाँदी, हिरा, धनवन्तरी, स्वयम माता लक्ष्मी समे उत्पत्ति र स्थापित भए । यस क्रममा महासागर वाट निस्किएको हलाहल विषको प्रभावले सबै देव र दानवहरूलाई असर गर्न थाल्यो, भगवान् विष्णु र ब्रह्माले शिवलाई पुकारा गर्नुभयो ।

शिवजी ले आएर विष सेवन गर्नुभयो, विषको तोड प्रभावले शिवको शरीर नै निलो हुन थाल्यो, महासागरको पानी झैँ । देवी पार्वतीले यो कुरा बुझेर शिवको कण्ठमा महाविद्याको स्वरूपमा प्रवेश गरी विषको प्रभावलाई नियन्त्रण गरेर घाँटीमा मात्र सीमित पार्नुभयो । यसरी निलो घाँटी भएका नीलकण्ठ भगवान् गएर त्रिशूल प्रहार गरी बनाएको कुण्ड नै गोसाईंकुण्ड हो ।

पवित्र कुण्ड गोसाईंकुण्ड
समुद्र सतहबाट ४३८० मिटर उचाइमा गोसाईंकुण्ड (गोसाईंको अर्थ भगवान् र कुण्ड पवित्र पोखरी हो) भगवान् शिवको त्रिसुलले बनाएको हो भन्ने विश्वास गरिन्छ।
सबै देवताहरू त्यो विषको व्यवस्थापन गरी दिनु पर्‍यो भनी भगवान् शिव समक्ष पुगेपछि शिवले त्यो विष आफूले पिएका थिए तर त्यो विष घाँटीमा अड्किएपछि, आफ्नो छटपटीलाई शान्त पार्न भौतारिदा शिव भगवान् निलाद्री पर्वतमा आई त्रिशूल भित्तामा प्रहार गरेपछि त्यहाँ धारा बनेको र त्यसै धाराबाट बगेर आएको पानीले कुण्ड बनेर त्यही कुण्डमा भगवान् शिवले विषको डाह शान्त पारी त्यही कुण्डमा आफु रहनुभएको धार्मिक विश्वास रहेको छ । त्यसैले पनि गोसाईंकुण्डमा स्नान, दान र तर्पण गर्नाले पितृहरू उद्धार भई स्वर्ग जाने, जीवनभर गरेको पापबाट मुक्ति पाउने र आफ्नो मनोकाङ्क्षा पूरा हुने धार्मिक मान्यता छ।

जिन्दगीमा एक पटक पुग्नुपर्ने ठाउँ गोसाईंकुण्डमा यस दशमी तिथिबाट समापन भएको छ । यस दशमीलाई गङ्गा दशहरा पनि भनिन्छ, यस दिन गोसाईंकुण्डमा विशेष घुँईचो रहने र देश विदेशबाट दर्शनार्थि जाने चलन रहन्छ, त्रिभुवन त्रिकालदर्शी भगवान् शिवले सबैको कल्याण गर्नुहोस् ।

हाम्रो पात्रोका लागि सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.