गुंला पर्वको पृष्ठभूमि
नेपालः सम्वत्को यो ११ औं महिना हो । अनि यस गुंला महिनामा पर्ने गुंला पर्व नेवाः समुदायमा विशेष रुपमा अनि काठमाडौँ उपत्यका लगायत नेवा समुदायको बाहुल्यता भएका अन्य ठाउँमा पनि भव्यताका साथ मनाइयो । नेवाः समुदायका बौद्धमार्गी परिवारमा यस पर्वको उललास अझ बढी आत्मिक अनि चिन्तनगत रुपमा रहेको पाइन्छ । भगवान बुद्ध अनि उहाँका अनुयायीहरू दिव्य प्रवचन अनि ज्ञानको प्रचारमा जाँदा बर्खाका समयमा यात्रा नगरी एकै ठाउँमा बस्ने भएकाले यस पर्वलाई वर्खा अनि ज्ञानको एउटा संगम पनि मानिने गरिन्छ । विशेषगरी नेवार समुदायले मनाउने गुंला पर्वमा बिहान स्वयम्भू भगवानको दर्शन गर्न जाने परम्परा रहिआएको छ । यो वर्ष पनि यो कार्य भक्तालुहरूले नियमित रुपमा गरिरहे ।
आज काठमाडौं उपत्यकाका चोक चौराहहरूमा विशेष गुंला संगीतको श्रवण गरेर सुरु भएको यस पर्वले विभिन्न गुम्बा, मन्दिर अनि आध्यात्मिकस्थलमा भक्तजनको आवागमन निक्कै वृद्धि गरायो ।
बहीद्यः स्वःवनेगु नेवाः
बहीद्यः स्वःवनेगु नेवाः संस्कृतिको अनन्य पाटो हो, जहाँ अघिअघि बाजा अनि संगीत अनि पछि–पछि भक्तजनहरू हुन्छन् । द्यः थायेगु आजको विशेष गतिविधि हुन्छ । कालो माटोलाई प्रयोग गरेर कालो काँचो माटोले ससाना स्तुपा बनाउने चलन यस महिना कायमै रह्यो । काठमाडौं र ललितपुरमा पन्जारा अर्थात् बुद्ध लगायत अन्य साधु सन्तको प्रतिमा अनि भगवानको प्रतिनिधित्व गर्ने खटलाई शहरमा घुमाउने अनि चामल लगायतका बस्तु जम्मा गर्ने र बौद्धमार्ग एउटा सन्तुलनको वकालत गर्ने दर्शन हो, जहाँ दान अनि शान्ति लगायत आत्मिक चिन्तनलाई धेरै महत्व दिने गरिन्छ ।
दिपनंकर बुद्ध अनि पौवका प्रतिमाहरूको यस दिनमा विशेष पूजा गरिन्छ । हुन त, गुंला एक दिनको मात्र चाड त होइन, यो चाडलाई चन्द्रमानका विभिन्न तिथिमा विभिन्न प्रकारले मनाइयो । बर्खाको अन्त्यसँगै आउने खुला आकाश अनि सफा बादलका टुक्राहरूमा आ–आफ्ना दिनचर्याका खाकाँ गज्जबले कोरौँ, सबैलाई शुभकामना ।
विश्व ओजन तह बचाउ दिवस
विश्व ओजन तह बचाउ दिवसको पृष्ठभूमि
विश्व ओजोन दिवस पनि भनिने सेप्टेम्बर १६ मा सन् १९८७ मा २४ वटा राष्ट्रले ओजोन विनाशक हानिकारक तत्त्वहरू को उत्पादनमा कम गर्ने मोन्टेरल हस्ताक्षरको दिन याद दिलाउँदछ । यस्ता हानिकारक तत्त्वहरूमा क्लोरोफ्लोरो कार्बन लगायत अन्य विभिन्न ९४ वटा रसायनहरू पर्दछन् । यस विश्व ओजोन दिवस सन् १९९५ देखि मनाँईदै आएको हो ।
ओजोन तह विनाश
स्मरण रहोस् पृथ्वीको वातावरणीय तहमाथि करिब १५ देखि ३० किमी माथि रहेको ओजोन एउटा रक्षात्मक कबज हो । यसले सूर्यका हानिकारक किरणहरू लाई पृथ्वीमा सोझै छिर्न बाट रोक लगाउँदछ । मानवीय क्रियाकलापका कारणले गर्दा अनि अव्यवस्थित औद्योगीकरण अनि ज्यादा रसायनको प्रयोगले यस्तो ओजोन तहहरू च्यातिन अनि विनाश हुन थालेको छ ।
विश्व ओजन तह बचाउ दिवस सन् २०२३ को नारा
Montreal Protocol: fixing the ozone layer and reducing climate change.
यस वर्षको नारा ले यसले जलवायु परिवर्तनमा मोन्ट्रियल प्रोटोकलको सकारात्मक प्रभाव, ओजोन रिकभरी ट्र्याकमा छ र किगाली संशोधन मार्फत कसरी जलवायु चुनौतीहरूलाई समर्थन गर्न सकिन्छ भन्ने वैज्ञानिक मूल्याङ्कन प्यानलले हालै गरेको खोजलाई फेरि दर्साएको छ ।
यस ग्रहमा भएका प्राणीहरूको रक्षाका लागि विश्वव्यापी सहकार्यको आव्हानका साथ यस दिवस मनाइदैछ ।
यस दिवसको सबैलाई अर्थपूर्ण शुभकामना
हाम्रो पात्रोका लागि सुयोग ढकाल
Liked by: