असारे मासमा धान रोपेझैँ खेतमा आऊ हामी पिरती रोपौँ न"
"असारे मैनामा पानी पर्यो रुझाउने"
यस्ता धेरै जनमनमा लोकप्रिय गीत अनि नेपाली जीवनशैली सबैभन्दा व्यस्त मध्येको एउटा महिना हो आषाढ । कृषि अनि कृतीको पर्याय यो महिना एउटा प्रेरक महिना पनि हो । आषाढ सङ्क्रान्तिबाट सूर्य पनि मिथुन राशिमा प्रवेश गर्ने भएकाले यस दिनलाई मिथुन सङ्क्रान्ति भनिन्छ ।
मिथुन सङ्क्रान्तिबाट सुरु हुने आषाढ महिनामा केही विशेष पर्वहरू पर्दछन् । आषाढको कृष्ण पक्षको अष्टमीमा पशुपतिनाथ मन्दिरमा त्रिशूल जात्रा गरिन्छ । त्यसै गरी आषाढ शुक्ल द्वितीयामा जगन्नाथ रथयात्रा निकालिन्छ । आषाढ शुक्ल दशमीबाट चार महिनासम्म चतुर्मास व्रत प्रारम्भ हुन्छ । ल अब यस वर्षको असारमा स्वागत छ, हामी सबैलाई । वर्षाको यो विशेष महिनामा बेलाबेला झ्यालबाट आउने बाछिटाले चिस्यान नल्याओस्, बलेँसीका माटाहरू बगेर नजाउन्, मानो रोपेर मुरी उब्जनी होस् , जय होस्
अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस
के तपाइलाई थाहा छ ?
२०२२ मा मात्र विश्वभरिका २० करोड भन्दा बढी आप्रवासी कामदारहरूले रेमिट्यान्समा निर्भर देशहरूमा भएका आफ्ना करिब ८० करोड परिवारका सदस्यहरूलाई ६२६ अर्ब अमेरिकी डलर कमाएर पठाए । यसरी रेमिटेयान्स मार्फत विश्वभरि धेरैको घर र परिवार चलेको छ र यसरी रेमिटेन्स मा निर्भर सबै परिवारहरूको सहयोग र समर्थनका लागि हरेक वर्ष जुन १६ तारिखमा अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइने गरिन्छ ।
यस दिवसले रेमिटेयान्स पठाउँदा लाग्ने कारोबार को शुल्क कम गर्न र रेमिटेयान्स मार्फत थप वित्तीय समावेशीकरणलाई बढवा दिँदै अनिश्चितताको सामना गर्दा प्रवासी कामदारहरूको महत्वलाई पनि हाई लाइट गर्दछ।
विश्वभरि बढेको रेमिटेयान्स
विगत २० वर्षमा रेमिटेयान्स प्रवाह विश्वभरि नै पाँच गुणाले बढेको छ । आर्थिक मन्दीको समयमा पनि, रेमिटेयान्स प्रवाह जारी रहन्छ किनकि आप्रवासी कामदारहरूले आफ्नो परिवारलाई आर्थिक सुरक्षा दिन सीमापारि आफ्नो मेहनत जारी नै राख्दछन् । सन् २०२१ के तुलनामा सन् २०२२ मा हेर्दा विश्वभरि रेमिट्यान्सको प्रवाह १० दशमलव २ प्रतिशतले बढेको थियो ।
प्रविधिको बढ्दो प्रयोग र अवसरको खोजीमा बिदेसिने मान्छेहरूको लामो लर्कोका कारणले कम विकसित र कम आय भएका देशहरूमा रेमिट्यान्सको प्रवाह बढ्दो छ र यसरी पठाइने रेमिट्यान्सहरुमा अधिकांश अर्थात् ४८ प्रतिशत रेमिटेन्स नै मोबाइल ट्रान्सफरबाट पठाइने गरेको पाइन्छ ।
अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस को नारा
यस कारणले पनि वर्ष २०२३ को अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस को नारा digital and financial inclusion अर्थात् आप्रवासी कामदारहरूले सरल, सहज र सुलभ तरिकाले रेमिटेन्स पठाउन सकुन् भन्ने उद्देश्यले प्रविधि र वित्तीय सेवाको समावेशीकरण भन्ने अर्थ लाग्दछ ।
नेपालमा रेमिटेयान्स
अनौपचारिक रूपमा हुन्डीमार्फत रेमिटेयान्स पठाउने चलन नेपालमा अहिले पनि छ र यद्यपि अहिले आएर रेमिटेयान्स कम्पनी र वित्तीय सेवा प्रदायकहरूको बढ्दो पहुँचसँगै औपचारिक माध्यमबाट देशमा रेमिटेन्स पठाउने चलन बढ्दो छ । हुन्डीमार्फत आएको रेमिटेयान्सले नेपालमा विदेशी मुद्रा आर्जन हुँदैन ।
नेपाल राष्ट्र बैङ्कको तथ्यांक अनुसार चालू आर्थिक वर्ष ०७९ र ८० को पहिलो सात महिनामा ६ खर्ब ८९ अर्ब रुपैयाँ रेमिटेयान्स भित्रिएको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा २७ प्रतिशत बढी हो । यो तथ्यांकले अहिलेको अवस्थामा नेपाल भित्रने रेमिटेयान्स दर वृद्धि हुँदै गएको देखाउँछ । कोभिडपछि रेमिटेयान्स प्रवाहमा वृद्धि भएको हो । कोभिडको अवधिमा वैदेशिक रोजगारीमा रहेका कामदार पनि फर्किए । कोरिया जान तयारी अवस्थामा रहेको कामदार पनि रोकिए । जस कारण रेमिटेयान्स प्रवाहमा स्थिरता थियो । तर, कोभिडपछि नेपालमा मात्रै होइन विश्व नै आर्थिक मन्दीमा छ ।
यद्यपि, मलेसिया, कोरिया, जापान र खाडी मुलुकले कोभिडमा बन्द भएका कलकारखाना सञ्चालनमा ल्याए । उनीहरूले नयाँ–नयाँ परियोजना सञ्चालन गरे । त्यसैले नेपालमा कामदारको माग पनि ह्वात्तै बढेर आएको हुन सक्दछ । पछिल्लो समयमा दैनिक दुई हजार नेपाली युवा वैदेशिक रोजगारीमा गएको वैदेशिक रोजगार विभागको तथ्याङ्क छ र अहिले भइरहेको आर्थिक मन्दीमा व्यवसाय नै बन्द गरेर बिदेसिने युवाहरूको त झनै लर्को नै लागेको छ । गन्तव्य मुलुक पुगेपछि पहिलो दुई महिनाको पारिश्रमिकले कामदारले आफ्नै खाने बस्ने व्यवस्थापन गर्न खर्च गर्छन् । तेस्रो महिनादेखि उनीहरूले नेपाल रकम पठाउन सुरु गरेको पाइन्छ ।
हाम्रो पात्रो रेमिट
नेपालमा रेमिटेयान्स कारोबारलाई सरल र सुलभ बनाउने हाम्रो प्रयासका साथ हामीले हाम्रो पात्रो रेमिट सेवा पनि सुरु गरेका हौँ र आज, हाम्रो पात्रो हामीमाथि विश्वास गरेको र एक हिस्सा भएकोमा त्यहाँका सबै प्रयोगकर्ता र सरोकारवालाहरूलाई धन्यवाद पनि दिन चाहन्छ। नेपाल पैसा पठाउने सबैभन्दा राम्रो तरिका मानिदिनुभएको मा हाम्रो पात्रो रेमिटका सबै प्रयोगकर्ताहरूलाई अनेक धन्यवाद। रेमिट्यान्सले धानिरहेको अर्थतन्त्रका रूपमा रहेको नेपाली परिवेशका लागि आजको यस दिवस असाध्यै महत्त्वपूर्ण छ । रेमिटेन्स अर्थात् विप्रेषणको सम्मान गरौँ र विप्रेषण पठाउने परिवारका सदस्यहरूको कदर गरौँ ।
हाम्रो पात्रोका लागि सुयोग ढकाल
Liked by: