Nimko Paat | Hamro Patro

ब्लग - साहित्य / चाडपर्व तथा दिन विशेष सामग्रीहरू

तेल लगाउने र नीमको पात खाने दिन





तेल लगाउने र नीमको पात खाने दिन
नयाँ वर्ष २०८१ को अनेक तरिकाले नव वर्षको स्वागत गर्ने तयारी भइरहेको छ । अब त वर्ष मात्र नयाँ नभईकन दशक पनि नयाँ भएको छ । नयाँ वर्षलाई स्वागत गर्ने अनेक तरिकाहरू छन् । जसमा नीमको पात खाने र तेल लगाउने तरिका एउटा परम्परागत मान्यता हामी कहाँ छ । जुटशित्तल, सिरुवा, नयाँ वर्ष, नयाँ साल लगायत थुप्रै नामले नव वर्षलाई चिनिन्छ । राजा बिक्रमादित्यले चलाएको सम्वत्को २०८१ औँ संस्करणमा पाइला चाल्दा तपाई हामी सबै साथ छौँ । साल फेरिँदै जान्छन्, शताब्दी थपिँदै जान्छन् । अनि फरक हुँदै जान्छन् सामाजिक आयामहरू । बस मानिस–मानिसबिचको नाता अनि स्नेहमा कमी नआओस्, हाम्रो कामना यही छ । कुनै पनि चाड सुरु हुन अगावै तेल लगाएर उक्त चाडको सुरुवात गर्नु एउटा परम्परागत चलन हो । होली, तिहार लगायत अन्य चाडहरूमा पनि केही दिन अगावै शरीर र कपालमा तेल लगाएर उत्सर्गको औपचारिक सुरुवात गरिन्छ ।

नीमको महत्त्व
नीमलाई तीतो अमृतका रूपमा चिनिन्छ । नयाँ वर्ष सुरु हुन अगावै विगतका वर्षको तितोपनालाई चपाएर आउँदो वर्षको मिठासको पर्खाई लाई नीमको पात खाने चलनले बिम्बका रूपमा बुझाउँछ । अर्कोतर्फ नैरोग्यताको प्रतिकका रूपमा नीम खाने चलन पनि चल्दै आएको छ ।

नीम प्राचिनकाल देखि नै एउटा आयुर्वेदिक औषधि का रूपमा प्रयोग हुँदै आइरहेको छ र यो स्वास्थ्य कोलागि धेरै किसिमले फाइदाजनक छ । नीम, हाम्रो शरीर, छाला तथा कपाल कोलागि अत्यन्तै फाइदाजनक औषधि हो तर यसको तितो स्वादले गर्दा प्रायले यसको सेवन गर्न मनपराउदैनन् । यसको रस या पात चपाउँदा स्वास्थ्यलाई धेरै फाइदा हुने हुँदा यस नयाँ वर्षको अघिल्लो सन्ध्यामा नीमको फाइदा र गुणहरूका बारेमा हामी थोरै जानकारी दिन चाहन्छौँ । नीममा भएको एन्टी इंफ्लेमेट्री तत्‍वले चाया, डण्डीफोर आदिलाई नियन्त्रण गर्नुका साथै यसको नियमित प्रयोगले भविष्यमा समेत यसबाट पर राख्दछ नीमको जुस ले अनुहार तथा शरीरको छालाको रङ्ग निखार्नमा विशेष भूमिका खेल्दछ । नीमको पातहरूको रस र सुद्ध महलाई दुई भाग नीमको रस र एक भाग मह अनुपातमा मिलाएर पिउनाले असाध्यै फाइदा गर्दछ । यसरी नीमको पात चपाउने र तेल लगाउने गर्दा हाम्रो शरीरको भित्री र बाहिरी दुवै तर्फ स्वास्थ्यकर हुने जनविश्वास र प्रमाणित मान्यता छ ।

पौराणिक कालदेखि नै नीमको रुख, यसको फाइदा अनि यस्का बहु प्रयोगका अनेक किस्सा र आयुर्वेदीय दृष्टान्तहरू पाइन्छ । नीमको पात खानाले पेटका रोगहरू हरण हुने र तेल लगाउनाले शरीर थप मजबुत हुने र मुलायम हुने विश्वास छ । आउँदो नयाँ वर्षले सबैलाई मजबुती र स्वास्थ्यकर जीवन प्रदान गरोस् । चिताएको पुगोस् ।
-हाम्रो पात्रोका लागी सुयोग ढकाल 



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.