विश्व रेडियोग्राफी दिवस
पृष्ठभूमि
हरेक वर्षको नोभेम्बर ८ मा विश्व रेडियोग्राफी दिवस मनाइन्छ, विलहेल्म रोईन्टेनले सन् १८९५ मा आजकै दिन रेडियोग्राफीको आविष्कार गरेका हुन् । रेडियोग्राफीलाई सामान्यतया हामी एक्स(रे अथवा विकिरण भनेर बुझ्दछौँ र आधुनिक सरल चिकित्सा प्रणालीमा यसको ठुलो महत्त्व छ । धेरै जनाले रेडियोग्राफीलाई आफ्नो जीवनको लक्ष्य अथवा करियरका रूपमा लिएको पाइन्छ, हामी अस्पताल जाँदा हाम्रो एक्स रे गर्ने रेडियोग्राफी देखि हाम्रो एक्स(रे को रिपोर्ट बनाउने डाक्टर, एम आर आई, सिटी स्क्यान, अल्ट्रासाउन्ड, इकोकार्डियोग्राफी र एनजिओग्राफीजस्ता अत्याधुनिक एक्स रे उपकरणहरू सञ्चालन गर्ने प्राविधिकहरू यस प्रविधिको उदाहरणीय सारथि बनी सक्रिय छन् ।
यस दिन किन मनाइन्छ ?
विश्वभरका रेडियोग्राफरहरूले रेडियोग्राफीलाई क्यारियरको रूपमा प्रवर्द्धन गर्न, आधुनिक स्वास्थ्य सेवामा महत्त्वपूर्ण योगदान र निदान इमेजिङ र विकिरण थेरापीको जनचेतना बढाउने मौकाको रूपमा यस दिनलाई विश्वभरि नोभेम्बर ८ तारिखमा मनाउने चलन छ ।
सान्दर्भिक ह्यासट्यागहरू
रेडियोग्राफरहरूको लागि आफ्नो प्रशंसा साझा गर्दा र सोशल मिडियामा विश्व रेडियोग्राफी दिवस २०२३ को बारेमा कुराकानीमा सहभागी हुँदा, यी सान्दर्भिक ह्यासट्यागहरू प्रयोग गर्ने सकिनेछ ।
#WorldRadiographyDay
#RadiologicTechnology
#MedicalImaging
#HealthcareHeroes
#XRayDiscovery
#PatientCare
#RadiographyMatters
यी ह्यासट्यागहरू प्रयोग गरेर, तपाईं रेडियोग्राफरहरूको योगदानको कदर गर्ने र स्वास्थ्य सेवामा उनीहरूको महत्त्वपूर्ण भूमिकाको बारेमा जागरूकता प्रवर्द्धन गर्ने विश्व समुदायसंग जोडिन सक्नुहुन्छ।
-हाम्रो पात्रोका लागि सुयोग ढकाल
Liked by: