Social Work Dayy | Hamro Patro

ब्लग - साहित्य / चाडपर्व तथा दिन विशेष सामग्रीहरू

सामाजिक कार्य दिवस





यो दिनले सामाजिक सामाज सेवकहरुको कडा परिश्रम र लगनशीलतालाई मान्यता दिन्छ। यस दिन सामाजिक कार्यमा उत्कृष्ट अभ्यासहरू प्रवर्द्धन गर्दै सामाजिक न्याय, मानव अधिकार र सामाजिक विकासको वकालत गर्दै सामाजिक कार्यकर्ताहरूको विश्वव्यापी सङ्गठन इन्टरनेशनल फेडरेशन अफ सोसियल वर्कले समाजसेवाको पैरवी गर्दछन्। सामाजिक कार्यकर्ताहरूले हाम्रो समुदायमा धेरै भूमिकाहरू खेलेका हुन्छन्, आज ती सबै कुरालाई पूनरावोलोकन गरिन्छ ।

यो दिन सामाजिक कार्यकर्ताहरू र सामाजिक सेवा क्षेत्रमा रहेका अन्य व्यक्तिहरूका लागि आफ्ना उपलब्धिहरू मनाउने अवसर हो साथै सामाजिक कार्यकर्ताहरूले कमजोर परिवार र समुदायको जीवनमा खेल्ने महत्त्वपूर्ण भूमिकाको लागि चेतना र समर्थन जगाउने अवसर पनि हो। यो दिवसले पेसा र सामाजिक सेवा क्षेत्रलाई थप योजना, विकास र सहयोगको आवश्यकतातर्फ ध्यानाकर्षण गराउँछ।

यस वर्षको नारा
सन् २०२४ को सामाजिक कार्य दिवसको संघारसम्म आइपुग्दा यस वर्षको सकारात्मक परिवर्तनलाई नेतृत्व गर्न र पारस्परिक सम्मान र दिगोपनमा फस्टाउने समुदायहरूलाई बढावा दिन सामाजिक कार्यकर्ताहरूले खेल्ने परिवर्तनकारी भूमिकाको समयमै संझाउने काम गरेको छ ।

यस अर्थमा नै हुनपर्छ यस वर्षको नारा नै "Shared future for transformative change" अर्थात् रुपान्तरित परिवर्तनका खातिर साझा भविष्य भन्ने रहेको छ।

आजका दिन #WSWD2024 ह्याशट्याग बिश्वभरि व्यापक रुपमा प्रयोग गरिन्छ ।

हामीले विश्व सामाजिक सेवा दिवस मनाउने क्रममा, हामी समानताको सिद्धान्तलाई अँगालौं र समुदाय र प्रकृति मिलेर मिलेर बस्ने भविष्यलाई पैरवी गरौं । यस दिवसको सबैलाई अर्थपूर्ण शुभकामना ।

-हाम्रो पात्रोका लागि सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.