विश्व शहरीकरण दिवस | Hamro Patro

ब्लग - साहित्य / चाडपर्व तथा दिन विशेष सामग्रीहरू

विश्व शहरीकरण दिवस




विश्व शहरीकरण दिवस विशेष अडियो सामाग्री

विश्व सहरीकरण दिवस २०२३
आज ‘विश्व सहरीकरण दिवस २०२३’ विश्वभरि अनेक कार्यक्रम गरी मनाइँदै छ । विश्वमा पछिल्ला वर्षमा कोरोना भाइरस कहर र फैलिँदो सङ्क्रमणका कारण औपचारिक कार्यक्रम भएका थिएनन् ।

आज यूएनहेबिट्को सहजीकरण मा चीनको साँघाई सहरमा विश्वभरिका देशका प्रतिनिधिहरूको संलग्नतामा विश्व सहरीकरण दिवस मनाइँदै छ ।

विश्व सहरीकरण दिवसको पृष्ठभूमि
अक्टोबर ३१, २०१४ मा पहिलो सहरीकरण दिवस मनाइएको थियो । सन् २०२२ को विश्व सहरीकरण दिवस नवौँ संस्करण हो ।
अक्टोबर महिनालाई अर्बन अक्टोबर भनिन्छ, सहरी महिनाका रूपमा अक्टोबर मासको अन्तिम दिनलाई सहरीकरण दिवसका रूपमा मनाइन्छ । उत्कृष्ट सहर, उत्कृष्ट जीवन भन्ने सोचलाई मध्यनजर गरी हरेक वर्षको अक्टोबर ३१ को दिन विश्वभरि सहरीकरण दिवस मनाइन्छ । सन् २०१४ मा चीनमा ‘प्रमुख सहरी रूपान्तरण’ भन्ने नाराका साथ पहिलो सहरीकरण दिवस मनाइएको थियो ।

गाउँ र सहर
गाउँको छुट्टै मौलिक पहिचान हुन्छ । तर, सहर भन्ने बित्तिकै सबैको अनुमानमा सुविधा सम्पन्न संसार भन्ने धारणा हुन्छ । सहर एक ठुलो मानव समुदायलाई व्यवस्थित आवास, यातायात, स्वच्छता, उपयोगिता, भूमिको उपयोग र सञ्चारका लागि व्यापक सुविधायुक्त जगत् हो । सहरीकरण भन्नाले एक स्मार्ट र हरियो सहर बनाउने भन्ने मात्र पनि हैन, यो त सांस्कृतिक, सामाजिक, आर्थिक र राजनीतिक जगको स्थापना गर्नु पनि हो ।

अन्तर्राष्ट्रिय समुदायको हितलाई बढवा दिन विश्वव्यापी सहरीकरणको अवसरहरू भेट्न, सहरीकरणको चुनौतीहरू सम्बोधन गर्न, गाउँ र सहरहरूबिचको सहयोग बढाउन र सहरी विकासका लागि योगदान पुर्‍याउन विश्व सहरीकरण दिवस मनाइन्छ ।

सन् २०२३ को सहरीकरण दिवसको नारा चाहिँ Financing sustainable urban future for all” हो । सहरीकरण दिवसको अर्थपूर्ण शुभकामना ।

-हाम्रो पात्रोका लागि सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.