पूर्व मेची वाट पश्चिम महाकाली चल्ने द्रुत रेलमार्गवाट भर्खरै ईलामवाट रेल चढेर म काठमाडौ अफिस भ्याउन ९ बजे विहानै आईपुगेको छु । नेपालले विश्वकप फुटबल जितेको समाचार त तपाँईले थाहा पाईहाल्नुभयो होला, अनि आज भर्खर विदेशमा रहेका नेपाली दुतावास अगाडी विदेशी हरुको प्रदर्शन रहेको जानकारी प्राप्त भएको छ । नेपाली भिसा लिन अत्यन्त गाह्रो भएको उनिहरुको गुनासो छ ।
हाहा पत्याउनुभयो । नेपालको सर्वाधीक डाउनलोड भएको मोबाईल एप्स हाम्रो पात्रो आज अप्रिल फूल अर्थात विश्व मुर्ख दिवसको शुभकामना दिन चाहन्छ, हाम्रा सबैजना प्रयोगकर्ताहरुलाई । अप्रिल फूल अर्थात अप्रिल महिनाको प्रथम तारीख, आज विहानै देखि विभिन्न बहानामा झुक्याउने, ठट्टा गर्ने अनि रमाईलो गर्ने चलन छ है ।
वर्ष सन् २०२१ को अप्रिल फुलको सन्दर्भ अलिक रोचक छ । आफ्नो घरबाहिर ननिस्क, नदेखिने भाइरसले समाउन सक्छ, मृत्यूवरण गर्नपर्ने हुनसक्छ भन्ने तर्कहरु सन् २०२० भन्दा अगाडिका वर्षहरुमा मजाक जस्तो लाग्ने थिए भनें सन् २०२१ मा यिनै कुराहरु मजाक नभई सत्य सावित भएका छन् ।
नेपालका हकमा पछिल्ला दुई दशकदेखि गाईजात्रा र अप्रिल फुलको मुख्य विषय हुने मेलम्चीको पानी भनें यसवर्ष साँच्चै राजधानीका घरहरुमा वितरण नै हुन थालेका छन् । यस अप्रिल फुलले केहि पार्ट टाईम उपलव्धी र केहि फुल टाइम हाँसो नदिएको भनें छैन ।
सावधान रहनुहोला, विहानै गोठमा भएको गाई फुकेर पारी गाँउमा अर्काको कान्लामा चर्दै छ भनेर सुनाएको भरमा हाम्रा गाँउका माईला बाजे आफ्नो गोठ नहेरि सखारै दोडिएछन् । बुढो ज्यान, थाकेको शरीर तर पनि दुहुनो गाई हराउला भन्ने तर्कना, त्यस वर्ष बाजेलाई अप्रिल फूलले विहान विहानै छोएको थियो ।
रमाईलो आफ्नो ठाँउमा छ तर यसका नराम्रा पक्षहरु पनि आफ्नै ठाँउमा छ । अप्रिल फूललाई बेमौसम मजाकको गैरजिम्मेवार भाँडो मान्ने केही अबुझहरुका कारणले अप्रिल फूलको नमिठो याद पनि भएको हुनसक्छ । ज्यूँदै मान्छेलाई मर्यो भन्ने अफवाह फैलाईदिने, नभएको विपत्ति आईलाग्यो भनेर हल्ला मचाईदिने अनि अन्य कुराहरुमा हाहाकार मचाईदिने भने यस दिनका नराम्रा पाटाहरु हुन् । हाम्रो पात्रो प्रयोगकर्ता तपाई भने सचेत रहनुहोला ।
यो अप्रिल फूल किन मनाउन थालियो भन्ने विश्वासिला कारणहरु भेटिदैन् । बोस्टन यूनिभरसिटीका प्राध्यापक जोसेफ बस्किनका अनुसार रोमन राज्यमा कन्सटेनटाईनको शाषन रहेका वेला, आजकै दिनमा कैदि एवं अपराधीरुलाई एक दिनका लागी राज्य चलाउन दिईएको थियो ।
यसै दिनको सम्झनामा हरेक वर्ष अप्रिल फूल अर्थात मुर्ख दिवस विश्वभरि मनाउन थालिएको मान्यता छ । लगभग यसै समय आसपासमा हिन्दु चन्द्र क्यालेण्डरमा होली, ज्वीस अर्थात यहुदीहरुको क्यालेण्डरमा पुरीम र रोमनहरुको क्यालेण्डरमा अतिस पर्व पर्दछन् । मार्चको मध्यवाट र अप्रिलको प्रथम साता विचमा यी पर्वहरु पर्ने गर्दछन् । बसन्त क्रृतुको आगमनको स्वागतार्थ अप्रिल फूल एउटा महत्पूर्ण दिन हो, हामीमध्य धेरैको संझना अप्रिल फूलसँग जोडिएको हुनसक्छ, हैन र ?
ईतिहास र चलनहरु नियाल्ने हो भने अप्रिल फूलले सन् १७०० पछाडी विश्वब्यापी रुप लियो जब अँग्रेजी हास्य लेखक अनि कलाकारहरुले यसलाई अभिब्यक्त अनि आआफ्ना रचनामा उतार्न थाले । बेलायती, स्पेनिश, पोर्चुगिस अनि नेदरल्याण्डको उपनिवेशको वुद्धि सँगै मान्यता पाँउदै गयो ।
सन् १९५७ मा त बिबिसी ले नै स्वीस किसानहरुले रुखवाटै चाउचाउ टिपेको भिडियो देखाईदिएर आजको दिन संसारलाईनै नयाँ वाली आयो भनि झुक्काएको थियो । विभिन्न सञ्चार माध्यमहरुले पनि आजको दिनमा डर त्रास फैलाउने भन्दा पनि आशालाग्दा भ्रम अनि खबर फैलाएर आजको दिन मनाउदछन् ।
विधालयमा छँदा साथीहरुको पछाडी कागजको पुच्छर जोडिदिने, ट्वाईलेटमा थुनिदिने, ब्याग र कापीहरु लुकाईदिने, पेन भित्रको रिफिल लुकाईदिने, खाली चकलेटको खोलमा मसिनो पत्थर राखेर दुरुस्त चकलेट जस्तो बनाएर बाटोमा छाडिदिने जस्दा धेरै क्रियाकलापहरु गरेका यादहरु पनि छन नि , कि कसो ?
मुर्ख र सज्जन एक्आपसमा वाँझिएका शब्दहरु हुन् । आज मुर्ख दिवस हो , विश्व मुर्ख दिवस् । आत्मसाथ गरौ, कालिदासको ज्ञान अनि काब्यलाई तर स्मरण गरौ उनि पहिले कति मुर्ख थिए भन्ने कुरा । बाल्मीकीलाई संभmना गरौ जो पहिले रत्नाकर डाँकु थिए अनि हामी आफैलाई याद गरौ न ।
बच्चामा गरेका मुर्ख कामहरु लाई, मुर्खपना नराम्रो हैन तर यसवाट सिक्न अनि अगाडी वढ्न जरुरी छ । आज बोलेका झुठ या मुर्ख बनाउने शब्दलाई चोट नपूर्याओस्, मुर्ख वनाउनुहोस तर हसाउन नभुल्नुहोस् । अप्रिल फूल हाउसफूल होस् ।
हाम्रो पात्रोका लागि सुयोग ढकाल
Liked by: