दुर्लभ वन्यजन्तु प्रजातिको संरक्षण गरौं
विश्व वन्यजन्तु दिवस सन् २०२१
'Forests and Livelihoods Sustaining People and Planet'
संयुक्त राष्ट्र संघको ‘सस्टेनेवल डिभेलपमेन्ट गोल्स’ अर्थात् दीर्घकालीन विकास लक्ष्यको १, १२, १३ र १५ मा श्रोतहरुको दीर्घकालीन प्रयोग, गरिबी निवारण र भू–प्राणी संरक्षणका सवाल पर्छन् । यसै लयअनुरुप विश्व वन्यजन्तु दिवसको खाका तयार भएको हो ।
विश्वमा ३५ करोड भन्दा बढी मानिस जंगलको आडमा र त्यसमा आश्रित हुँदै जीवन चलाउँछन् । उनीहरु आफ्नो जिविकोपार्जन, ओखती र इन्धन निम्ति जंगलसँग आश्रित छन् । वन्यजन्तुको संरक्षण भनेको मानवका दीर्घकालीन अवस्थितिको मुख्य आधार हो । यही तथ्यलाई आत्मसात् गर्दै विश्व वन्यजन्तु दिवसको प्रारुप तयार भएको हो । विश्वमा पाइने सम्पूर्ण जंगली जनावर र रुख–बिरुवाहरुबारे सचेतना जगाउन अनि तिनको संरक्षण सम्वर्धन गर्न हरेक वर्ष विश्व समुदायले मार्च–३ तारिखका दिनलाई विश्व वन्यजन्तु दिवस मनाउँछ ।
यो वर्षको नारा 'Forests and Livelihoods : Sustaining People and Planet'
अर्थात् ‘जंगल र जीवीकोपार्जन: प्राणी र पृथ्वीको दीर्घकालीन अवस्थिति’ तय भएको छ । कोरोना भाइरसपछिको अवस्थामा मानिस र प्रकृतिबीच बढेको दूरीलाई पनि यो वर्षको वन्यजन्तु दिवसले सम्वोधन गर्ने अपेक्षा गरिएको छ ।
विश्वमा भएका हरेक प्राणी अनि विरुवाको लागि यो पृथ्वी साझा थलो हो, सबै प्राणी र बिरुवाहरुको सुरक्षा, सम्वर्धन अनि उपस्थिति मानवको दायित्व हो । वन्यजन्तु चोरी शिकारी, पैठारी अनि तस्करहरुको सक्रियताले नेपालमा पनि धेरै जनावरहरु र बिरुवाहरुको विनाश भएको भएको छ । दुर्लभ जनावर मारिएको वा नासिएको इतिहास छ । अनि बासस्थान अतिक्रिमण र विनासका कारण पनि वन्यजन्तु लोप हुँदै जाने स्थिति छ ।
विश्व पर्यावरणको इको–सिस्टममा हरेक प्राणीहरुको आ–आफ्नै महत्व र योगदान छ, तसर्थ सबै प्राणीहरुको सुरक्षा आजको आवश्यकता हो । मानव जीवनको दीर्घकालीन उपस्थितिका लागि पनि वन्यजन्तु र बिरुवाहरु सबैको रक्षा गर्न जरुरी छ ।
संयुक्त राष्ट्रको सदस्य राष्ट्र थाइल्याण्डको पहलमा सन् २०१३ को एक सम्मेलनमा जङ्गली जनावर तथा बिरुवाको अन्तर्राष्ट्रिय व्यापारबारे बहस भएको थियो । त्यो बहसमा जङ्गली जनावर तथा बिरुवाहरुको अन्तर्राष्ट्रिय ब्यापार विषयमा अनि संसारमा भएका ३५००० भन्दा बढी जनावर र बिरुवाको प्रजाति संरक्षण गर्न कदम मात्र भएको भनी निर्णय लिइएको थियो । त्यो बहसको निस्कर्षलाई CITES अर्थात् Convention on International Trade in Endangered Species भनी नाम दिइएको थियो ।
ऋक्ष्त्भ्क् को अनुसार, अन्तर्राष्ट्रिय ब्यापारकै कारण लगभग ५००० प्रजातिका जनावरहरु र २९२०० प्रजातिका बोट विरुवाहरु लोप हुने अवस्थामा छन् । यी जनावर र विरुवाहरुलाई खतराको सीमामा पर्न नदिन र अन्तर्राष्ट्रिय व्यापारले धेरै हदसम्म नियन्त्रण गरेको पनि पाइन्छ । आजको दिन ती लोप हुन सक्ने प्रजातिहरुको नियन्त्रणमा CITES को उत्साहपूर्ण योगदानलाई सम्झना गर्नुपर्ने दिन हो ।
नेपालमा पनि दुर्लभ प्रजातिका अनेकन जीवजन्तुको बास छ । तर, मानव अतिक्रमण र बासस्थान विनासले तिनको अस्तित्व लोप हुने हो कि भन्ने खतरा पनि छ । तिनको संरक्षण निम्ति पनि समाजमा जनचेतना जगाउनु उत्तिकै जरुरी हुन्छ । विश्व वन्यजन्तु दिवस जनचेतनाका निम्ति उपयोगी हुन सक्छ ।
यो वर्षको विश्व वन्यजन्तु दिवसको नारा भने पृथ्वीका सबै जीवहरुको सुरक्षा भन्ने छ । विश्वको जैविक विविधता संरक्षण गर्न यो दिवसको विशेष महत्व छ । यो विश्व मानवका लागि मात्र हैन, धर्तीमा रहेका हरेक सजीव–निर्जीव प्राणीहरुको पनि मानवकै जत्तिको अधिकार छ । मानव जाति सामाजिक र चेतनशील प्राणी भएकाले त्यो कर्तव्य पनि हाम्रै हो । वन्यजन्तुको विकास संरक्षण र उत्थानमा खटिरहेका सबैलाई सम्झना र सम्मान र आगामी दिनहरुका लागि शुभ कामना
हाम्रो पात्रोका लागि सुयोग ढकाल
Liked by: