धनु संक्रान्ति | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा विशेष दिनहरू

धनु संक्रान्ति




धनु संक्रान्ति विशेष अडियो सामग्री

जाडो, गर्मी, चिसो तातो, बर्षा अनि हिउँद यी सबै सूर्यको अवस्थिती र पृथ्वीको घुमाईमा भर पर्दछ, वैदिक सनातन हिन्दू महिना आजबाट नवौ महिना पौषमा लाग्दैछ र सूर्य आजबाट धनु राशीमा प्रवेश गर्दैछ । दिनहरु अब बिस्तारै छोटा छोटा हुँदैछन् भने रातहरु लामा लामा हुँदैछन् । एउटा भनार्इ छ नी पुष फासफुस अर्थात छिट्टै बित्ने छोटा दिनहरुका रुपमा लिईन्छ । अब यो महीना मकर संक्रान्तिमा जोडिन्छ र यो पावन संक्रान्तिमा विभिन्न तिर्थहरुमा गएर र विशेषतः नदि किनारमा डुबुल्की मार्दै पापमोचन र पूण्य प्राप्तीगर्ने चलन छ । यसरी गरिने स्नानलाई संक्रमण स्नान भनिन्छ ।

|तातो तातो लुगा अनि तातो तातो खानेकुरा अब सबैको प्यारो भईसक्यो, गर्मीमा घाम उति प्यारो थिएन तर बिस्तारै पारिला घामका किरणहरु सर्वप्रिय भएका छन् । चौरमा बसेर घाम ताप्ने अनि बदाम छोडाउँदै खाने भीडहरु प्रसस्तै देखिन्छ, चिसो पेय पदार्थहरुको विक्रिवट्टा घटेर गएको छ र टीभी रेडियोहरुमा यस्ता कुराका विज्ञापनमा कमी आएको छ । यस्ता रसायनीक तथा अप्राकृतिक स्वादका पेय पदार्थ स्वास्थ्यकालागि हानिकारक छन् । त्यस्तै छाला फुट्ने, शरिरका पुराना छालाका पत्रहरू झरेर नयाँ छाला अाउने समय भएकाले विभिन्न छाला सुरक्षा सम्बन्धि विभिन्न क्रिम अनि हिँउदमा चाहिने अन्य विभिन्न कुराहरुका बारेमा विज्ञापन आउन थालेको छ ।

अनि हिँउदमा आफ्नो हेरविचार अलि बढी गर्न जरुरी हुन्छ । चिसो लागेमा खोकी अनि निमोनियाजस्ता संक्रमण हुने संभावनाबाट बच्न धेरै न्यानो हुन जरुरी छ ।

आजका सक्रान्ति तिर्थाटनकालागि एकदमै जरुरी छ, आजकै दिन श्रीकृष्ण मथुरा गएको र हिंसक मामा कंसको संहार गर्ने क्रम अगाडी बढेको जनविश्वास रहेको छ । भागवत पुराणका अनुसार आज कंशले कृष्ण र बलरामलाई धनुयात्रामा निमन्त्रणा दिएर मार्ने योजना गरेका थिए । आजका दिन सूर्य देव र भगवान शिवको पूजा गरिन्छ । सूर्यलाई विभिन्न प्रकारको अर्घ अनि प्रसादहरु चढाउने अनि शिवलाई नैवेद्य तथा सुगन्धित पुष्पहरु चढाउने गरिन्छ ।

यस पुष महिनामा सबैको जय होस्, शुभकामना!

---
हाम्रो पात्रोको लागि सुयोग ढकालले तयार पार्नुभएको ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.