कार्तिक स्नान र आकाशदीप दान आरम्भ | विश्व शहरीकरण दिवस | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा विशेष दिनहरू

कार्तिक स्नान र आकाशदीप दान आरम्भ | विश्व शहरीकरण दिवस




कार्तिक स्नान र आकाशदीप दान आरम्भ विशेष अडियो सामाग्री

बडा दशैंको समापनसँगै आजबाट कार्तिक स्नान प्रारम्भ हुँदैछ, आश्विन शुक्ल पूर्णिमाको दिन महालक्ष्मीको आराधना गरेर राती जाग्राम बसेसँगै औपचारीक रुपमा बडा दशैंको समापन हुन्छ । आश्विन शुक्ल प्रतिपदाबाट शुरु भएको दुर्गा पक्ष आजका दिनबाट औपचारीक रुपमा अन्त भएको छ । आजका दिन सन्ध्याकालमा घरघरमा दिप प्रज्वलन गरेर जाग्राम  बसे लक्ष्मी माता त्यो घरमा धनधान्य र ऐश्वर्यका साथ प्रवेश गर्ने धार्मिक मान्यता छ । लक्ष्मीपुजा भन्दा ठिक १५ दिनअघि यस आराधना गरिन्छ, यसरी दिप बनाँउदा बाँसको लामो लिंगोलाई त्यसको टुप्पामा कागज लगायतले बेरेर त्यहाँ बत्ति बाल्ने अनि ठड्याउने चलन छ । यी बत्तिहरु श्री हरिको समर्पणमा बालिन्छ । यसरी आकाशतर्फ ठड्याएर बालिएका बत्तिहरु हरेक घरका आँगनमा राखिन्छन्, यसरी नक्षत्रतर्फ ठड्याइएका बत्तिहरुका लस्करले समग्र गाँउनै दुधिलो प्रकाशमा रंगीएको देखिन्छ । यि बत्तिहरुलाई आकाशेबत्ति भनिन्छ, आजका दिन आकाशेदीप प्रज्वलन गरिने दिन पनि हो, यस पूर्णिमालाई कौमुदी पूर्णिमा भनिन्छ, यसरी दुधिलो प्रकाश मुनी बसेर जुवातास खेल्ने चलन पनि आजको दिन प्राचिन कालबाटै शुरु भएको मानिन्छ ।

आश्विन शुक्ल पूर्णिमा देखि कार्तिक शुक्ल पूर्णिमा सम्म स्नान गरि घरघरमा विशेष रुपमा विधीविधान पूर्याएर गरिने तुलसीपूजा पनि आजैदेखि शुरु भएको छ । यसरी कार्तिक स्नानको शुरुवात भएसँगै हरेक दिन सूर्योदय अघि नै तुलसीको पूजा गरिसक्नु पर्ने मान्यता छ ।

कार्तिक स्नान गर्नेले आजदेखि कार्तिक शुक्ल पूर्णिमासम्म दुई दल भएका मास, मुगी, मुसुरो, चना, भटमास आदि अन्न खान नहुने शास्त्रीय मान्यता छ । कोजाग्रत पूर्णिमाका अवसरमा स्वयम्भू चैत्यमा महादीप दान समेत गर्ने गरिन्छ ।

कार्तिक स्नानको शुरुवात, आकाशेदिप प्रज्वलन आजबाट शुरु भयो, मुख्यतया दुर्गा पक्षको समापनलाई दर्शाउने आजको दिनमा दुर्गाको लक्ष्मी स्वरुपको अर्चना गरिँदै जाग्राम गरेर भजन किर्तन गर्दै मनाइन्छ । अब हिँउद शुरु भइसक्यो, शीतका थोपाहरु खस्न थालेका अनि रातहरु छोटा हुन थालेका छन्, दशैंको अन्तसंगै अब तिहारका दिनहरुको हामी सबैलाई प्रतिक्षा छ ।

सबैको जय होस्

विश्व शहरीकरण दिवस


गाँउ अनि खेतहरु क्रमश बिकासको नाममा शहरका सिमेन्ट अनि पिचका संरचनाहरुमा परिणत भइरहेका छन्, शहर बिकासको घोतक त होला तर शहरीकरण ब्यबस्थित र मर्यादित हुन जरुरी छ । यसै परिवेशमा विश्व शहरीकरण दिवसको खाँका तयार पारिएको हो ।

उत्कृष्ट शहर, उत्कृष्ट जीवन" भन्ने सोचलाई मध्यनजर गरेर हरेक बर्षको अक्टुबर ३१ को दिन विश्वभरि शहरीकरण दिवस मनाइन्छ। सन् २०१४ मा चीनमा "प्रमुख शहरी रूपान्तरण" भन्ने नाराका साथ पहिलो शहरीकरण दिवस मनाइएको थियो। यस वर्ष सातौं शहरीकरण दिवस हो, यस वर्ष सन् २०२० मा कोरोना संक्रमण जोखिमको त्रासका कारणले शहर अनि गाँउहरुको नयाँ खाकाको पैरवी गरिने बताइएको छ । यस वर्षको नारा भनें आफ्नो शहर र समुदायलाई जोगाएर राखौं र महत्व दिऔं भन्ने रहेको छ ।

गाउको छुट्टै मौलिक पहिचान हुन्छ। तर, शहर भन्ने बित्तिकै सबैको अनुमानमा "सुबिधा सम्पन्न संसार" रहेको हुन्छ। शहर एक ठूलो मानव समुदायलाई व्यवस्थित आवास, यातायात, स्वच्छता, उपयोगिता, भूमिको उपयोग, र संचारको लागि व्यापक सुविधायुक्त जगत हो। शहरीकरण भन्नाले एक स्मार्ट र हरियो शहर बनाउने भन्ने मात्र पनि हैन, यो त सांस्कृतिक, सामाजिक, आर्थिक र राजनैतिक जगतको स्थापना गर्नुपनि हो।

अन्तर्राष्ट्रिय समुदायको हितलाई बढावा दिनको लागि विश्वव्यापी शहरीकरणको अवसरहरू भेट्न, शहरीकरणको चुनौतिहरुलाई सम्बोधन गर्न, देश र शहरहरु बीचको सहयोग बढाउन र शहरी विकासको लागि योगदान पुर्याउन विश्व शहरीकरण दिवस मनाइन्छ।

हाम्रो पात्रोका लागि सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.