Hamro Neutrality Day | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा विशेष दिनहरू

अन्तराष्ट्रिय तठस्थता दिवस





यूएन चार्टरको आर्टिकल २ मा संयूक्त राष्ट्रसंघका हरेक सदस्य राष्ट्रलाई आफ्नो अन्तराष्ट्रिय बिवाद र मुद्धाहरु शान्तिपूर्णरुपमा कुनै दबाब र चुनौति श्रृजना नगरि सुल्झाउन आव्हान गरिएकोमा यस बुँदालाई संयूक्त राष्ट्र संघको महासभाले आफ्नो ७१ ३७५ रेसुलेसनमा पनि मान्यता दिएको छ ।

शान्तिका लागि तठस्थताको आवश्यक्तालाई ध्यानमा राख्दै हरेक वर्ष संयूक्त राष्ट्र संघले आफ्ना सदस्य राष्ट्रहरु मार्फत यस दिवस डिसेम्बर १२ तारिखमा मनाँउदछ । राष्ट्रहरुको आन्तरिक नितिमा तठस्थताको सिद्धान्त लागु गर्न सके मात्र विश्व शान्तिको नारा गुञ्जायमान रहन्छ भन्नेमा राष्ट्रसंघको बिश्वास रहेको पाइन्छ ।

राष्ट्रसंघको मुख्य कार्यहरुमा कुटनिति प्रम्ुख मध्य पर्दछ, राष्ट्रसंघले तठस्थताको पैरवीका साथै रोकथामक कुटनितिको पनि पैरवी गर्दै आएको छ । आसन्न भारत पा बिवाद, मध्यपूर्व र पश्चिमा देशहरुको तनाव, उत्तर दक्षिण कोरिया बिवाद लगायतहरुमा राष्ट्रसंघले तठस्थताको पैरवी र मध्यस्तताको कार्य गर्दै आएको छ ।

विश्व शान्तिका लागि तठस्थताको पैरवी गर्नका लागि आज यस दिवसको रुपरेखा तयार पारिएको हो । विषेशगरि विश्वयूद्धताका ध्रुविकृत भएका देशहरुमा विश्व परिवेश भन्दा पनि गुठबन्दी र समुह को प्रभाव बढि देखिएको थियो । अबको विश्वमा सबै राष्ट्रहरुको सार्वभौमिक्ताको पहिचान स्वीकार गर्दै तठस्थ र शान्तिमैत्री विश्व समाजको अवधारणा यस दिवसले अघि सारेको छ ।
फेब्रुअरी २ सन् २०१७ मा राष्ट्रसंघले टुर्कमिनिस्तानलाई सन् १९८५ डिसेम्बर १२ देखिको स्वतन्त्र राष्ट्र को मान्यता दिएको हो, तसर्थ डिसेम्बर १२ लाई तठस्थता दिवसको रुपमा मनाउन थालिएको हो ।

साना ठूला सबै राष्ट्रहरुको स्वतन्त्रता कायम होस्, शुभकामना ।

हाम्रो पात्रोका लागि सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.