विश्व नेवाः दिवस | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा विशेष दिनहरू

विश्व नेवाः दिवस





हरेक वर्षको मार्च महिनाको अन्तिम शनिबारलाई ‘विश्व नेवाः दिवस’का रूपमा मनाइन्छ । यो दिवस सन् २०१८ बाट मनाउन शुरु गरिएको हो । यो वर्षको विश्व नेवाः दिवसमा नेपाली छातामुतिका हरेक भाषा, संस्कृति र पहिचान बोकेका सबैलाई स्वागत छ ।

काठमाडौं उपत्यका मूलथलो भएको नेवार समुदाय एउटा मूलबासी भाषिक समुदाय हो । सांस्कृतिक रूपले निकै सम्पन्न यो समुदायको आफ्नै भाषा र लिपि छ । त्यतिमात्र हैन, नेपालमा सबभन्दा बढी खानाका प्रकार नेवाः समुदायमा नै प्रचलित छन् ।

नेवास् साहित्य, कला र संस्कृतिको सम्मान र यसको महत्वलाई अन्तर्राष्ट्रियकरण गर्न हरेक वर्ष मार्च महिनाको अन्तिम शनिबारलाई ‘विश्व नेवास् दिवस’ मनाउन थलिएको हो । आज चौथो नेवास् दिवस हो । आजको दिन वल्र्ड नेवास् अर्गनाइजेसनले काठमाडौँमा विशेष कार्यक्रम गर्दछ भने विश्वको कुना कन्दरामा बस्ने नेवास् समुदायले विभिन्न कार्यक्रम गरी दिवस मनाउने गर्छन् ।

यो वर्षको नेवाः दिवस मनाउने सन्दर्भमा वल्र्ड नेवाः अर्गनिजेशनका नेपाल च्याप्टरले चैत १४ मा बसन्तपुर डबलीमा औपचारिक कार्यक्रम गर्ने जनाएको छ । विश्वभर फैलिएर बसेका नेवारहरुलाई एकताबद्ध बनाउने उद्देश्यले आयोजना हुन लागेको यो दिवसमा काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य प्रमुख अतिथि रहने बताइएको छ ।

उक्त कार्यक्रममा नेवाः समाज र नेपाल भाषाको विकासमा उल्लेख्य योगदान दिने आठ विशिष्ठ व्यक्तित्वलाई सम्मान गरिने चौथो विश्व नेवाः दिवस, नेपाल ११४१ का मुख्य संयोजक सुरेन्द्रभक्त श्रेष्ठले केही दिनअघि आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभएको थियो ।

नेपाल र चीन दुबै मोहडाबाट सगरमाथाको सफल आरोहण गरेर वल्र्ड बुक अफ रेकर्डमा नाम राख्न सफल पत्रकार कल्पना महर्जनलाई पनि उक्त कार्यक्रममा सम्मान गरिने भएको छ । यसैगरी ‘विश्वका नेवार  'चुनौती र अवसर’ विषयमा आयोजना गरिने बहस कार्यक्रममा नेवार अगुवाहरू मल्ल के. सुन्दर, परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ र डा. महेशमान श्रेष्ठ प्रमुख वक्ता रहनेछन् ।

कार्यक्रममा नेपाल भाषा साहित्य क्षेत्रमा विशेष योगदान दिने नेवार पुर्खाहरूको तस्वीरको प्रदर्शनी, नेवाः परिकारको स्टल, सांस्कृतिक कार्यक्रम र मञ्चको विविध गतिविधिहरू समेटिएको स्मारिकाको पनि विमोचन गरिने बताइएको छ ।

हुन त, अनेक किसिमका चाडपर्व मनाउँदै आएका नेवारहरूलाई यो नयाँ चाडको आवश्यकता किन भन्ने प्रश्न स्वभाविक रूपमा उब्जिन सक्छ । अझ नेवाः दिवस भनेर मनाउने नै भए नेवारहरूका चाडपर्वहरूमध्ये कुनै चाडलाई छानी त्यही दिनलाई विश्व नेवाः दिवस भनी मनाए पनि नहुने होइन ।

यो दिवस मनाउनुको मुख्य तात्पर्य नै विश्वभरका नेवारहरूलाई एक ठाउँमा ल्याई नेवार भाषा, संस्कृति र अधिकारका लागि आवाज उठाउने एउटा माध्यमका रूपमा विकास गर्नु हो । यो दिवस मनाउनुको अर्को उद्देश्य विशेष गरी प्रवासमा रहेका नेवार समुदायबीच सम्पर्क बिस्तार गर्ने डबलीको रूपमा विकास गर्नु हो ।

नेपाल बाहिर पनि नेवारहरूले विभिन्न चाडपर्वहरू मनाउँदै आएका छन् । हाल अमेरिकाका नेवारहरू येँयाःपुन्हि, सिथिनखः, सापारु, पाहांचःह्रे, यःमरिपुन्हि आदि चाडहरू मनाउँदै आएका छन् । त्यसैगरी क्यानाडा, अष्ट्रेलिया, जापान र यूरोपका विभिन्न देशहरूमा यी विभिन्न चाडपर्वहरू मनाउने क्रम बढ्दो छ ।
नेवार समुदाय रहेका प्रायः देशमा वर्षेनि म्हपूजा मनाउने चलन यसअघि नै चलेको थियो । यी चाडपर्वमा सम्पूर्ण कार्यक्रम सांस्कृतिक गतिविधिमा केन्द्रित हुन्छन् । यी दिनहरूमा भाषा, संस्कृति वा हक अधिकारबारे विचार–विमर्श गर्न कम मात्र समय हुने गर्दछ ।

त्यसकारण यी कार्यका लागि कुनै अलग दिन खोजी भाषा र संस्कृतिबारे विचार–विमर्श गर्ने, सचेतना जगाउने कार्य गर्न सकिन्छ कि भन्ने उद्देश्यले विश्व नेवाः दिवस मनाउने शुरुवात सन् २०१८ देखि सुरु भएको हो ।

सन् २०१८ मा विश्व नेवाः दिवसको दिन विश्वका २२ देशहरूमा अनेक कार्यक्रम गरी मनाइएको थियो । त्यसैगरी यो वर्ष पनि नेपाल, अमेरिका, क्यानाडा, बेलायत, हङकङ, अष्ट्रेलिया, यूएइ, पोर्टुगललगायत देशमा यो दिवस भव्यताका साथ मनाइँदैछ ।
आजको दिन बिहान ८ बजे नेवास् समुदायका मानिसहरूले सांस्कृतिक -यालि आयोजना गर्दैछन् । यो -याली राष्ट्रिय सभा गृहमा आएर तेश्रो विश्व नेवा सम्मेलनमा टुंगिनेछ । यसअघि विदेशतिर भइरहेको यो नेवा सम्मेलन यसवर्ष भने नेपालमै भएको हो ।

नेवास् समुदायमा आइरहेको बिभिन्न समस्याहरूलाई पनि आजको दिवसले प्रकाश पर्छ । काठमाडौँ उपत्यकाको स्थानीय जनता, संस्कृति र सम्पदाहरूलाई विकासको नाममा विस्थापित गर्न खोजिएको समस्याहरूबारेमा पनि आजको दिन बिशेष छलफल हुने गरेको छ । नेवाः समुदाय सांस्कृतिक रूपले निकै सम्पन्न समुदाय हो । हाम्रो संस्कृतिको रक्षा गरौं ।

हाम्रो पात्रोका लागि सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.