अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा विशेष दिनहरू

अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस





पाठकवृन्द आजको दिन एउटा विशेष दिन हो । हाम्रो पात्रो परिवारले यो दिनलाई अझ विशेष किन मान्दछ भने यो दिनले नेपालमा मात्र होइन, विश्वभर महिला हिंसाको अन्त्य गर्न वकालत गर्छ । विश्वभर गरिएका विभिन्न अध्ययनहरुले अहिले पनि प्रत्येक तीन महिलामा एक महिलामाथि हिंसा भएको तथ्याङ्क सार्वजनिक गरेका छन् । अनि आजको दिन हो, अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस ।

अन्तर्राष्ट्रिय महिला दिवस र आजको दिनमा केही भिन्नताहरु छन् । विश्वभर अन्तर्राष्ट्रिय महिला दिवस ८ मार्चमा मनाउने गरिएको छ । महिला हिंसा अन्त्य दिवस आजको दिन मनाउने गरिए पनि यो १६ दिनसम्म चल्ने कार्यक्रम हो । आजदेखि १० डिसेम्बरसम्म चल्ने विभिन्न अभियान, कार्यक्रमहरु सन्चालन हुन्छन् ।

यस वर्ष हामीले यही अभियानमा जोडिएर विश्वभर नाम कमाएकी भारतीय अभियन्ता कमला भासिनलाई गुमाएका छौँ । सन् १९४६ मा जन्मिएकी कमला भासिनको निधन २५ सेप्टेम्बर २०२१ मा भएको थियो । नेपालमा पनि महिलाको हकहित सुरक्षित गर्न तथा अरु विभिन्न कार्यक्रमहरुमा भासिन आएकी थिइन् । जतिबेला विश्वमा महिला ‘अपराइजिङ’को सबैभन्दा ठूलो अभियान सुरु भएको थियो, त्यति बेला पनि भासिन नेपाल आएकी थिइन् । हाम्रो पात्रो परिवार महिलाको उत्थानका लागि आफ्नो जीवन समर्पित गरेकी भासिनप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दछ ।

अब चर्चा गरौँ, आजको दिन विशेष के हो भन्नेबारे । आजको दिनलाई महिला हिंसा अन्त्य दिवसका रुपमा मनाउन थालिएको सन् १९८१ देखि हो । यसको पछाडि पनि कारण छ । डोमिनिकन रिपब्लिकमा तत्कालीन समयमा त्यहाँका तानाशाह राफेल ट्रुलिजाले तीन महिला अधिकारकर्मीलाई क्रुर तरिकाले हत्या गर्ने निर्देशन दिएका थिए । उनको निर्देशनअनुसार तीन मिराबल दिदीबहिनीको हत्या भएको थियो ।

यही दिनको सम्झनाका रुपमा आज अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसका रुपमा मनाउन थालिएको हो ।

७ फ्रेबुअरी २००० मा संयुक्त राष्ट्रसंघको महासभाले पनि २५ नोभेम्बरलाई अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसका रुपमा मनाउन औपचारिक रुपमा सुरुवात गरेको हो ।

विश्वमा कुनै न कुनै समयमा पुरुषप्रधान नेतृत्व भएकाले महिलामाथि हुने हिंसाको स्वरुप र प्रारुप, तौर र तरिकाका अनेक रुपहरु आइरहेका हुन्छन् । महिला हिंसा बाहिर मात्र होइन, घरेलू हिंसाका रुपमा पनि रहेको हुन्छ । यसको अन्त्य आजको समाज र विश्वको आवश्यकता हो ।

महिलामाथि हुने हिंसाको आवाजलाई बाहिर ल्याउनकै लागि केही वर्षयता मिटू अभियान पनि चलेको छ । यो अभियनाले महिलामाथि हुने हिंसाको अन्त्यका लागि ठूलो भूमिका खेलेको विश्वभर भएका विभिन्न अध्ययनले देखाएका छन् ।

हाम्रो समाजमा पनि विभिन्न तौर र तरिकामा महिलामाथि हिंसा भइरहेका छन् । यसमा हाम्रो भूमिका पनि रहन सक्छ, यसको अन्त्य गर्न प्रण गरौँ ।

हाम्रो पात्रोको तर्फबाट हामीले महिलामाथि हुने हिंसा अन्त्य गर्न भूमिका खेलौँ भन्ने सन्देशका साथ आजबाट सुरु हुने महिलामाथि हुने हिंसाको अन्त्यको कामना पनि ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.