I science
She science
We science
अर्थात् म विज्ञान, उनी विज्ञान र हामी विज्ञान । विज्ञान र प्रविधिलाई महिलामैत्री बनाउँदै महिला र पुरुषको बरोबर प्रतिनिधित्व र सहभागिताका लागि यस दिवसको असाध्यै धेरै महत्त्व छ ।
लैगिंक समानता आजको आवश्यकता र चुनौती दुवै हो, प्रविधि र सूचना पहुँचमा महिलाहरूको समान पहुँच बनाउनका लागि विभिन्न दिवस र अभियानहरू चलाइने गर्दछ जसमा हरेक वर्ष फेब्रुअरी ११ तारिखको विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस पनि एक हो ।
सानो किस्सा छिमेकी राष्ट्र भारतको आज प्रस्तुत गर्न चाहे, भारतमा भारतीय वैज्ञानिकहरूको स्पेस प्रविधिमा पछिल्लो समय भएको योगदानको आकलनमा महिला वैज्ञानिकहरूको योगदान को सराहना विश्वले गरेको पाइन्छ । इस्रो नाम स्पेस परियोजनामा भारतभरि बाट महिला वैज्ञानिकहरू छनौट गरिएको थियो, उनीहरूको योगदान र विद्धताले गर्दा भारतले सन् २०१२ को अप्रिल महिनाबाट सुरु भएको मार्स अर्विट मिसन केवल १८ महिनामा पुरा गरेको थियो । यस विषयमा विश्वभरि विभिन्न वृत्तचित्र र चलचित्रहरू बनेका पाइन्छन्, आधुनिक विश्वमा विज्ञान र प्रविधि अनि नवप्रवर्तनमा महिलाहरूको योगदानको कदर गर्ने विशेष दिन फेब्रुअरी ११ मा यहाँहरूलाई स्वागत छ ।
अन्तर्राष्ट्रिय स्तरमा विकास लक्ष्यहरू हासिल गर्न विज्ञान र लैङ्गिक समानता दुवै महत्त्वपूर्ण छन्। पछिल्लो १५ वर्षमा, विश्व समुदायले विज्ञानमा महिलाहरूको उत्साहपूर्ण संलग्नता गराउन प्रयासरत छ। यद्यपि महिला अथवा केटीहरू विज्ञानमा पूर्णतया आफ्नो सहभागिता जनाउन असक्षम भएको देखिन्छ। अहिलेको अवस्थामा विश्वभरका वैज्ञानिक रिसर्च गर्ने व्यक्तिहरूमा ३० प्रतिशत भन्दा कम महिलाहरूको संलग्नता भएको पाइएको छ। यो आँकडा पुरुषको तुलनामा निक्कै कम हो।
अहिले अध्ययनकै क्रममा रहेका छोरी मान्छेहरूमा पनि आफ्नो उच्च शिक्षामा विज्ञान विषय रोजेर अघि बढ्ने उत्साह पनि देखिएको छैन। विज्ञहरूको अनुसार हाम्रो समाजमा लामो समय अघि देखि रहेको लैङ्गिक असमानता कै कारण महिलालाई अहिलेको वैज्ञानिक युगमा पनि विज्ञान तर्फ कुनै आकर्षण नभएको हुनसक्ने अनुमान गरिएको छ। हामी महिलाको सशक्तीकरण, महिलाको सहभागिताको बारेमा थुप्रै कुराकानी गर्छौ। महिला समानताको लागि थुप्रै पहल संसारभरि नै हुने गर्दछ। तर, दिन प्रतिदिन विज्ञानको महत्त्व बढिरहेको हाम्रो युगमा यदि हाम्रा महिलाहरू विज्ञानमै पछाडि रहे भने, आउँदो समयमा के महिला सशक्तीकरण सम्भव छ त रु हामी मध्य धेरैले यो कुरा सोचेका छैनौ होला। त्यसै कारण हरेक वर्षको फेब्रुअरी ११ का दिन संयुक्त राष्ट्र सङ्घले यो चिन्ताको विषयमा प्रकाश पार्न आजको दिन मनाउने गरेको छ।
महिलाहरूको विज्ञानमा समान पहुँच र उत्साहजनक उपस्थितिले मात्र महिला र पुरुष बिचको असमानताको अन्तरलाई घटाउन सक्छ। हामी अहिले भ्यालेन्टाइन सप्ताहमा छौ, यस बेला पुरुष मित्रहरूले आफ्नो प्रिय महिला मित्रहरूलाई थुप्रै तरिकाले सम्मान र माया प्रदान गरिनै रहेको छौ। यसै सप्ताहमा परेको आजको दिनले पुरुष मित्रहरूलाई आफ्नो प्रिय महिला मित्रको विज्ञानसँगको संलग्नता र सहभागिता के कस्तो छ र कसरी सुधार्न सकिन्छ भनी सोच्ने मौका दिएको छ। आजको दिनको महत्त्व विश्वभरिको महिलाले बुझ्न जरुरी छ।
हाम्रो पात्रोका लागि सुयोग ढकाल
Liked by: